Wednesday 10 Baishak, 2071 |
Menu

कला

आशयभित्रका आशयहरु

(0 votes)
आशयभित्रका आशयहरु
काठमाडौं - दीपक खरेल र दीपक जङ्गमको बीचमा विजय सिवाकोटी। नेपाली सांगीतिक क्षेत्रका महारथीबीचका विजय एल्बम 'आशय' लिएर आउँदैछन्। आशयको आगमनसँगै गीती लेखनमा विजयले डेढसय रेकर्डिङको दूरी पार गरेका छन्। दुई दीपकबीचका दीप बनेका उनी आशय-२ मा पनि यही त्रिकोणीय टीमको आकांक्षा राख्छन्।

शाब्दिक अर्थ खोज्दा आशयको चार अर्थ हुन्छ : तात्पर्य, इच्छा, उद्देश्य र अभिप्राय। यी सबैमा विजयको लेखनी जोडिन्छ गहकिला गीतहरुसँग। बजारु लेखनबाट टाढा रहेका उनी आफ्ना गीत अनुसारकै गला र संगीत रोज्छन्। र, त्यही जोडिन्छन् नेपाली संगीतका दुई दीपक।


आशयको शब्द, स्वर र संगीत तयार भइसक्यो। सान्तना रिकर्डस् एल्बम वितरणका लागि जुटेको छ। 'छिटै नै संगीतप्रेमीबीच यी गीतहरु आउनेछन्,' सिवाकोटीले सुनाए, 'बाहिरबाट नै एल्बम तयार भएर आउँदैछ।'


सन् १९८७ मा सुनील उप्रेतीले गाएको 'बिहानी शीत बनी…' बाट लेखनी थालेका विजय लेखनीलाई शौखका रुपमा लिन्छन्। त्यसैले उनका गीत व्यापारिक हुँदैनन्। उनका गीतहरु फत्तेमान राजभण्डारी, प्रेमध्वज प्रधान, दीप श्रेष्ठ, दीव्य खालिङ, प्रकाश गुरुङ, ओमविक्रम विष्ट, नविन कु. भट्टराई, रामकृष्ण ढकाल र मोहन भुषालसम्मका स्वरमा सजिइसकेका छन्।


आशयमा उनी प्रेमी छन्। उनको प्रेम प्रकृतिसँग जोडिन्छ। जीवनसँगीसँग जोडिन्छ। देशसँग जोडिन्छ। त्यसैले उनको आशय सीमाहीन छ।

असार लाग्दै गर्दा उनको गीतले भन्छ:
सँगै हुँदा तिमी र म
परेको त्यो झरी
पर्दैछ फेरि त्यही झरी
यादमा त्यसै गरी

यादमात्र होइन यथार्थलाई पनि उनी फरक रुपमा स्वीकार्छन्। मिलन विछोडलाई शून्य दृष्टिकोणबाट हेर्छन्। लेख्छन् :
यतिधेरै दिनहरु यति धेरै रातहरु
एक्लो ठान्थे आफूलाई धेरै रैछन् साथहरु

प्रेममा गहिरिएका उनी गीतमा आफूलाई नै उभ्याउन पछि पर्दैनन्। त्यही गीतमा उनकी प्रेमिका पनि छिन्। उनको बोलले यही त खुलाउँछ : 'मेरो गीत मन पराउँछ्यौ
मेरो गीत तिमी सुन्छ्यौ
थाहा पाउँदिनौ तर त्यही गीतमा तिमी हुन्छ्यौ'


आशा निराशा, भावना, पीडाको गहिराई र त्यसलाई सहजै झेल्नुपर्ने सामाजिक यथार्थलाई उनले गीतमा उनेका छन्। उनको उनालाई कलात्मक बनाएका छन् दीपक जङ्गमले। त्यही कलात्मकतामा खेलेका छन् दीपक खरेल। आशयको आशय यहीमात्र नटुंगिने संकेत गरेको छ, यो प्रयासले।

विश्व कविता महोत्सव चैत ७ देखि

काठमाडौं– भारतको साहित्य एकेडेमी र संस्कृति मन्त्रालयको संयुक्त आयोजनामा चैत ७ गतेदेखि १० गतेसम्म नयाँ दिल्लीमा विश्व कविता महोत्सव हुने भएको छ। 

रक्तिम साँझमा जोशिए दर्शक

रक्तिम साँझमा जोशिए दर्शक

काठमाडौं– कार्यक्रमको अन्त्यतिर जीवन शर्मा एक्कासी मञ्चमा देखिए। उनले गाउन थाले, 'चाहिँदैन मलाई सिसाको महल, यसै राम्रो छ मेरो जीवन, चाहिँदैन मलाई सम्पत्तिको रास।'

होली खेल्दै  फिल्मको प्रचार

होली खेल्दै फिल्मको प्रचार

काठमाडौं-सधैंझैं यो वर्षको होलीमा पनि अभिनेत्री करिश्मा मानन्धरको गोदावरीस्थित निवास कलाकार जमघटको केन्द्र बन्यो। राजधानीमा भएका सबैजसो कलाकार करिश्मा निवासमा होली खेल्न भेला भएका थिए।

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

यस वर्षको 'मिस नेपाल' को बन्ला? प्रत्येक वर्ष धेरैको खुल्दुलीको विषय बन्छ। यसपालि मिस नेपालको आवेदन दिने समय सकिन लागेको छ। कसको भाग्यमा ताज पहिरिनेछ, त्यो थाहा पाउन अझ केही...

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

काठमाडौं– फिल्म 'हिम्मतवाली'को सेटबाट निर्देशक श्याम भट्टराई बाहिरिएपछि निर्माता तथा अभिनेत्री रेखा थापा आफैंले निर्देशकको कुर्सी सम्हालेकी छन्।

'मिस नेपालले धेरै सिकायो'

'मिस नेपालले धेरै सिकायो'

काठमाडौं– हालै रिजिल भएको 'ऋतु' फिल्मबाट डेब्यु गरेकी अभिनेत्री मलिना जोशीले सकारात्मक प्रतिक्रिया पाइरहेकी छिन्। पूर्व मिस नेपाल जोशीले यसको जग 'हिडन ट्रेजर'ले बसाएको बताइन्।

रेखाद्वारा निर्देशक विस्थापित

रेखाद्वारा निर्देशक विस्थापित

काठमाडौं– अभिनेत्री रेखा थापाको निर्माण र अभिनय रहेको फिल्म 'हिम्मतवाली'बाट निर्देशक श्याम भट्टराई विस्थापित भएका छन्। भट्टराई बाहिरिएपछि रेखाले र्नै निर्देशनको काम सम्हालेकी छिन्।

रामकृष्णको तेस्रो एकल साँझ हुने

रामकृष्णको तेस्रो एकल साँझ हुने

काठमाडौं-गायक रामकृष्ण ढकाल तेस्रोपटक एकल साँझमा प्रस्तुत हुने भएका छन्। 'ढकाल समुधुर साँझ' नाममा यसअघि दुईपटक एकल कार्यक्रम गरिसकेका ढकाल आउँदो नेपाली नयाँ वर्षको सन्ध्यामा प्रस्तुत हुन लागेका हुन्।

Our website is protected by DMC Firewall!