Monday 11 Jestha, 2072 |
Menu

कला

नाटाली पनि निर्देशक!

  • शुक्रबार ११ श्रावण, २०७०
  • रोयटर्स
  • DISQUS_COMMENTS
(0 votes)
नाटाली पनि निर्देशक!
जेरुसेलम – अस्कर विजेता अभिनेत्री नाटाली पोर्टम्यानले निर्देशन गर्न लागेको पहिलो फिल्म इजरायली उपन्यासकार आमोस ओजको संस्मरण 'अ टेल फ लभ एन्ड डार्कनेस'मा आधारित हुने लेखक आमोसले बुधबार जनाए। सन् २०११ मा फिल्म 'ब्ल्याक स्वान'बाट उत्कृष्ट अभिनेत्रीमा अस्कर जितेकी इजरायली मूलकी अमेरिकी अभिनेत्री पोर्टम्यानले फिल्ममा ओजकी आमाको भूमिका निर्वाह गर्नेछिन्। ओज १२ वर्षको छँदा आमाले आत्महत्या गरेकी थिइन्।
'उनले मेरो संस्मरण पढिन् र फिल्म बनाउनका लागि आजभन्दा पाँच–६ वर्षअघि नै अनुमति मागेकी थिइन्,' ७४ वर्षीय ओजले रोयटर्ससँग टेलिफोनमा भने, 'मैले स्विकारेँ, किनकि म उनको कामप्रति लगावदेखि प्रभावित छु, उनी विलक्षण अभिनेत्री हुन्।'
२००३ मा प्रकाशित उक्त संस्मरणमा लेखक ओजले १९४० र ५० को दशकमा युद्धग्रस्त जेरुसेलममा आफूले बिताएका बाल्यकाललाई उतारेका छन्। उनका अनुसार पोर्टम्यान सेप्टेम्बरमा इजरायलमा आएर तयारी थाल्नेछिन् र सुटिङ चाहिँ जनवरीमा सुरु हुनेछ।
३२ वर्षीया पोर्टम्यान जेरुसेलममा जन्मिएकी हुन्। बुबा इजरायली, आमा अमेरिकी भएकीले उनी अमेरिकामा हुर्किएकी थिइन्। हर्वार्ड विश्वविद्यालय पढेकी र हिब्रु भाषा बोल्ने पोर्टम्यानले हलिउडबाहेक इजरायली फिल्ममा पनि अभिनय गरेकी छन्।
सिनेमा हलमा दर्शक फर्कंदै

सिनेमा हलमा दर्शक फर्कंदै

काठमाडौं-महाभूकम्पको पराकम्पनले तर्साइरहे पनि सामान्य मर्मतसम्भारपछि केही सिनेमा हलहरु सुचारु हुन थालेका छन्। राजधानीका विश्वज्योति, गोपीकृष्ण मुभिज, पुष्पाञ्जली, क्युएफएक्स अन्तर्गतका जयनेपाल र कुमारी, बिग सिनेमा, राइजिङ मलस्थित क्युज सिनेमाज् लगायत...

परदेशिनेहरुका ‘जिम्दा सपना’

परदेशिनेहरुका ‘जिम्दा सपना’

काठमाडौं– राजधानीको कालिकास्थानस्थित सर्वनाम रंगमञ्चमा राज शाह लिखित–निर्देशित ‘जिम्दा सपना’ मञ्चन भइरहेको छ। नाटकले बोकेको कथाका कारण दर्शकहरुले यसलाई रुचाइरहेको निर्देशक राजले बताएका छन्। ‘हामीले भारी–भरकम कुनै विषय उठाएका छैनौँ,’...

‘अझै पनि' र ईशाको जम्काभेट

‘अझै पनि' र ईशाको जम्काभेट

काठमाडौं– नेपाली फिल्म ‘अझै पनि' युनिटले बलिउड अभिनेत्री ईशा देवललाई भेटेको छ। प्रचारप्रसारका लागि भ्रमणमा रहेको फिल्म टोलीले पोखराबाट फर्कने क्रममा कुरिनटारमा रहेकी ईशालाई सोमबार भेटेको हो। भेटमा ईशाले नेपाली...

मलिना बन्ने भो ‘झम्की'

मलिना बन्ने भो ‘झम्की'

काठमाडौं– पूर्व मिस नेपाल मलिना जोशी ‘ऋतु'पछि फेरि अर्को फिल्म ‘झुम्की'मा नायिका बन्ने भएकी छन्। सोमबार काठमाडौंको मण्डला थियटरमा निर्माण घोषणा भएको ‘झुम्की'बाट ‘ऋतु' फिल्मका एक निर्माता अपिल विष्ट निर्देशनमा...

सिम्पल र स्वीट 'जेरी'

सिम्पल र स्वीट 'जेरी'

यात्राले मान्छेलाई धेरै थोक सिकाउँछ। जेरीले पनि सिक्छ। मुस्ताङसम्म तन्किएको घुमफिरमा उसले थुप्रै हन्डर खान्छ र आफूलाई चिन्ने अवसर पाउँछ।मुस्ताङलाई फन्को लगाउने क्रममा जेरी (अनमोल केसी) र काठमाडौंकी किशोरी आकांक्षा...

रत्‍नजीत र सरादेवी च्याम्पियन

काठमाडौं- साविक विजेता रत्‍नजीत तामाङले चौथो पुष्पलाल स्मृति राष्ट्रिय र्याशङकिङ ब्याडमिन्टन प्रतियोगितामा उपाधि रक्षा गरेका छन्। आर्मीका रत्नजीतले आइतबारको फाइनलमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आफ्नै क्लबका विकास श्रेष्ठलाई...

सिनेमाण्डुमा सहाराको 'इन्द्रेणी खोज्दै जाँदा'

सिनेमाण्डुमा सहाराको 'इन्द्रेणी खोज्दै जाँदा'

काठमाडौं– निर्देशक सहारा शर्माको फिल्म 'इन्द्रेणी खोज्दै जाँदा'ले अन्तरक्रियात्मक कार्यक्रममा सहभागिता जनाएको छ। बुधबार राजधानीको नेपाल भारत पुस्तकालयमा आयोजित सिनेमाण्डुमा 'इन्द्रेणी खोज्दै जाँदा' फिल्म समेत प्रदर्शन गरियो। फिल्म प्रदर्शनसहित फिल्म...

हार्न तयार भएर लेखिएको मन्त्रीको आत्मकथा

हार्न तयार भएर लेखिएको मन्त्रीको आत्मकथा

पोखरा-स्वास्थ्य तथा जनसंख्यमन्त्री खगराज अधिकारी संविधानसभाको दोस्रो चुनावमा प्रत्यक्ष उम्मेदवार बनेनन्। समानुपातिकतर्फ नाम भए पनि सभासद बन्न पाएनन्। मन्त्री भने बन्न पाए। तर भर्खरै भएको एमाले महाधिवेशनमा पनि चुनाव हारे।...