Nepal Republic Media Pvt. Ltd.

Friday
Jul 30th

प्रीति राष्ट्रसंघीय सद्भावना दूत

smaller text tool iconmedium text tool iconlarger text tool icon
नयाँ दिल्ली, चैत ३ (एजेन्सी)- बलिउड हिरोइन प्रीति जिन्टा भारतमा संयुक्त राष्ट्रसंघीय एचआइभी/एड्स कार्यक्रमका लागि सद्भावना दूत नियुक्त भएकी छन्। राष्ट्रसंघले दिएको जिम्मेवारीलाई गम्भीरतापूर्वक पूरा गर्ने डिम्पल ब्युटी प्रीतिले प्रतिक्रिया दिइन्। 'राष्ट्रसंघले मलाई सद्भावना दूत बनाए जुन काम सुम्पेको छ त्यो म जिम्मेवारीपूर्वक पूरा गर्नेछु'- प्रीतिले भनिन्।

भारत एचआइभी संक्रमित बढी रहने मुलुकको सूचिमा छ। भारतमा पुरुषभन्दा महिला संक्रमितको अवस्था नाजुक रहेको प्रीतिले बताइन्। एचआइभी एड्सबारे जनतामा चेतना जगाउन आवश्यक रहेको प्रतिक्रिया दिँदै प्रीतिले भनिन्- 'अझ महिलाहरुलाई यो रोग बारे जानकारी गराउन बढी आवश्यक छ।' यो कार्यका लागि उनले देशव्यापी अभियानमा सहभागी हुनेछिन्।

राष्ट्रसंघले हलिउड तथा बलिउडका लोकप्रिय कलाकारलाई आफ्ना कार्यक्रम सफल पार्न सद्भावना दूतको रुपमा लिँदै आएको छ। यसअघि मनीषा कोइराला पनि राष्ट्रसंघीय सद्भावना दूत नियुक्त भएकी थिइन्।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

कला

Nagarik Offer