23 Magh, 2072 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

दसैंसम्म आन्तरिक उडानमा निगमका चार जहाज

  • बिहीबार २० असार, २०७०
  • सुशील भट्टराई
  • DISQUS_COMMENTS
(0 votes)
दसैंसम्म आन्तरिक उडानमा निगमका चार जहाज
काठमाडौं - राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले तीन महिनाभित्र तीनवटा थपेर चार जहाजबाट आन्तरिक उडान गर्ने तयारी तीव्र पारेको छ। यसका लागि निगम व्यवस्थापनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयदेखि 'ग्राउन्डेड' आफ्ना दुईटा टि्वनअटर जहाजका चार थान इन्जिन सम्बद्ध कम्पनीलाई दिएर नयाँ ल्याई जहाज थप्न लागेको हो। इन्जिन साट्न निगमले मंगलबार अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरेको छ।
nepalipatro-nagarik
'आन्तरिक उडानलाई थप विश्वसनीय बनाउन र सकेसम्म उडान गर्न तीनवटा जहाज थप्न लागेका हौं,' निगमका सम्बद्ध एक अधिकारीले बुधबार नागरिकसँग भने, 'ती जहाज उडाउन चाहिने चारवटा इन्जिन साट्न टेन्डर मागेका हौं।' 
दुईमध्ये एक टि्वनअटर गत जेठ ३ गते मुस्ताङको जोमसोममा दुर्घटनाग्रस्त भएपछि निगमले हाल १९ सिट क्षमताको एउटा टि्वनअटरबाट २६ आन्तरिक गन्तव्यमा उडान गरिरहेको छ। यिनमा अधिकांश दुर्गम भेगका गन्तव्य छन्। अब थप्न खोजिएको जहाज पनि यस्तै टि्वनअटर नै हुन्। निगमसँग रहेका टि्वनअटर ४० वर्षभन्दा बढी उमेरका हुन्। सबै क्यानडामा बनेका हुन्। 
'आगामी दसैंभित्र थप तीनवटासहित चार टि्वनअटरबाट आन्तरिक गन्तव्यमा उडान गछौं,' ती अधिकारीले भने, 'त्यसपछि आन्तरिक उडानतर्फ हामी अझै बलियो हुने पक्का छ।' आगामी जुलाई, सेप्टेम्बर र अक्टोबरमा गरी तीनवटै जहाज सञ्चालनमा आउने उनले जानकारी दिए। 
इन्जिन साट्न इच्छुक इन्जिन मर्मतसम्भार ओभरहल एजेन्सीहरूका लागि निगमले १५ दिन म्याद राखेर टेन्डर आह्वान गरेको हो। 'पिटि६ए–२७' इन्जिन एउटै दरमा साट्नुपर्ने सर्त निगमको छ। टेन्डर हाल्ने कम्पनीसँग यस्तो इन्जिन मर्मत/ओभरहल गर्ने क्षमता र सुविधा हुनुपर्ने पनि निगमले जनाएको छ। 
निगमको टेन्डर सूचना अनुसार इच्छुक कम्पनी अमेरिकाको फेडेरल एभिएसन अथोरिटी (एफएए) वा युरोपियन एभिएसन सेफ्टी एजेन्सी (इएएसए) र स्थानीय राष्ट्रको नागरिक उड्डयन प्राधिकरणबाट अनुमति प्राप्त हुनुपर्छ। जति परिमाणको वित्तीय प्रस्ताव पेस गर्ने हो, प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकबाट कुल प्रस्तावको शून्य दशमलव १ प्रतिशत ग्यारेन्टी र काउन्टर ग्यारेन्टीवापत नेपाली वाणिज्य बैंकमा धरौटी राख्नुपर्ने छ। 
निगमले पिसिइ ४०४२१, पिसिई ४१२१८, पिसिइ ४१८१३ र पिसिइ ४२२७५ कोर युनिटका चार इन्जिन साट्न लागेको हो। यसअघि जेठ १ गते ६ वटा इन्जिन साट्न आह्वान गरिएको ग्लोबल टेन्डरमा सहभागी भएको भारतीय एक कम्पनीले दुईवटा इन्जिन साट्न पाउने भएको छ। 
भारतको बर्मन एभिएसन प्रालिले निगमका दुईवटा इन्जिन साट्न पाउने भएका हुन्। बाँकी चारवटा इन्जिनका लागि भने टेन्डरअनुसार कसैको पनि सर्त पूरा नभएपछि पुनः टेन्डर आह्वान गरिएको हो। 
'हाम्रो दुईवटा इन्जिन बर्मनले लान्छ र ओभरहल गरेर राखेको उसको इन्जिन पठाउँछ,' सम्बद्ध अधिकारीले भने, 'एउटा इन्जिन साट्न करिब २ लाख ५० हजार अमेरिकी डलर (२ करोड ३७ लाख ५० हजार रुपैयाँ) खर्च लाग्छ। अब केही दिनभित्रै बर्मनसँग इन्जिन साटफेर सम्झौता हुन्छ र उसले इन्जिन लान्छ।'
आफैंले इन्जिन पूर्णमर्मत (ओभरहल) गर्न ६ देखि आठ महिना लाग्ने भएका कारण निगमले इन्जिन साट्ने योजना ल्याएको ती अधिकारीले बताए। आफ्ना पुराना इन्जिन दिएर सम्बद्ध कम्पनीले मर्मत गरी तयारी अवस्थामा राखेका इन्जिन लिने गरी टेन्डर मागेको हो। 
निगमले साट्न खोजेका ६ वटै इन्जिन चालु हालतमा भने छैनन्। यिनलाई ओभरहल गरे चल्छन्। निगमले भने ट्वीनअटरका इन्जिन एउटालाई ४ हजार घन्टा उडाएपछि ओभरहल गर्दै आएको छ। 
दुई दशकअघिसम्म आन्तरिक उडान गर्न निगमसँग करिब एक दर्जन जहाज थिए। कुनै दुर्घटनामा परेर, कुनै ग्राउन्डेड भएरलगायत कारण साना जहाज संख्या घट्दै अहिले निगम एउटामात्र टि्वनअटर जहाजमा खुम्चिन पुगेको छ। 
पछिल्लोपटक जेठ ३ मा दुईमध्ये एउटा टि्वनअटर जोमसोममा दुर्घटना भएपछि एउटा बाँकी भएको हो। एक दशकदेखि त्रिभवुन विमानस्थलमा ग्राउन्डेडमध्ये दुईवटा टि्वनअटरलाई निगमले निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी तारा एयरलाई भाडामा दिएको छ। तीमध्ये एउटा जहाज दुर्घटनामा परिसकेको छ। सरकारले तोकेको भाडा दरमा उडान गर्नुपर्दा निगमले आन्तरिक उडानमा पर्याप्त आम्दानी गर्न सकेको छैन।

प्रतिक्रिया

लुनकरण दास चौधरी रहेनन्

लुनकरण दास चौधरी रहेनन्

काठमाडौं- उद्योगपति लुनकरण दास चौधरीको बिहीबार ९३ वर्षको उमेरमा राजधानीमा निधन भएको छ। लामो सयमदेखि मुटु र सुगर रोगका बिरामी चौधरी विश्वका अर्बपतिको समूहमा पर्न सफल चौधरी समूहका संस्थापक हुन्।

मलेसियाको विकल्प के?

मलेसियाको विकल्प के?

काठमाडौं- नेपाली कामदारको अवस्था बुझ्न गएको टोलीले मलेसियाको रोजगारीमा सोच्नुपर्ने बेला आएको जनाएपछि प्रश्न उठेको छ– सर्वाधिक नेपाली श्रमिक जाने गरेको मलेसियाको विकल्प के? मलेसियामा कामदार पठाउन छोड्ने हो भने...

दैनिक दुई अर्ब रेमिटेन्स

दैनिक दुई अर्ब रेमिटेन्स

काठमाडौं-विदेशमा बसेर आर्जन गर्ने नेपालीले औपचारिक माध्यमबाट दैनिक १ अर्ब ८० करोड रुपैयाँ स्वदेश पठाउने गरेको पछिल्लो तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्ममा...

पूर्वाधार कम्पनीबाट जोशीको राजीनामा

पूर्वाधार कम्पनीबाट जोशीको राजीनामा

काठमाडौं- काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गका लागि लगानी जुटाउन नसक्दा व्यवसायी कुशकुमार जोशीले नेपाल पूर्वाधार विकास कम्पनीको अध्यक्ष पदबाट राजीनामा दिएका छन्। चार वर्षभित्र निर्माण सक्ने गरी करिब तीन वर्षपहिले सरकारसँग सम्झौता...

ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण अवधि बढ्यो

ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण अवधि बढ्यो

काठमाडौँ-तराई मधेसको शीतलहर, अत्यधिक चिसो तथा विगत केही दिन पहिलेको रङ्गेली घटनाका कारण ढल्केबर– मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण सम्पन्न हुने समय एकाध दिन पर धकेलिएको छ।

सूचना प्रविधि कुम्भ मेला सुरु

सूचना प्रविधि कुम्भ मेला सुरु

काठमाडौं–२२औं संस्करणको सूचना प्रविधि कुम्भ मेला शुक्रबार काठमाडौंमा सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको सुबिसु क्यान इन्फोटेक १०१६ (इन एसोसिएसन विथ हुवावे) मा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स,...

२५ करोड लगानीमा तीनतारे होटल अमादब्लम

२५ करोड लगानीमा तीनतारे होटल अमादब्लम

काठमाडौं- विनाशकारी भूकम्प र भारतको नाकाबन्दीबाट प्रत्यक्ष मारमा परेको पर्यटन क्षेत्रले विस्तारै गति लिन थालेको संकेत होटल क्षेत्रको लगानीमा देखिन थालेको छ। पछिल्लो पटक राजधानीको गौशालामा २५ करोड रुपैयाँ लगानीमा...

कोमल वलीको 'कोमल जल' बजारमा

कोमल वलीको 'कोमल जल' बजारमा

दाङ– चर्चित गायिका कोमल ओलीले आफ्नो गृह जिल्ला दाङमा पानी उद्योग खोलेकी छन्। आफ्ना भाइसँगको सहकार्यमा उनले तुलसीपुरमा आफ्नै नामबाट पानी उद्योग खोलेकी हुन्।