Tuesday 15 Bhadra, 2072 |
Menu

कला

republica-header

ist-cc

ये जवानी है दिवानी'ले नेपालबाट तीन करोड!

(0 votes)
ये जवानी है दिवानी'ले नेपालबाट तीन करोड!
काठमाडौं – पछिल्लो समय रिलिज भएको नेपाली फिल्महरु 'उमा', 'साघुँरो' र 'अन्तराल'ले राम्रो व्यापार गर्न सकेनन्। तर, दुई साताअघि रिलिज भएको बलिउड फिल्म 'ये जवानी है दिवानी'ले भने राजधानीका १६ वटा हलबाट डेढ करोडको व्यापार गर्न सफल भएको छ। मंगलबार साँझसम्मको रिपोर्ट अनुसार यस फिल्मले नेपालभर तीन करोड उठाउने सम्भावना देखिएको छ।

'यसको व्यापारबाट आएको १५ प्रतिशत कमिसन स्थानीय वितरक गोपीकृष्ण मुभिजले पाउँछ। यसलाई नेपालमा रिलिज गर्न हामीले अग्रिम पैसा तिर्नु परेन। दुई साताको अवधिमा राजधानीमा डेढ करोड कमाइ गरेको छ,' गोपीकृष्ण हलका तीर्थ पौडेलले भने।
भारतीय प्रोडक्सन कम्पनी युटिभीसँग साझेदारी गरेर गोपीकृष्णले 'ये जवानी है दिवानी' नेपालमा रिलिज गरेको हो। यसअघि गोपीकृष्णले ७५ लाखमा नेपाल अधिकार किनेको 'एक था टाइगर'ले पनि नेपालमा तीन करोड व्यापार गरेको थियो।
'हामीले १५ हजारदेखि ५ लाखसम्ममा विभिन्न हलहरुलाई फिल्म बिक्री गर्ने गरेका छौं। राजधानीको क्युएफएक्सले ५ लाखमा फिल्म किनेको थियो,' उनले भने। गोपीकृष्णले समेत शनिबारदेखि अन्य फिल्म हटाएर 'ये जवानी है दिवानी' लगाइरहेको छ। राजधानीबाहेक पोखरा, विराटनगर, धरान र बिर्तामोडमा फिल्मले राम्रो व्यापार गरेको उनले जानकारी गराए।
अरुबेला बलिउडका ठूल्ठूला फिल्म किन्ने नेपाली वितरक एप्पल इन्टरटेनमेन्टले समेत यसपालि गोपीकृष्णबाट 'ये जवानी है दिवानी' किनेर आफ्ना पकडमा रहेका हलमा चलाएको थियो। राजधानीका बिग सिनेमा र एफक्युबले दिनको आठ र क्युएफएक्सका जयनेपाल, सिभिल मल र कुमारी प्रत्येकले दिनको चार शो 'ये जवानी है दिवानी' देखाइरहेका छन्।
'नेपालमा फिल्म हेर्ने दर्शक प्रशस्त छन्। त्यसैले फिल्मले राम्रो कमाइ गरेको हो। अझ पनि हलमा दर्शकको भीड बाक्लै छ,' क्युएफएक्सका वसन्त मानन्धरले भने। पहिलो पटक विश्वज्योति हलले समेत रातिको शोमा यो फिल्म देखाएको थियो। 'गत सोमबार देखि फिल्म रिलिज गरेका थियौं। विश्वज्योति हलमा हिन्दी फिल्म चल्छ भन्ने थाहा नभएर दर्शक आएनन्। अर्को सातादेखि निरन्तर राति शोमा हिन्दी फिल्म चलाउने छौं,' विश्वज्योतिका कर्मचारी मनोज केसीले भने।

प्रतिक्रिया

पचास वर्ष धकेलिए नारायण!

पचास वर्ष धकेलिए नारायण!

काठमाडौं– भूकम्पका कारण लेखक नारायण ढकालको नयाँ उपन्यास ‘वृषभ वध' विमोचन नगरीकनै बजारमा आएको छ। प्रकाशक फाइन प्रिन्टले विमोचनको तयारी गर्दै गर्दा भूकम्प आएको थियो। पाठकको मागका कारण पुस्तकलाई ढिलो...

सिनेमा हलमा दर्शक फर्कंदै

सिनेमा हलमा दर्शक फर्कंदै

काठमाडौं-महाभूकम्पको पराकम्पनले तर्साइरहे पनि सामान्य मर्मतसम्भारपछि केही सिनेमा हलहरु सुचारु हुन थालेका छन्। राजधानीका विश्वज्योति, गोपीकृष्ण मुभिज, पुष्पाञ्जली, क्युएफएक्स अन्तर्गतका जयनेपाल र कुमारी, बिग सिनेमा, राइजिङ मलस्थित क्युज सिनेमाज् लगायत...

परदेशिनेहरुका ‘जिम्दा सपना’

परदेशिनेहरुका ‘जिम्दा सपना’

काठमाडौं– राजधानीको कालिकास्थानस्थित सर्वनाम रंगमञ्चमा राज शाह लिखित–निर्देशित ‘जिम्दा सपना’ मञ्चन भइरहेको छ। नाटकले बोकेको कथाका कारण दर्शकहरुले यसलाई रुचाइरहेको निर्देशक राजले बताएका छन्। ‘हामीले भारी–भरकम कुनै विषय उठाएका छैनौँ,’...

‘अझै पनि' र ईशाको जम्काभेट

‘अझै पनि' र ईशाको जम्काभेट

काठमाडौं– नेपाली फिल्म ‘अझै पनि' युनिटले बलिउड अभिनेत्री ईशा देवललाई भेटेको छ। प्रचारप्रसारका लागि भ्रमणमा रहेको फिल्म टोलीले पोखराबाट फर्कने क्रममा कुरिनटारमा रहेकी ईशालाई सोमबार भेटेको हो। भेटमा ईशाले नेपाली...

मलिना बन्ने भो ‘झम्की'

मलिना बन्ने भो ‘झम्की'

काठमाडौं– पूर्व मिस नेपाल मलिना जोशी ‘ऋतु'पछि फेरि अर्को फिल्म ‘झुम्की'मा नायिका बन्ने भएकी छन्। सोमबार काठमाडौंको मण्डला थियटरमा निर्माण घोषणा भएको ‘झुम्की'बाट ‘ऋतु' फिल्मका एक निर्माता अपिल विष्ट निर्देशनमा...

सिम्पल र स्वीट 'जेरी'

सिम्पल र स्वीट 'जेरी'

यात्राले मान्छेलाई धेरै थोक सिकाउँछ। जेरीले पनि सिक्छ। मुस्ताङसम्म तन्किएको घुमफिरमा उसले थुप्रै हन्डर खान्छ र आफूलाई चिन्ने अवसर पाउँछ।मुस्ताङलाई फन्को लगाउने क्रममा जेरी (अनमोल केसी) र काठमाडौंकी किशोरी आकांक्षा...

रत्‍नजीत र सरादेवी च्याम्पियन

काठमाडौं- साविक विजेता रत्‍नजीत तामाङले चौथो पुष्पलाल स्मृति राष्ट्रिय र्याशङकिङ ब्याडमिन्टन प्रतियोगितामा उपाधि रक्षा गरेका छन्। आर्मीका रत्नजीतले आइतबारको फाइनलमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आफ्नै क्लबका विकास श्रेष्ठलाई...

सिनेमाण्डुमा सहाराको 'इन्द्रेणी खोज्दै जाँदा'

सिनेमाण्डुमा सहाराको 'इन्द्रेणी खोज्दै जाँदा'

काठमाडौं– निर्देशक सहारा शर्माको फिल्म 'इन्द्रेणी खोज्दै जाँदा'ले अन्तरक्रियात्मक कार्यक्रममा सहभागिता जनाएको छ। बुधबार राजधानीको नेपाल भारत पुस्तकालयमा आयोजित सिनेमाण्डुमा 'इन्द्रेणी खोज्दै जाँदा' फिल्म समेत प्रदर्शन गरियो। फिल्म प्रदर्शनसहित फिल्म...