इटहरी, फागुन २८ (नागरिक)- वृत्तचित्र 'टिम नेपाल'को देशव्यापी यात्रा इटहरीबाट सुरु भएकै दिन चार प्रदर्शन राखिएकामा दर्शक मागका कारण थप एक गरेर पाँच शो गर्नुपरेको छ। नगरपालिकाको सांस्कृतिक भवनमा यो प्रस्तुत गरिएको थियो। प्रदर्शनका क्रममा स्थानीय खेलाडी, वुद्धिजीवी, पत्रकार, सरकारी निकायका कर्मचारी र विद्यार्थीको उपस्थिति थियो।
प्रदर्शन हेर्न आएका पूर्व खेलाडी कोविद कार्कीले आफ्नो अनुभवसँग मिल्दो जुल्दो घटनालाइ पर्दामा देख्न पाउदा खुशी लागेको बताए। 'वृत्तचित्रमा वीरगन्जका खेलाडीले जस्तै म पनि एकताका सिमानापारि यसैगरी साथीहरुसँग खेल्न जान्थेँ', स्थानीय राष्ट्रिय जागृति क्लबका पूर्व खेलाडी एवंहाल क्लवका व्यवस्थापक कोविदले भने,'सधै रमाइलो लाग्ने गरेको बिहारको फुटबल अनुभव यसरी रोचक वृत्तचित्रका रुपमा देख्न पाउदा बेग्लै आनन्द लागेको छ।'
युथ मिडिया सेन्टर इटहरीको आयोजनामा भएको प्रत्येक प्रदर्शनी अगाडि सेन्टरका महासचिव अमर खड्काले दर्शकहरुलाई स्वागत गर्दै उक्त वृत्तचित्र प्रदर्शनको उद्देश्य बारे जानकारी गराएका थिए।
युथ मिडिया सेन्टर इटहरीको आयोजनामा भएको प्रत्येक प्रदर्शनी अगाडि सेन्टरका महासचिव अमर खड्काले दर्शकहरुलाई स्वागत गर्दै उक्त वृत्तचित्र प्रदर्शनको उद्देश्य बारे जानकारी गराएका थिए।
शो हेर्न आएका पूर्वाञ्चल क्षेत्रका सशस्त्र प्रहरी प्रमुख डिआइजी जीवन थापाले वृत्तचित्रले खेल प्रतिको लगावका साथै स्थानीयस्तरका खेलाडीहरुमा रहेको देशभक्तिको भावना अभिव्यक्त भएको पाउँदा खुशी लागेको बताए।
पहिलो दिनको प्रदर्शन सकिएपछि वृत्तचित्र निर्देशक गिरीश गिरीले दर्शकबाट पाएको प्रतिक्रियाले आफूमा उत्साह जगाएको बताए। विशेष गरेर विद्यार्थी दर्शकको लगातारको प्रशंसा उल्लेखनीय लागेको उनको भनाइ थियो।
यो वृत्तचित्रको आगामी प्रदर्शन वीरगन्जको नगर सभागृहमा शनिबार हुनेछ।
प्रतिक्रियाहरू (0)


Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook





