17 Shrawn, 2071 |
Menu

कला

स्वेताले गरिन् दोस्रो विवाह

  • आइतबार ३० असार, २०७०
  • एजेन्सी
  • DISQUS_COMMENTS
(0 votes)
स्वेताले गरिन् दोस्रो विवाह तस्बिर : एजेन्सी
मुम्बई– अभिनेत्री स्वेता तिवारीले आफ्ना प्रेमी अभिनव कोहलीसँग विवाह गरेकी छन्। रियलिटी शो 'बिग बोस सिजन ४' की विजेता स्वेता तिवारीको यो दोस्रो बिहे हो। विवाहमा स्वेता र अभिनवको परिवार र उनीहरुका खास साथीहरुको उपस्थिति थियो।


विवाहको एक दिनअघि मुम्बईमा सांगीतिक कार्यक्रम गरिएको थियो। भोजपुरी सुपरस्टार मनोज तिवारीले स्वेताको सांगीतिक कार्यक्रममा गीत प्रस्तुत गरेका थिए। यसअघि कलरस टेलिभिजनको 'झलक दिखलाजा'मा उनले अभिनवसँग विहे गर्ने बताएकी थिइन्। उनीहरुले साडे तीन वर्षको अफेयरपछि वैवाहिक जीवनमा प्रवेश गरेका हुन्। 

स्वेताले यसअघि १८ वर्षको उमेरमा भोजपुरी कलाकार तथा चलचित्र निर्माता राजा चौधरीसँग विवाह गरेकी थिइन्। राजा र उनको एक छोरीसमेत छन्। विवाहपछि दुईबीचको सम्बन्ध राम्रो नभएको सञ्चारमाध्यममा आएको थियो। स्वेताले राजा चौधरीले कुटपिट, गालीगलौज र दुर्व्यवहार गर्ने गरेको आरोप लगाएकी थिइन्। त्यसपछि उनीहरुले सम्बन्ध विच्छेद गरेका थिए। 
स्वेताको विवाहमा उनकी छोरी पलक पनि पुगेकी थिइन्। यो विवाहप्रति उनी खुसी रहेको बताइएको छ। पलक आफ्नी आमाको विवाहमा मेहन्दी लागउनेदेखि सांगीतिक कार्यक्रममा रमाइरहेकी थिइन्।
कस्तो छ श्रीकृष्णलाई?

कस्तो छ श्रीकृष्णलाई?

काठमाडौं– हनिमुन बहानामा झन्डै दुई हप्तादेखि हराइरहेका अभिनेता श्रीकृष्ण श्रेष्ठको अवस्था गम्भीर रहेको लक्षण देखिएको छ। आइतबार नयाँ बानेश्वरमा आयोजित 'कोहिनूर' फिल्मको पत्रकार सम्मेलनमा निर्देशक आकाश अधिकारीले श्रीकृष्णलाई मिस गर्दै...

अब्बाको सम्झना

अब्बाको सम्झना

मेरो अब्बा (बुवा) अरूका अब्बाभन्दा फरक हुनुहुन्थ्यो। मेरो कलिलो दिमागले सधैं सोध्थ्यो– उहाँ किन फरक हुनुहुन्छ?मेरा सबै साथीका अब्बा अफिस जान्छन्। उहाँ किन जानुहुन्न?मेरा धेरै साथीका अब्बा सर्ट–पाइन्ट लगाउँछन्। उहाँ...

यस कारण छोडेका थिए कपिलले यसराजको फिल्म

यस कारण छोडेका थिए कपिलले यसराजको फिल्म

मुम्वई-केही महिना पहिला एउटा घोषणा भयो बलिउडमा। कमेडियन कपिल शर्मा यसराज ब्यानरको फिल्म 'बैंक चोर' को मूख्य भूमिकामा देखिने छन्। यसराज ब्यानरले फेरि केही समय पछि अर्को घोषणा गर्योै कपिल...

इजरायली आक्रमणविरुद्ध कलाकर्मी

इजरायली आक्रमणविरुद्ध कलाकर्मी

काठमाडौं– इजरायलले प्यालेस्टानको गाजा क्षेत्रमा गरेको आक्रमणको विरोध गर्दै नेपाली कलाकर्मी तथा साहित्यकारहरुले बिहीबार संयुक्त राष्ट्रसंघको नेपाल मूख्यालय अगाडि धर्ना दिएका छन्। धर्नामा लेखक श्याम श्रेष्ठ, हरिगोविन्द लुइटेल, राजेन्द्र महर्जन,...

गायिका रेखा समाजसेवामा

गायिका रेखा समाजसेवामा

काठमाडौं– गायिका रेखा शाहले समाजसेवामा हात बढाएकी छिन्। बिहीबार आफ्नै नाममा स्थापित 'रेखा शाह फाउन्डेसन'मार्फत् उनले एक लाख चौध हजार रुपैयाँ बराबरको सहयोग हस्तान्तरण गरिन्। अनामनगरको युनियन हाउसमा उनले सहयोग...

कवि अवतारमा प्रकट

कवि अवतारमा प्रकट

पोखरा-गीतबाट स्थापित र गजलबाट थप चर्चित प्रकट पगेनी शिव शुक्रबार पोखरामा कवि अवतारमा प्रकट भए। देशका प्रमुख सहरहरुमा गजल बाचन गर्न भ्याइसकेका उनको कवितामा भने पहिलो एकल बाचन थियो। गाउँघर,...

व्यवस्थित बन्दै जुम्बा

व्यवस्थित बन्दै जुम्बा

काठमाडौं– सन् १९९० को दशकमा कोलम्बियामा अस्तित्वमा आएको जुम्बा नृत्य शैलीलाई नेपालमा पनि व्यवस्थित गराउने उद्देश्यले प्रशिक्षकहरुको मास्टर प्रशिक्षण आयोजना भएको छ। दुई दिने प्रशिक्षणका क्रममा ३२ जना जुम्बा प्रशिक्षकहरुले...

'चेन्नई एक्सप्रेस'को सिक्वेल नबन्ने

'चेन्नई एक्सप्रेस'को सिक्वेल नबन्ने

मुम्बई-'चेन्नई एक्सप्रेस'जस्तो सुपरहिट फिल्म दिएका निर्देशक रोहित शेट्टी र अभिनेता शाहरुख खानले फेरि सँगै काम गर्ने भएका छन्। तर, स्रोतका अनुसार उनीहरुले 'चेन्नई एक्सप्रेस'को सिक्वेल बनाउन लागेका भने होइनन्।