Wednesday 15 Ashwin, 2071 |
Menu

कला

softworica

दीपिकाको नेपाल सम्झना

  • सोमबार २१ श्रावण, २०७०
  • एजेन्सी
  • DISQUS_COMMENTS
(0 votes)
दीपिकाको नेपाल सम्झना
दुबई– बलिउड अभिनेत्री दीपिका पादुकोणले सानै उमेरमा नेपाल गएको प्रसंग मिडियाकर्मीलाई बताएकी छन्। रिलिजको तयारीमा रहेको फिल्म 'चेन्नई एक्सप्रेस'को प्रचार गर्न गत बिहीबार शाहरुख खानसँग दुबई पुगेकी दीपिकाले नेपालमा भएको ब्याडमिन्टन प्रतियोगितामा आफूले भाग लिएको अवगत गराइन्।

सत्तरीको दशकका नम्बर एक भारतीय ब्याडमिन्टन खेलाडी प्रकाश पादुकोणकी जेठी छोरी हुन् दीपिका। उनी हाइस्कुलमा पढ्दासम्म राज्यस्तरीय ब्याडमिन्टन प्रतियोगितामा भाग लिन्थिन्। त्यही समयतिर उनी नेपाल आएकी हुनसक्छ।  
दुबईमा भएको पत्रकार सम्मेलनमा शाहरुख र दीपिका दुवैले रेलको यात्रा कति रोमाञ्चक र रमाइलो हुन्छ भन्ने व्याख्या गर्दैथिए। फिल्म 'चेन्नई एक्सप्रेस'मा रेलयात्राको लामो प्रसंग छ। त्यसैले पत्रकार सम्मेलनमा रेलयात्राको कुरा उठेको थियो। शाहरुखले ताजमहल हेर्नका लागि आगरासम्म गरिएको रेलयात्रालाई अविस्मरणीय बताए। दीपिकाले चाहिँ नेपालमा ब्याडमिन्टन खेल्न जाँदा गरिएको रेलयात्रा सबैभन्दा प्रिय भएको सुनाइन्।
बैंगलोरमा हुर्किएकी दीपिकाको जन्म डेनमार्कको कोपनहेगनमा भएको थियो। त्यतिबेला उनका बुबा प्रकाश ब्याडमिन्टन प्रशिक्षण लिनका लागि डेनमार्कमा थिए।  अहिले २७ पुगेकी दीपिकाले २० वर्षको उमेरदेखि नै कन्नड फिल्म 'ऐश्वर्या'बाट अभिनय थालेकी हुन्। रोहित शेट्टीद्वारा निर्देशित 'चेन्नई एक्सप्रेस' दीपिकाको २० औं फिल्म हो।

रत्‍नजीत र सरादेवी च्याम्पियन

काठमाडौं- साविक विजेता रत्‍नजीत तामाङले चौथो पुष्पलाल स्मृति राष्ट्रिय र्याशङकिङ ब्याडमिन्टन प्रतियोगितामा उपाधि रक्षा गरेका छन्। आर्मीका रत्नजीतले आइतबारको फाइनलमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आफ्नै क्लबका विकास श्रेष्ठलाई...

‘नाडा शो’का सुन्दरीहरु (फोटो फिचर)

‘नाडा शो’का सुन्दरीहरु (फोटो फिचर)

काठमाडौं-भृकुटीमण्डपमा जारी ‘नाडा अटो सो’मा गाडीसँगै उभिएका मोडलहरुले प्रदर्शनीलाई अझ निखार दिइरहेका छन्। गाडी मेलामा नयाँ गाडीसँगै विभिन्न पोजमा रहेका मोडलहरुलाई नागरिकन्युजकर्मी विजय गजमेरले क्यामेरामा कैद गरेका छन्।

सिनेमाण्डुमा सहाराको 'इन्द्रेणी खोज्दै जाँदा'

सिनेमाण्डुमा सहाराको 'इन्द्रेणी खोज्दै जाँदा'

काठमाडौं– निर्देशक सहारा शर्माको फिल्म 'इन्द्रेणी खोज्दै जाँदा'ले अन्तरक्रियात्मक कार्यक्रममा सहभागिता जनाएको छ। बुधबार राजधानीको नेपाल भारत पुस्तकालयमा आयोजित सिनेमाण्डुमा 'इन्द्रेणी खोज्दै जाँदा' फिल्म समेत प्रदर्शन गरियो। फिल्म प्रदर्शनसहित फिल्म...

हार्न तयार भएर लेखिएको मन्त्रीको आत्मकथा

हार्न तयार भएर लेखिएको मन्त्रीको आत्मकथा

पोखरा-स्वास्थ्य तथा जनसंख्यमन्त्री खगराज अधिकारी संविधानसभाको दोस्रो चुनावमा प्रत्यक्ष उम्मेदवार बनेनन्। समानुपातिकतर्फ नाम भए पनि सभासद बन्न पाएनन्। मन्त्री भने बन्न पाए। तर भर्खरै भएको एमाले महाधिवेशनमा पनि चुनाव हारे।...

बिपीका फोटो प्रदर्शनी

बिपीका फोटो प्रदर्शनी

काठमाडौं – पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जन्म शताब्दीको अवसरमा तस्बिर प्रदर्शनी शनिबार नेपाल आर्ट काउन्सिलमा सुरु भएको छ।

बिदा भए रबिन विलियम्स

बिदा भए रबिन विलियम्स

क्यालिफोर्निया– अमेरिकी अभिनेता तथा कमेडियन रबिन विलियम्स सोमबार उत्तरी क्यालिफोर्नियास्थित आफ्नै निवासमा मृत्त फेला परेका छन्। ६३ वर्षे उनले आत्महत्या गरेको प्रारम्भिक अनुमान छ।

कानुनी उपचार खोज्छौं : सुरज—सहाना

कानुनी उपचार खोज्छौं : सुरज—सहाना

काठमाडौ- टेलिभिजन पर्सनालिटी सुरज गिरी र साहना बज्राचार्यले आफूहरुले 'जवानी नबिसाएको र जवानी नविर्सिएको' प्रष्टिकरण दिएका छन्। केही मिडियामा आफूहरु बारे आएको खबरले व्यक्तित्वमा क्षति पुर्‍याएको भन्दै कानुनी उपचार खोज्ने...

महजोडीले सातवर्षपछि पोखरा हँसाए

महजोडीले सातवर्षपछि पोखरा हँसाए

पोखरा-सात वर्षको अन्तरालमा मह (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) जोडीले फेरि पोखरा हँसाएका छन्। टुबोर्ग महजात्रा हास्य महोत्सव लिएर आएका उनीहरुले शुक्रबारदेखि हँसाउन थालेका हुन्। महोत्सव सोमबारसम्म चल्नेछ।