Wednesday 10 Mangshir, 2071 |
Menu

अर्थ

आन्तरिक विमानस्थल दस्तुर अब टिकटमै

Ad MyNepal Nagarik
(0 votes)
आन्तरिक विमानस्थल दस्तुर अब टिकटमै
काठमाडौं - आन्तरिक गन्तव्य जान जहाज चढ्नुअघि विमानस्थलमै कर तिर्दै आएका यात्रुले अब त्यसो गर्नुपर्दैन। जहाजको टिकट खरिद गर्दा 'विमानस्थल दस्तुर' टिकटमै गाभिएर आउने नयाँ व्यवस्था लागु हुँदैछ। देशभरका विमानस्थलको नियामक निकाय तथा सञ्चालक नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी साउन १ बाट आन्तरिक विमानस्थल दस्तुर हवाई टिकट खरिदमै गाभ्ने निर्णय गरेको छ।
'हवाई यात्रुलाई सजिलो, समयको बचत र विमानस्थलमा यात्रुको लाइन नहोस् भनेर अबदेखि दस्तुर टिकट किन्दा नै तिर्नुपर्ने नियम ल्याएका हौं,' प्राधिकरणका नायब महानिर्देशक सञ्जीम गौतमले बिहीबार नागरिकसँग भने, 'यात्रुले टिकटमा तिरेको दस्तुर हामी सम्बद्ध आन्तरिक वायुसेवा कम्पनीबाट असुल गर्छौं। यसका लागि सबै वायुसेवासँग छलफलपछि सहमति भइसकेको छ।'

उनका अनुसार यसको सुरुवात त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गरिने छ। त्यसपछि विस्तारै देशभरका विमानस्थलमा यो नियम कार्यान्वयन गराउँदै लगिने छ। त्रिभुवनबाहेक अन्य विमानस्थलका लागि चरण–चरणमा वायुसेवा कम्पनी र सरोकारवालासँग छलफल गरी काम अगाडि बढाइने छ। तत्कालका लागि त्रिभुवनबाहेक अन्य विमास्थलमै दस्तुर तिर्नुपर्छ।

प्राधिकरणको विमानस्थल दस्तुर नियमावलीअनुसार प्रत्येक विमानस्थलमा दस्तुर दर फरक–फरक छ। त्रिभुवन विमानस्थलमा प्रत्येक यात्रुले २ सय रुपैयाँ दस्तुर तिर्नुपर्छ। यही दर पोखरा, विराटनगर, नेपालगन्जलगायत ठूला सहरी विमानस्थलमा पनि छ। प्राधिकरणले केही वर्षदेखि अन्तर्राष्ट्रिय हवाई यात्रुलाई भने विमानस्थल दस्तुर टिकटमै लिने व्यवस्था गरेको छ। 

त्यसै गरी कुनै विमानस्थलमा १ सय ५०, कुनैमा १ सय रुपैयाँ दस्तुर तिर्नुपर्छ। हुम्लाको सिमिकोट, मुगुको रारालगायत केही दुर्गम भेगका विमानस्थलमा भने यस्तो दस्तुरवापत ५ रुपैयाँमात्र तिरे पुग्छ। 

प्राधिकरणअन्तर्गत कुल ५१ विमानस्थलमध्ये हाल एक अन्तर्राष्ट्रियसहित ३४ विमानस्थल सञ्चालनमा छन्। यात्रु अभावलगायत विविध कारण वर्षौंदेखि १४ वटा बन्द छन्। पाँचवटा भने निर्माणाधीन छन्।

सीमा नराखी विदेशी लगानी नीति

काठमाडौं-उद्योग मन्त्रालयले लगानीको सीमा (थ्रेसहोल्ड) नराखी वैदेशिक लगानी नीतिको मस्यौदालाई अन्तिम रुप दिएको छ। मन्त्रालयले मन्त्रिपरिषदमा पेस गर्न ठिक्क पारेको मस्यौदामा विदेशीले नेपालमा लगानी गर्ने सीमा र नेपालीले विदेशमा लगानी...

साताभित्र सुनकोसी अस्थायी सञ्चालन

साताभित्र सुनकोसी अस्थायी सञ्चालन

सिन्धुपाल्चोक-मांखा कान्ले पहिरोले क्षतिग्रस्त विद्युत प्राधिकरण स्वामित्वको सुनकोसी जलविद्युत केन्द्र एक साताभित्र सञ्चालनमा आउने भएको छ। तत्कालका लागि अस्थायी रुपमा सञ्चालनमा ल्याउन लागिएको हो। झन्डै तीन महिनाअघि १०.०५ मेगावाट क्षमताको...

प्रधानमन्त्री गुहार्दै भोटेकोशी

सिन्धुपाल्चोक- स्थानीयबासीले ३५ प्रतिशत सेयर माग्दै प्रसारण लाइन विस्तारमा अवरोध जारी राखेपछि ४५ मेगावाट क्षमताको भोटेकोसी जलविद्युत कम्पनी समस्या लिएर प्रधानमन्त्री कहाँ जाने भएको छ। मध्यमार्गी बन्ने विश्वास गरिएका स्थानीय...

स्थलगत अनुगमन : किसानको नाम भजाउँदै दुरुपयोग

कालीकोट- उच्च मूल्य कृषि परियोजनाले तयार पारेको प्रतिवेदनमा कालीकोटको पूजा मालिका कृषक महिला समूहलाई तरकारी खेती तथा पशुपालन भन्दै २० लाख रुपैयाँ उपलब्ध गराइएको छ। तर त्यो समूहले हालसम्म दुई...

सोनी एक्सपेरिया जेड सिरिज आए

सोनी एक्सपेरिया जेड सिरिज आए

काठमाडौं- सोनी मोबाइल कम्युनिकेसनले विश्वभर एकै साथ एक्सपेरिया जेड सिरिजका मोबाईल फोन सार्वजनिक गरेको छ। एक्सपेरिया जेडथि्र र एक्सपेरिया जेडथि्र कम्प्याक्ट नाम गरेका यी सेट वाटरप्रुफ र डस्ट प्रुफ छन्। 

चौधरीको लगानीमा मध्यमोदी हाइड्रो निर्माण सुरु

भुकताङ्ले (पर्वत)- मुलुकको अग्रणी औद्योगिक घराना चौधरी ग्रुपले पहिलोपटक जलविद्युतमा लगानी गरेको छ। ग्रुपको लगानीमा कास्की र पर्वत सिमानाको मोदीखोलामा निर्माण हुने मध्यमोदी जलविद्युत परियोजनाको निर्माण सुरु भएको छ। ग्रुपका...

सुविधा नघटाउन महिला उद्यमीको आग्रह

सुविधा नघटाउन महिला उद्यमीको आग्रह

काठमाडौं-महिला उद्यमीले औद्योगिक व्यवसाय ऐनको मस्यौदामा समेटिएका सुविधा नघटाईकन पास गर्न सरकारसँग अनुरोध गरेका छन्। महिला उद्यमीले दिएका सुझाव काँटछाँट गरेर मस्यौदा पास गर्न लागेको भन्दै उनीहरुले त्यसो नगर्न आग्रह...

दूध बेचेर मासिक तीन लाख

बाग्लुङ- धन कमाउन बिदेसिने चलन बढिरहँदा विदेशबाट फर्केका यहाँका एक स्थानीयले व्यावसायिक पशुपालन गरेर मासिक तीन लाख रुपैयाँ आम्दानी गरिरहेका छन्। बाग्लुङ नगरपालिका–११ का कृष्णप्रसाद पौडेलले विदेशमा भन्दा स्वदेशमै धेरै...