Thursday 2 Ashwin, 2071 |
Menu

कला

शाहरुखलाई सरोगेसीबाट पुत्रलाभ

  • बिहीबार २० असार, २०७०
  • एजेन्सी
  • DISQUS_COMMENTS
(0 votes)
शाहरुखलाई सरोगेसीबाट पुत्रलाभ
मुम्बई – बलिउड अभिनेता शाहरुख खान र पत्नी गौरी खानलाई सरोगेसी विधिबाट तेस्रो सन्तानको रुपमा पुत्रलाभ भएको छ। बृहन्मुम्बई महानगरपालिकाकी अधिकारी मनीषा म्हैसकरले इन्डियन एक्सप्रेसलाई बताएकी छन्, 'महानगरपालिकाले एक सरोगेट बच्चाको जन्मदर्ता प्राप्त गरेको छ, जसमा अभिभावकको नाम शाहरुख खान र गौरी खान उल्लेख गरिएको छ।'
शाहरुख र गौरीको छोरा आर्यन १५ वर्षको र छोरी सुहाना १३ वर्षकी छन्। रिपोर्टका अनुसार तेस्रो सन्तानको जन्म गत मे २७ मा भएको हो। खान दम्पतीका लागि 'सरोगेट आमा' बन्ने महिला गौरीकै आफन्त नमिता चिबर हुन्। बच्चा शाहरुख दम्पतीलाई सुम्पेर नमिता लन्डन फर्किसकेकी छन्।
३४ हप्ताको गर्भधारणपछि जन्मिएको शिशुको तौल डेढ केजी रहेको मसरानी नर्सिङ होमको स्रोत उल्लेख गर्दै महानगरपालिकाले जनाएको छ। नर्सिङ होम र अस्पतालले आफूकहाँ जन्मिएका हरेक शिशुको जानकारी महानगरपालिकालाई पठाउनुपर्ने नियम छ। 
शाहरुख दम्पतीले आफ्नो शिशुलाई घर लगिसकेका छन्। तर पुत्रलाभ भएको खुसी खुलेर मनाउन सकेका छैनन् शाहरुख। उनले जन्मिनुअघि नै बच्चाको लिंग परीक्षण गराएको आरोप छ। 'हामी पहिले उक्त बच्चा शाहरुखकै हो भन्ने प्रमाणित गर्दैछौं, त्यसपछि लिंग पहिचानका लागि सोनोग्राफी गरिएको हो कि होइन, पत्ता लगाउँछौं,' अधिकारी मनीषाले भनिन्।
भारतमा कानुनअनुसार जन्मपूर्व बच्चाको लिंग पहिचान निषेध छ। अधिवक्ता वर्षा देशपाण्डेले राज्य सरकार र महानगरपालिकामा ४७ वर्षे शाहरुखविरुद्ध यो नियम मिचेको भन्दै मुद्दा दायर गरेकी थिइन्। तैपनि शाहरुख दम्पतीले यो मामिलामा मुख खोलिसकेका छैनन्।

रत्‍नजीत र सरादेवी च्याम्पियन

काठमाडौं- साविक विजेता रत्‍नजीत तामाङले चौथो पुष्पलाल स्मृति राष्ट्रिय र्याशङकिङ ब्याडमिन्टन प्रतियोगितामा उपाधि रक्षा गरेका छन्। आर्मीका रत्नजीतले आइतबारको फाइनलमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आफ्नै क्लबका विकास श्रेष्ठलाई...

‘नाडा शो’का सुन्दरीहरु (फोटो फिचर)

‘नाडा शो’का सुन्दरीहरु (फोटो फिचर)

काठमाडौं-भृकुटीमण्डपमा जारी ‘नाडा अटो सो’मा गाडीसँगै उभिएका मोडलहरुले प्रदर्शनीलाई अझ निखार दिइरहेका छन्। गाडी मेलामा नयाँ गाडीसँगै विभिन्न पोजमा रहेका मोडलहरुलाई नागरिकन्युजकर्मी विजय गजमेरले क्यामेरामा कैद गरेका छन्।

सिनेमाण्डुमा सहाराको 'इन्द्रेणी खोज्दै जाँदा'

सिनेमाण्डुमा सहाराको 'इन्द्रेणी खोज्दै जाँदा'

काठमाडौं– निर्देशक सहारा शर्माको फिल्म 'इन्द्रेणी खोज्दै जाँदा'ले अन्तरक्रियात्मक कार्यक्रममा सहभागिता जनाएको छ। बुधबार राजधानीको नेपाल भारत पुस्तकालयमा आयोजित सिनेमाण्डुमा 'इन्द्रेणी खोज्दै जाँदा' फिल्म समेत प्रदर्शन गरियो। फिल्म प्रदर्शनसहित फिल्म...

हार्न तयार भएर लेखिएको मन्त्रीको आत्मकथा

हार्न तयार भएर लेखिएको मन्त्रीको आत्मकथा

पोखरा-स्वास्थ्य तथा जनसंख्यमन्त्री खगराज अधिकारी संविधानसभाको दोस्रो चुनावमा प्रत्यक्ष उम्मेदवार बनेनन्। समानुपातिकतर्फ नाम भए पनि सभासद बन्न पाएनन्। मन्त्री भने बन्न पाए। तर भर्खरै भएको एमाले महाधिवेशनमा पनि चुनाव हारे।...

बिपीका फोटो प्रदर्शनी

बिपीका फोटो प्रदर्शनी

काठमाडौं – पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जन्म शताब्दीको अवसरमा तस्बिर प्रदर्शनी शनिबार नेपाल आर्ट काउन्सिलमा सुरु भएको छ।

बिदा भए रबिन विलियम्स

बिदा भए रबिन विलियम्स

क्यालिफोर्निया– अमेरिकी अभिनेता तथा कमेडियन रबिन विलियम्स सोमबार उत्तरी क्यालिफोर्नियास्थित आफ्नै निवासमा मृत्त फेला परेका छन्। ६३ वर्षे उनले आत्महत्या गरेको प्रारम्भिक अनुमान छ।

कानुनी उपचार खोज्छौं : सुरज—सहाना

कानुनी उपचार खोज्छौं : सुरज—सहाना

काठमाडौ- टेलिभिजन पर्सनालिटी सुरज गिरी र साहना बज्राचार्यले आफूहरुले 'जवानी नबिसाएको र जवानी नविर्सिएको' प्रष्टिकरण दिएका छन्। केही मिडियामा आफूहरु बारे आएको खबरले व्यक्तित्वमा क्षति पुर्‍याएको भन्दै कानुनी उपचार खोज्ने...

महजोडीले सातवर्षपछि पोखरा हँसाए

महजोडीले सातवर्षपछि पोखरा हँसाए

पोखरा-सात वर्षको अन्तरालमा मह (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) जोडीले फेरि पोखरा हँसाएका छन्। टुबोर्ग महजात्रा हास्य महोत्सव लिएर आएका उनीहरुले शुक्रबारदेखि हँसाउन थालेका हुन्। महोत्सव सोमबारसम्म चल्नेछ।