Monday 3 Falgun, 2072 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

पाँच महिनाभित्र निगमका पाँच जहाज उड्ने

(0 votes)
पाँच महिनाभित्र निगमका पाँच जहाज उड्ने
काठमाडौं - राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले पाँच महिनाभित्र तीनवटा थपेर पाँच जहाजबाट आन्तरिक उडान गर्ने भएको छ। यसका लागि निगम व्यवस्थापनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयदेखि 'ग्राउन्डेड' रहेका आफ्ना तीनवटा ट्वीनअटर जहाजका ६ थान इन्जिन सम्बद्ध कम्पनीलाई दिएर नयाँ ल्याई जहाज थप्न लागेको हो।
nepalipatro-nagarik
इन्जिन साट्न निगमले अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरिसकेको छ। 'आन्तरिक उडानलाई अझ चुस्त र विश्वसनीय बनाउन तथा बढीभन्दा बढी उडान गर्न तीनवटा जहाज थप्न लागेका हौं,' निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता गणेशबहादुर चन्दले बुधबार नागरिकसँग भने, 'तिनै जहाज उडाउन चाहिने ६ वटा इन्जिन साट्न टेन्डर मागेका छौं।' निगमले हाल १९ सिट क्षमताका दुईवटा ट्वीनअटर जहाजबाट २६ आन्तरिक गन्तव्यमा उडान गरिरहेको छ। यिनमा अधिकांश दुर्गम भेगका गन्तव्य छन्। अब थप्न खोजिएको जहाज पनि यस्तै ट्वीनअटर नै हुन्। निगमसँग रहेका अधिकांश ट्वीनअटर ४० वर्षभन्दा पुराना हुन्। सबै क्यानडामा बनेका हुन्। 'आगामी असोजभित्र थप तीनवटासहित पाँच ट्वीनअटरबाट आन्तरिक गन्तव्यमा उडान गर्छाैं,' निगमका नायब महाप्रबन्धक गणेश ठाकुरले भने, 'त्यसपछि आन्तरिक उडानतर्फ हामी अझै बलियो हुने छौं।' आगामी जुलाई, सेप्टेम्बर र अक्टोबरमा गरी तीनवटै जहाज सञ्चालनमा आउने उनले जानकारी दिए। आफैंले इन्जिन पूणमर्मत (ओभरहल) गर्न ६ देखि आठ महिना लाग्ने भएका कारण इन्जिन साट्ने योजना ल्याइएको उनले बताए। आफ्ना पुराना इन्जिन दिएर सम्बद्ध कम्पनीले मर्मत गरी तयारी अवस्थामा राखेका इन्जिन लिने गरी टेन्डर मागिएको ठाकुरले जानकारी दिए। निगमले साट्न खोजेका ६ थान इन्जिन चालु हालतमा भने छैनन्। यिनलाई ओभरहल गरे चल्छन्। निगमले भने ट्वीनअटरका इन्जिन एउटालाई ४ हजार घन्टा उडाएपछि ओभरहल गर्दै आएको छ। इन्जिन साट्न इच्छुक इन्जिन मर्मतसम्भार ओभरहल एजेन्सीहरूका लागि टेन्डर आह्वान गरेको हो। 'पिटिए६ए–२७' इन्जिन एउटै दरमा साट्नुपर्ने सर्त निगमको छ। टेन्डर हाल्ने कम्पनीसँग यस्तो इन्जिन मर्मत/ओभरहल गर्ने क्षमता र सुविधा हुनुपर्ने पनि निगमले जनाएको छ। निगमको टेन्डर सूचना अनुसार इच्छुक कम्पनी अमेरिकाको फेडेरल एभिएसन अथोरिटी (एफएए) वा युरोपियन एभिएसन सेफ्टी एजेन्सी (इएएसए) र सम्बद्ध राष्ट्रको नागरिक उड्डयन प्राधिकरणबाट अनुमति प्राप्त हुनुपर्छ। जति परिमाणको वित्तीय प्रस्ताव पेस गर्ने हो, प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकबाट कुल प्रस्तावको शून्य दशमलव १ प्रतिशत ग्यारेन्टी र काउन्टर ग्यारेन्टीवापत नेपाली वाणिज्य बैंकमा धरौटी राख्नुपर्ने छ। ३० पाइलट माग जहाजसँगै पाइलट अभाव झेलिरहेको नेपाल वायुसेवा निगमले एकै पटक ३० पाइलट माग गरेको छ। आन्तरिक उडान गर्न निगमले बुधबार सूचना जारी गरी पाइलट माग गरेको हो। 'आन्तरिक उडानमा पाइलट कम छन्, र तीनवटा जहाज पनि थप्ने तयारी भएकाले पाइलट खोजेका हौं,' निगमका नायब महाप्रबन्धक गणेश ठाकुरले बुधबार नागरिकसँग भने, 'यसपालि भने राम्रैसँग आवेदन पर्ने विश्वास छ।' निगमले २० जना जुनियर क्याप्टेन र १० जना जुनियर को–पाइलट मागेको हो। आगामी ३० दिनसम्म आवेदन बुझाउन पाइने निगमले जनाएको छ। क्याप्टेनले न्यूनतम ५ सय घन्टा कमान्ड गरेर उडान गरेको हुनुपर्ने तथा को–पाइलटले दुर्गम भेगका विमानस्थलमा उडाई नेपाल नागरिक उड्डयन प्राधिकरणबाट प्रमाणित गरेर ल्याउनुपर्ने सर्त राखिएको छ। निगमले पाइलट माग गर्दै सूचना मागेको यो छैटौंपटक हो। यसअघि आर्थिक वर्ष २०६६/६७ मा पाँचपटक यस्तो आवदेन मागेको थियो। त्यसमध्ये एकपल्ट भने एउटा पनि आवेदन परेको थिएन। निगमले जुनियर क्याप्टेनलाई महिनाको १ लाख रुपैयाँभन्दा बढी तलब–भत्ता दिने योजना बनाएको छ। 'नयाँ लिइने पाइलटले सुरुमा ट्वीनअटर उडाए पनि दुई वर्षभित्र अन्तर्राष्ट्रिय उडानतर्फ ठूला जहाज उडाउन पाउँछन्,' ठाकुरले भने, 'निगममा पाइलट आकर्षित गर्ने बलियो पक्ष नै यही हो। आन्तरिक उडानमा छिरेर अन्तर्राष्ट्रिय उडान गर्ने पाइलट हुनु ठूलो अवसर हो।' उनका अनुसार नयाँ पाइलट भर्ना गरेपछि हाल उडाइरहेका पाइलटलाई बोइङ र एयरबसका जहाज उडाउन पठाइने छ। नयाँलाई भने आन्तरिकतर्फ ट्वीनअटर उडान गर्न लगाइने छ। 'एयरबससँग खरिद गर्न लागिएका दुईवटा ए३२०–२०० सिरिजका जहाज आएपछि अहिले भर्ना गरिएका पाइलटलाई त्यतातिर खटाउने योजना छ,' उनले भने, 'त्यसबेला हामीसँग दुइटा बोइङ ७५७ र चारवटा एयरबस ए३२० जहाज हुनेछन्।' निगम र एयरबसबीच दुईवटा ए३२०–२०० जहाज खरिद–बिक्रीका लागि गत चैत २३ गते समझदारीपत्रमा हस्ताक्षर भएको थियो। त्यसपछि वैशाख ९ मा प्रतिबद्धता रकम (बैना) स्वरूप एयरबसलाई ५ लाख अमेरिकी डलर पठाएकेा थियो। द्विपक्षीय समझदारीअनुसार एयरबसले निगमलाई सन् २०१५ फेब्रुअरी (२०७१ फागुन) मा पहिलो जहाज आपूर्ति गर्ने मिति दिएको छ। त्यसको दुई महिनापछि दोस्रो जहाज दिनेछ। त्यसै गरी निगमले दुईवटा जहाज भाडामा लिन पनि वैशाख ३० मा ग्लोबल टेन्डर आह्वान गरेको छ। त्यसअनुसार पाँच वर्षका लागि एयरबस ए३२०–२०० सिरिजका जहाज 'ड्राई लिज' मा लिइने छ।

प्रतिक्रिया

फागुन ८ देखि सडक उत्सव

फागुन ८ देखि सडक उत्सव

धरान–घुम्न जाउ धरान भन्ने नारासहित यही फागुन ८ गतेदेखि १० गतेसम्म १२ औं धरान सडक उत्सव आयोजना हुने भएको छ। होटल एशोसिएशन अफ धरानले आयोजना गर्ने उत्सवको अवसरमा एशोसिएशनमा आवद्ध...

सुन तोलाको ५५ हजार ५ सय पुग्यो

सुन तोलाको ५५ हजार ५ सय पुग्यो

काठमाडौं- केही दिनदेखि बढिरहेको सुनको मूल्यवृद्धि आगामी हप्तासम्म जारी रहे पनि यसले लामो समय निरन्तरता नपाउने नेपाल सुनचाँदी महासंघले जनाएको छ। विश्व बजारमा आकस्मिक रुपमा मूल्य बढ्दा त्यसको असर नेपालमा...

नियमित हुँदापनि इन्धन अभाव कायमै

नियमित हुँदापनि इन्धन अभाव कायमै

धनगढी–सुदुरपश्चिमका लागि नेपाल आयल निगम क्षेत्रीय कर्यालय धनगढीलाई भारत आयल कर्पोरेशनका बनथरा डिपोले डेढ महिनादेखि कोटा अनुसारको तेल नियमित दिइरहेको छ। अघोषित नाकाबन्दी हुनु भन्दा पहिले जस्तै कोटाअनुसार तेल आयात...

अमेरिका त्यागेर गाईपालन

अमेरिका त्यागेर गाईपालन

तिलोत्तमा (भैरहवा)- प्राविमा स्थायी शिक्षक। हातमा अमेरिकाको भिसा। समाजशास्त्रमा स्नातकोत्तर। सुखद भविष्यका थुप्रै अवसर सामुन्ने थिए। तर, उनले ती सबै त्यागिदिए। बसेनन् अमेरिका। बरु स्वदेशमै व्यावसायिक गाईपालन सुरु गरे।

शुक्रबार बाँडिएन पेट्रोल, शनिबार निजी सवारीले पाउने (पम्पको सूची)

शुक्रबार बाँडिएन पेट्रोल, शनिबार निजी सवारीले पाउने (पम्पको सूची)

काठमाडौं– नेपाल आयल निगमले जुनसुकै लटका निजी मोटरसाइकल, स्कुटर र निजी तथा सार्वजनिक चार पाङ्ग्रे सवारी साधनलाई शनिबार पेट्रोल वितरण गर्ने भएको छ।

महिला पछ्याउँदै दलाल

महिला पछ्याउँदै दलाल

काठमाडौं- पतिसँग सम्बन्धविच्छेद गरेपछि सुनसरी, हसुनपुर–४ की मनिषा राईको चाहना वैदेशिक रोजगारीमा जाने थियो। यही चाहना पूरा गर्ने सिलसिलामा उनको थुप्रै मेनपावर र एजेन्टसँग भेट भयो।

पेट्रोलियम पदार्थको हाहाकार  कायमै

पेट्रोलियम पदार्थको हाहाकार कायमै

झापा–भारतीय बजारबाट सहजै इन्धन भित्रिरहे पनि झापामा पेट्रोलियम पदार्थको हाहाकार यथावतै छ। यातायात व्यवसायीले आयल निगम र पेट्रोलियम व्यवसायीले नियतवश कृत्रिम अभाव देखाएर तस्करी धन्दालाई प्रोत्साहित गरेको आरोप लगाएका छन्।

भ्यालेन्टाइन डेमा ठमेल रातभर खोल्ने तयारी

भ्यालेन्टाइन डेमा ठमेल रातभर खोल्ने तयारी

काठमाडौं– प्रत्येक वर्षको फेब्रुअरी १४ तारिकमा विश्वभर मनाउने गरिएको भ्यालेन्टाइन डे(प्रणय दिवस)का दिन यस वर्ष काठमाडौंको मुख्य पर्यटकीय क्षेत्र ठमेल रातभर खोल्ने तयारी भइरहेको छ।