Nepal Republic Media Pvt. Ltd.

Friday
Jul 30th

नम्रता 'बिच' क्रिकेटको सद्भावना दूत

smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौं, फागुन १३ (नागरिक)- हिरोइन नम्रता श्रेष्ठ 'नेपाल आइस बिच क्रिकेट फेष्टिभल २०१०'की 'गुड वील एम्बेसडर' नियुक्त भएकी छिन्। एक महिनापछि हुने महोत्सवमा पूर्व मिस नेपाल माल्भिका सुब्बालाई प्रवर्द्धक बनाइएको छ। यो जिम्मेवारीमा उनलाई साथ दिने छन् सभासद गगन थापाले।

त्रिशुली नदी किनारमा क्रिकेट खेलेर मनाइने यो महोत्सवमा विभिन्न सरकारी तथा गैह्रसरकारी संस्थाको साथै नेपाली फिल्मका कलाकारको समेत सहभागिता रहनेछ। अशोक शर्माको नेतृत्वमा हिरो राजेश हमाल, निखिल उप्रेती र हिरोइन रेखा थापाको टोलीले सहभागिता जनाउनेछ।

'यो इभेन्टलाई सफल पार्न सक्दो प्रयास गर्छु,' नम्रता भनिन्- 'सुरुमा त क्रिकेट सम्बन्धी फेष्टिभलको एम्बेसडर हुने भन्दा उत्साहित थिइन। बुझ्दै गएपछि एकदमै इन्टे्रष्टिङ लागिरहेको छ। धेरै क्षेत्रका मानिसको सहभागितामा रहने हुनाले पनि यो कार्यक्रमको छुट्टै रौनक हुने विश्वास उनको छ।

पर्यटनलाई सिर्जनशील तवरले अघि बढाउन लागेको देखेर प्रबर्धकको रुपमा सहभागी हुन मन लागेको माल्भिकाले बताइन्।

'पर्दामा कला देखाउने हामी जस्ता कलाकार खेलकलामा निपुर्ण त छैनौं। तर, खेल पर्यटनलाई प्रवर्द्धन गर्ने यो अवसर चुकाउँदैनौं,' बिच क्रिकेट फेष्टिभलबारे जानकारी दिन बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा शर्माले भने।

कुरिनटारस्थित रिभर साईड स्पि्रङ रिसोर्टमा हुने यो महोत्सव खेल पर्यटनका लागि महत्वपूर्ण हुने आयोजकको विश्वास छ। 'नेपालमा स्पोर्टस टुरिजमको निकै सम्भावना छ। त्यसैले पर्यटन बर्ष २०११ लाई लक्षित गरेर कार्यक्रम आयोजना गरेका हौं,' आयोजक सांग्रिला क्रिकेट एकेडेमीका अमिर अख्तरले बताए।

दुई दिन चल्ने खेललाई थप मनोरञ्जक बनाउन लाइभ डिजे म्युजिकको समेत व्यवस्था गरिने उनले जानकारी दिए। चौधरी ग्रुप, दी हिमालयन टाईम्स, गल्फ एयर, प्रेसिडेन्ट ट्राभल्स र रिवकले महोत्सवको प्रायोजन गर्ने भएको छ।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

कला

Nagarik Offer