Wednesday 7 Shrawn, 2071 |
Menu

कला

सय करोडमाथि'जवानी दिवानी'

(0 votes)
सय करोडमाथि'जवानी दिवानी'
मुम्बई – एक हप्ताअघि प्रदर्शनमा आएको हिन्दी फिल्म'यह जवानी है दिवानी' सय करोड क्लब ज्वाइन गर्ने सन् २०१३ को तेस्रो फिल्म बन्न सफल भएको छ। यो वर्ष रिलिज भएका'रेस २' र'आशिकी २'ले यसअघि नै सय करोडको रेखा छोइसकेका छन्।

तर'यह जवानी है दिवानी'को रेकर्ड यतिमा मात्र सीमित छैन। फिल्मले भारतीय सिनेमाकै इतिहासमा छोटो समयमा सय करोड कमाउने फिल्मको दोस्रो नम्बरमा पर्ने रेकर्ड राखेको छ। यसअघि सलमान खान र क्याटि्रना कैफ अभिनित फिल्म'एक था टाइगर'ले  प्रदर्शनको छैटौं दिनमा सय करोड कमाएको थियो।
'एक था टाइगर'भन्दा एक दिन पछाडि परेको रणवीर कपुर र दीपिका पादुकोणको यस फिल्मले प्रदर्शनको सातौं दिनमा सय करोडको पर्खाल नाघ्न सफल भएको थियो। आठौं दिनसम्ममा फिल्मले १०९ करोड कमाएको भारतीय सञ्चारमाध्यमले उल्ल्ेख गरेका छन्।
समिक्षकहरुबाट खासै उत्साहजनक'रिभ्यु' नपाए पनि दर्शकहरुले भने फिल्मलाई रुचाएको पुष्टि भएको छ। फिल्ममा आदित्य रोय कपुर र कल्की कोच्लिनको पनि अभिनय रहेको छ।
कवि अवतारमा प्रकट

कवि अवतारमा प्रकट

पोखरा-गीतबाट स्थापित र गजलबाट थप चर्चित प्रकट पगेनी शिव शुक्रबार पोखरामा कवि अवतारमा प्रकट भए। देशका प्रमुख सहरहरुमा गजल बाचन गर्न भ्याइसकेका उनको कवितामा भने पहिलो एकल बाचन थियो। गाउँघर,...

व्यवस्थित बन्दै जुम्बा

व्यवस्थित बन्दै जुम्बा

काठमाडौं– सन् १९९० को दशकमा कोलम्बियामा अस्तित्वमा आएको जुम्बा नृत्य शैलीलाई नेपालमा पनि व्यवस्थित गराउने उद्देश्यले प्रशिक्षकहरुको मास्टर प्रशिक्षण आयोजना भएको छ। दुई दिने प्रशिक्षणका क्रममा ३२ जना जुम्बा प्रशिक्षकहरुले...

'चेन्नई एक्सप्रेस'को सिक्वेल नबन्ने

'चेन्नई एक्सप्रेस'को सिक्वेल नबन्ने

मुम्बई-'चेन्नई एक्सप्रेस'जस्तो सुपरहिट फिल्म दिएका निर्देशक रोहित शेट्टी र अभिनेता शाहरुख खानले फेरि सँगै काम गर्ने भएका छन्। तर, स्रोतका अनुसार उनीहरुले 'चेन्नई एक्सप्रेस'को सिक्वेल बनाउन लागेका भने होइनन्।

बन्ने भो 'नभ्य'

बन्ने भो 'नभ्य'

काठमाडौं– नयाँ फिल्म 'नभ्य'को निर्माण घोषणा भएको छ। विप्लब आर पोखरेलको निर्देशन रहने फिल्मबारे निर्माण टोलीले मंगलबार जानकारी गराएको हो।

प्रकाश गुरूङका बाबुछोरीले गाए पलेँटीको दशौं बार्षिकीमा

प्रकाश गुरूङका बाबुछोरीले गाए पलेँटीको दशौं बार्षिकीमा

काठमाडौं- प्रकाश गुरूङले एक समयको आधुनिक नेपाली संगीतमा नयाँपन सहितका चर्चित गीतहरु भित्र्याए। उनकी छोरी रिमा त्यही विधामा भर्खर संघर्षरत् नयाँ पुस्ताको प्रतिनिधित्व गर्छिन्। शुक्रबार पलेँटी दसौं वर्षमा पुग्दाको दोश्रो...

तेरियाको प्रतीक्षा

तेरियाको प्रतीक्षा

बुटवल– सानैदेखि नाच्न भनेपछि हुरुक्क हुने। टिभीमा गीत बज्यो कि नाचिहाल्ने। गाउँमा केही कार्यक्रम भयो कि नाच्न भनेपछि अघि सरिहाल्ने। रुपन्देहीको रुद्रपुर सुनागाभा चोककी १२ वर्षीया तेरिया फौजा मगरको नाच्ने...

यो कथा हो सबैको!

यो कथा हो सबैको!

काठमाडौं– पारिवारिक कथामा निर्माण गरिएको फिल्म 'यो कथा हो तिम्रो मेरो'को गीतिएल्बम विमोचन गरिएको छ। मंगलबार बागबजारस्थित सिटीम्याक्स हलमा फिल्मका कलाकारहरुले संयुक्त रुपमा एल्बम विमोचन गरे।

सय करोड कमायो 'होलिडे'ले

सय करोड कमायो 'होलिडे'ले

मुम्बई, असार– लगभग दुई वर्षपछि अक्षय कुमारको फिल्मले सय करोड भारु कमाएको छ। सन् २०१२ मा अक्षयको फिल्म 'राउडी राठोर'ले सय करोड कमाएको थियो। त्यसयता अक्षयका फिल्म केही फिल्म हिट...