Nepal Republic Media Pvt. Ltd.

Friday
Jul 30th

पूजा लामाले गरिन् बिहे

smaller text tool iconmedium text tool iconlarger text tool icon
नागरिक, कात्तिक १५ (नागरिक) - मोडल एवं हिरोइन पूजा लामाको विवाह भएको छ। डिजे शिशिर सिङताङसँग आइबार राजधानीको भद्रकाली मन्दिरमा उनको विवाह भएको हो। 

करिव १५ मिनेटमा सकिएको यो विवाहमा उनीहरुले एक अर्कालाई माला र खादा लगाईदिएका थिए। दुवैलाई फिल्मकर्मी मनोज केसीले टीका लगाईदिए र यो औपचारिकता सकियो। 'हाम्रो अलिपछि भव्य विवाह गर्ने तयारी थियो। तर, हतारमै यो निर्णय गरेका हौँ,' सञ्चारकर्मीको जिज्ञासा मेटाइन् पूजाले।

शिशिरले पूजासँग केही नसोध्न आग्रह गरे। 'अब उनी मेरी श्रीमती हुन्। उनको जिम्मेवारी मेरो काँधमा आएको छ। जे सोध्नु छ मलाई सोध्नुस्,' उनले पूजासँगको प्रेम सम्बन्ध आफ्नो परिवारलाई पनि थाहा भएको र उनीहरुले नै छिटो विवाह गर्न सल्लाह दिएको शिशिरले बताए। पूजासँग आफ्नो डेढबर्ष देखिको प्रेम सम्बन्ध रहेको समेत उनले खुलाए। आइतबार नै पूजालाई आफ्नो घर बिशालनगरमा भित्रयाउने उनले जानकारी दिए। 

विवाहमा शिशिरको आमा र बहिनी आएका थिए। पूजा साथमा भने फिल्मकर्मी केसी, उनकी श्रीमती र गायिका निशा सुनार थिए। पूजा र शिशिरले आफ्नो धार्मिक परम्परा अनुसार भव्य विवाह गर्ने बताउँदै विदा भए।

 

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

कला

Nagarik Offer