5 Baishak, 2072 |
Menu

कला

sagoon

थ्री इडियट्सको रेकर्ड चेन्नइ एक्सप्रेसले तोड्यो

(0 votes)
थ्री इडियट्सको रेकर्ड चेन्नइ एक्सप्रेसले तोड्यो
मुम्बई– विभिन्न कीर्तिमान भंग गर्दै अगाडि बढिरहेको 'चेन्नई एक्सप्रेस'ले भारतमा सबैभन्दा बढी कमाउने हिन्दी फिल्मको कीर्तिमान पनि राखेको छ। शाहरुख खान अभिनित यस फिल्मले आमिर खानको 'थ्रि इडियट्स'को घरेलु आम्दानीलाई पनि उछिनेको छ । 'थ्रि इडियट्स'ले भारतभर २०२.४७ करोड भारु कमाएको थियो भने 'चेन्नई एक्सप्रेस'ले २०२.६७ करोड कमाइसकेको छ ।

रोहित शेट्टी निर्देशित 'चेन्नई एक्सप्रेस' राजु हिरानी निर्देशित 'थ्रि इडियट्स'पछि २०० करोड कमाउने दोस्रो हिन्दी फिल्म भएको छ। 'चेन्नई'ले दुई हप्तामा २०० करोड उठाएको हो। यसको विश्वव्यापी आम्दानी भने ३१४ करोड पुगेको छ । विश्वभरको कमाइमा भने अहिलेसम्म सन् २००९ को 'थ्रि इडियट्स' नै अगाडि छ। यसले ३९२ करोड भारु कमाएको थियो।

'चेन्नई'ले सबैभन्दा छिटो (चार दिन) सय करोड कमाउने फिल्मको रुपमा पनि कीर्तिमान राखिसकेको छ । यसअघि निर्देशक रोहितका 'सिंघम', 'गोलमाल ३' र 'बोलबच्चन' फिल्मले सय करोडको रेखा नाघेका थिए ।
परदेशिनेहरुका ‘जिम्दा सपना’

परदेशिनेहरुका ‘जिम्दा सपना’

काठमाडौं– राजधानीको कालिकास्थानस्थित सर्वनाम रंगमञ्चमा राज शाह लिखित–निर्देशित ‘जिम्दा सपना’ मञ्चन भइरहेको छ। नाटकले बोकेको कथाका कारण दर्शकहरुले यसलाई रुचाइरहेको निर्देशक राजले बताएका छन्। ‘हामीले भारी–भरकम कुनै विषय उठाएका छैनौँ,’...

‘अझै पनि' र ईशाको जम्काभेट

‘अझै पनि' र ईशाको जम्काभेट

काठमाडौं– नेपाली फिल्म ‘अझै पनि' युनिटले बलिउड अभिनेत्री ईशा देवललाई भेटेको छ। प्रचारप्रसारका लागि भ्रमणमा रहेको फिल्म टोलीले पोखराबाट फर्कने क्रममा कुरिनटारमा रहेकी ईशालाई सोमबार भेटेको हो। भेटमा ईशाले नेपाली...

मलिना बन्ने भो ‘झम्की'

मलिना बन्ने भो ‘झम्की'

काठमाडौं– पूर्व मिस नेपाल मलिना जोशी ‘ऋतु'पछि फेरि अर्को फिल्म ‘झुम्की'मा नायिका बन्ने भएकी छन्। सोमबार काठमाडौंको मण्डला थियटरमा निर्माण घोषणा भएको ‘झुम्की'बाट ‘ऋतु' फिल्मका एक निर्माता अपिल विष्ट निर्देशनमा...

सिम्पल र स्वीट 'जेरी'

सिम्पल र स्वीट 'जेरी'

यात्राले मान्छेलाई धेरै थोक सिकाउँछ। जेरीले पनि सिक्छ। मुस्ताङसम्म तन्किएको घुमफिरमा उसले थुप्रै हन्डर खान्छ र आफूलाई चिन्ने अवसर पाउँछ।मुस्ताङलाई फन्को लगाउने क्रममा जेरी (अनमोल केसी) र काठमाडौंकी किशोरी आकांक्षा...

रत्‍नजीत र सरादेवी च्याम्पियन

काठमाडौं- साविक विजेता रत्‍नजीत तामाङले चौथो पुष्पलाल स्मृति राष्ट्रिय र्याशङकिङ ब्याडमिन्टन प्रतियोगितामा उपाधि रक्षा गरेका छन्। आर्मीका रत्नजीतले आइतबारको फाइनलमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आफ्नै क्लबका विकास श्रेष्ठलाई...

सिनेमाण्डुमा सहाराको 'इन्द्रेणी खोज्दै जाँदा'

सिनेमाण्डुमा सहाराको 'इन्द्रेणी खोज्दै जाँदा'

काठमाडौं– निर्देशक सहारा शर्माको फिल्म 'इन्द्रेणी खोज्दै जाँदा'ले अन्तरक्रियात्मक कार्यक्रममा सहभागिता जनाएको छ। बुधबार राजधानीको नेपाल भारत पुस्तकालयमा आयोजित सिनेमाण्डुमा 'इन्द्रेणी खोज्दै जाँदा' फिल्म समेत प्रदर्शन गरियो। फिल्म प्रदर्शनसहित फिल्म...

हार्न तयार भएर लेखिएको मन्त्रीको आत्मकथा

हार्न तयार भएर लेखिएको मन्त्रीको आत्मकथा

पोखरा-स्वास्थ्य तथा जनसंख्यमन्त्री खगराज अधिकारी संविधानसभाको दोस्रो चुनावमा प्रत्यक्ष उम्मेदवार बनेनन्। समानुपातिकतर्फ नाम भए पनि सभासद बन्न पाएनन्। मन्त्री भने बन्न पाए। तर भर्खरै भएको एमाले महाधिवेशनमा पनि चुनाव हारे।...

बिपीका फोटो प्रदर्शनी

बिपीका फोटो प्रदर्शनी

काठमाडौं – पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जन्म शताब्दीको अवसरमा तस्बिर प्रदर्शनी शनिबार नेपाल आर्ट काउन्सिलमा सुरु भएको छ।