Tuesday 26 Magh, 2072 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

ट्राभल एजेन्सीलाई कतारको अवार्ड

(0 votes)
काठमाडौं -  कतारको राष्ट्रिय वायुसेवा कम्पनी कतार एयरवेजले नेपालस्थित ट्राभल एजेन्सीहरूलाई यो वर्षको अवार्ड प्रदान गरेको छ। कतारले विभिन्न विधामा तीन ट्रफी र १८ प्रमाणपत्र प्रदान गरेको हो।
nepalipatro-nagarik


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुशील घिमिरे, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतीशचन्द्रलाल सुमन र काठमाडौंस्थित कतारी दूतावासका काउन्सेलर अब्दुल नासेर अबु अल्फेनले अवार्ड प्रदान गरेका थिए।

कम्पनीका अनुसार ओसो वर्ल्ड ट्राभल नेपालले गोल्ड अवार्ड, यती ट्राभल्सले सिल्भर अवार्ड र मेगाबाइट ट्राभल्स एन्ड टुर्सले बर्गन्डी अवार्ड पाएका थिए।

कतारको दोहालाई आधार गरी सन् १९९६ बाट काठमाडौं उडान सुरु गरेको कतार एयरवेजले हाल काठमाडौं–दोहा सेक्टरका लागि दैनिक चार उडान गरिरहेको छ।

कम्पनीले हाल १ सय २५ जहाजबाट युरोप, मध्यपूर्व, अफ्रिका, एसिया प्रशान्त, उत्तर र दक्षिण अमेरिकाका ७० देशका १ सय २८ गन्तव्यमा उडान गरिरहेको छ। उसले ५० अर्ब अमेरिकी डलरमा २ सय ५० भन्दा बढी जहाज खरिद अर्डर गरेको छ।

ब्यागेज सुविधा वृद्धि
यसैबीच कतार एयरवेजले आफ्ना यात्रुका लागि ब्यागेज तौल अझ बढी लान पाउने सुविधा गरेको छ। यस्तो सुविधा सेप्टेम्बर १ (भदौ १६) बाट लागु हुने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार इकानोमी क्लास टिकटका यात्रुले अब ३० किलोसम्मको ब्यागेज निःशुल्क लान पाउँछन्। हाल यो २३ किलो निःशुल्क छ। यसमा सात किलो थपिएको हो।

त्यसै गरी बिजनेस क्लासका यात्रुलाई ३० किलोमा १० थपेर ४० किलो लान पाउने सुविधा दिएको हो। फर्स्ट क्लासका यात्रुले ४० किलोमा १० थपेर ५० किलोसम्म निःशुल्क लान पाउनेछन्।

प्रतिक्रिया

पेट्रोल पाँच दिनमै सहज, ग्यास सहज हुन डेढ महिना कर्नुपर्ने

पेट्रोल पाँच दिनमै सहज, ग्यास सहज हुन डेढ महिना कर्नुपर्ने

काठमाडौं– नेपाल आयल निगमले मट्टितेल, डिजेल, पेट्रोलजस्ता पेट्रोलियम पदार्थ अबको ५ दिनभित्रमा सबै पम्पहरुबाट वितरण गर्ने व्यवस्था मिलाउने भएको छ। आन्दोलनरत मधेसी मोर्चाले औपचारिक रुपमै बन्दहड्तालका कार्यक्रम फिर्ता लिइसकेको, इन्डियन...

सुन एक वर्षयताकै महँगो, प्रतितोला रु. ५४ हजार

सुन एक वर्षयताकै महँगो, प्रतितोला रु. ५४ हजार

काठमाडौं– सुनको भाउ करिब १२ महिनाकै उच्च भई प्रतितोला रु. ५४ हजार पुगेको छ। २०७१ साल माघ १९ गते प्रतितोला ५४ हजार पुगेको सुनको मूल्यले त्यसयता पुनः यो बिन्दुलाई छोएको...

बहाना बनाउँदै ठूला आयोजना

बहाना बनाउँदै ठूला आयोजना

नेपालगन्ज- राष्ट्रिय गौरवको बहुप्रतिक्षित सिक्टा सिँचाइ आयोजनामा चालु आर्थिक वर्ष ०७२/७३ को साउन महिनायता कामको प्रगति शून्य छ। चालू वर्षको ६ महिना बितिसक्दा पनि आयोजनाले लक्ष्यअनुरूप काम अगाडि बढाउन सकेको...

चक्रपथ विस्तार कहिलेसम्म?

चक्रपथ विस्तार कहिलेसम्म?

काठमाडौं- निर्माण अवधि साढे २ वर्ष (७७.५ प्रतिशत) भन्दा बढी सकिँदासम्म काठमाडौं चक्रपथ विस्तारको कामले गति लिन सकेको छैन। गत वैशाख १२ को भूकम्पलगत्तै रोकिएको काममा भारतले गरेको नाकाबन्दीले थप...

२० लाख श्रमिक, सय कर्मचारी

२० लाख श्रमिक, सय कर्मचारी

काठमाडौं— पाँच लाख जनसंख्या रहेको कुनै जिल्लामा सेवा दिन सरकारको कस्तो संयन्त्र क्रियाशील हुन्छ ? सबैलाई थाहा छ– शान्ति सुरक्षा कायम राख्न प्रहरी, सेनादेखि लिएर सयौं कर्मचारी हुन्छन् । एउटै...

काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गः सिन्को नभाँची ३२ करोड झ्वाम

काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गः सिन्को नभाँची ३२ करोड झ्वाम

काठमाडौं— काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्ग निर्माण गर्न संकलित रकममध्येको करिब ९० प्रतिशत रकम खर्च भइसकेको छ । आयोजना बनाउने जिम्मा पाएको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड (एनपिबिसिएल) को तीन वर्षको खर्च...

केरा सुकेपछि किसान चिन्तित

केरा सुकेपछि किसान चिन्तित

चौमाला (कैलाली)- चौमाला–१ का किसान मीनबहादुर बमले राम्रो आम्दानी हुने जानकारीपछि १८ कट्ठा जमिनमा केराखेती सुरु गरे। २ लाख लगानी गरेर लगाएको पूरै केराको गुभो कुहिएर सुकेपछि उनको यति बेला...

लुनकरण दास चौधरी रहेनन्

लुनकरण दास चौधरी रहेनन्

काठमाडौं- उद्योगपति लुनकरण दास चौधरीको बिहीबार ९३ वर्षको उमेरमा राजधानीमा निधन भएको छ। लामो सयमदेखि मुटु र सुगर रोगका बिरामी चौधरी विश्वका अर्बपतिको समूहमा पर्न सफल चौधरी समूहका संस्थापक हुन्।