Wednesday 18 Bhadra, 2071 |
Menu

कला

सोनाक्षी पाउँदा निर्देशक दङ्ग

  • शुक्रबार २१ असार, २०७०
  • एजेन्सी
  • DISQUS_COMMENTS
(0 votes)
सोनाक्षी पाउँदा निर्देशक दङ्ग
मुम्बई – बलिउडकी व्यस्त हिरोइन सोनाक्षी सिन्हाको समय पाउन निर्देशकलाई सहज छैन। पटना थातथलो भएकी हिरोइनका निकटस्थ साथीहरु भन्छन् प्रस्ताव बोकेर धाउने कतिपय निर्देशकहरुले उनलाई दिक्दार पारेका छन् रे। वेलकम ब्याक निर्माणमा लागेका निर्देशक एनीज बजमी चाहिँ सोनाक्षीलाई आफ्नो हातमा पारेको बताउँछन्। हेराफेरी फोरका यी निर्देशकसँग पनि सोनाक्षी दिक्दार रहेको चर्चा छ।
'त्यो सत्य हैन', उनले प्रस्टिकरण दिए- 'सोनाक्षीले मलाई जुलाइ र अगस्टकव समय दिएकी छिन्।' आफूले सेप्टेम्बर अन्तिमसम्मको समय मागेको उनले प्रस्ट पारे।  'उनी असाध्यै व्यस्त हिरोइन हुन्। मलाई उनको जोडीको रुपमा जोन अब्राहमलाई राख्ने मन छ र हामीले सबै कुराहरु सोनाक्षीको समय हेरेर मिलाउनु पर्नेछ', निर्देशक एनीज भन्छन्। दुवैको समय मिल्ने गरी तालमेल मिलाउन उनी काम गरिरहेका छन्।

वेलकम ब्याकको सुटिङ यही महिनादेखि सुरु हुँदैछ। २००७ मा बनेको वेलकमको सिक्वेलको रुपमा वेलकम ब्याक निर्माण हुन लागेको हो। चर्चित दबङमा मुख्य भूमिका सहित बलिउडमा डेब्यु गरेकी सोनाक्षी अहिले बलिउडमा धेरै ब्यस्त छिन्। बुलेट राजा, राम्बो राजकुमार तथा पिस्तोल उनका आउन लागेका सिनेमा हुन्। सोनाक्षीको आगामी प्रोजेक्ट वेलक्म ब्याक हुने निर्देशकले बताए पनि उनले भने मुख खोलेकी छैनन्।
सिनेमाण्डुमा सहाराको 'इन्द्रेणी खोज्दै जाँदा'

सिनेमाण्डुमा सहाराको 'इन्द्रेणी खोज्दै जाँदा'

काठमाडौं– निर्देशक सहारा शर्माको फिल्म 'इन्द्रेणी खोज्दै जाँदा'ले अन्तरक्रियात्मक कार्यक्रममा सहभागिता जनाएको छ। बुधबार राजधानीको नेपाल भारत पुस्तकालयमा आयोजित सिनेमाण्डुमा 'इन्द्रेणी खोज्दै जाँदा' फिल्म समेत प्रदर्शन गरियो। फिल्म प्रदर्शनसहित फिल्म...

हार्न तयार भएर लेखिएको मन्त्रीको आत्मकथा

हार्न तयार भएर लेखिएको मन्त्रीको आत्मकथा

पोखरा-स्वास्थ्य तथा जनसंख्यमन्त्री खगराज अधिकारी संविधानसभाको दोस्रो चुनावमा प्रत्यक्ष उम्मेदवार बनेनन्। समानुपातिकतर्फ नाम भए पनि सभासद बन्न पाएनन्। मन्त्री भने बन्न पाए। तर भर्खरै भएको एमाले महाधिवेशनमा पनि चुनाव हारे।...

बिपीका फोटो प्रदर्शनी

बिपीका फोटो प्रदर्शनी

काठमाडौं – पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जन्म शताब्दीको अवसरमा तस्बिर प्रदर्शनी शनिबार नेपाल आर्ट काउन्सिलमा सुरु भएको छ।

बिदा भए रबिन विलियम्स

बिदा भए रबिन विलियम्स

क्यालिफोर्निया– अमेरिकी अभिनेता तथा कमेडियन रबिन विलियम्स सोमबार उत्तरी क्यालिफोर्नियास्थित आफ्नै निवासमा मृत्त फेला परेका छन्। ६३ वर्षे उनले आत्महत्या गरेको प्रारम्भिक अनुमान छ।

कानुनी उपचार खोज्छौं : सुरज—सहाना

कानुनी उपचार खोज्छौं : सुरज—सहाना

काठमाडौ- टेलिभिजन पर्सनालिटी सुरज गिरी र साहना बज्राचार्यले आफूहरुले 'जवानी नबिसाएको र जवानी नविर्सिएको' प्रष्टिकरण दिएका छन्। केही मिडियामा आफूहरु बारे आएको खबरले व्यक्तित्वमा क्षति पुर्‍याएको भन्दै कानुनी उपचार खोज्ने...

महजोडीले सातवर्षपछि पोखरा हँसाए

महजोडीले सातवर्षपछि पोखरा हँसाए

पोखरा-सात वर्षको अन्तरालमा मह (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) जोडीले फेरि पोखरा हँसाएका छन्। टुबोर्ग महजात्रा हास्य महोत्सव लिएर आएका उनीहरुले शुक्रबारदेखि हँसाउन थालेका हुन्। महोत्सव सोमबारसम्म चल्नेछ।

मोदीको जीवनी निस्कियो

मोदीको जीवनी निस्कियो

काठमाडौं– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले चर्चा कमाइरहेका बेला उनकै जीवनीमा केन्द्रित 'नरेन्द्र मोदी : राजनीतिका आधुनिक चाणक्य' शीर्षकको पुस्तक सार्वजनिक भएको छ। पाँचपोखरी प्रकाशन गृहले छापेको पुस्तकलाई अच्युत...

कस्तो छ श्रीकृष्णलाई?

कस्तो छ श्रीकृष्णलाई?

काठमाडौं– हनिमुन बहानामा झन्डै दुई हप्तादेखि हराइरहेका अभिनेता श्रीकृष्ण श्रेष्ठको अवस्था गम्भीर रहेको लक्षण देखिएको छ। आइतबार नयाँ बानेश्वरमा आयोजित 'कोहिनूर' फिल्मको पत्रकार सम्मेलनमा निर्देशक आकाश अधिकारीले श्रीकृष्णलाई मिस गर्दै...