Sunday 24 Magh, 2072 |
Menu

अर्थ

istl

रंगेली घटनाकामृतक परिवारलाई राहत

(0 votes)
रंगेली घटनाकामृतक परिवारलाई राहत
विराटनगर– रंगेली र डायनियामा प्रहरीको गोली लागेर मृत्यु भएका तीन परिवारलाई साई समाज सेवा निधिले आर्थिक सहयोग गरेको छ। सेवाका अध्यक्ष सुन्दरमणि दिक्षितले महादेव ऋषिदेवको परिवारलाई १ लाख ५० हजार र शिवु माझीको परिवारलाई १ लाख रूपैयाँ नगद प्रदान गरेका हुन्।
nepalipatro-nagarik
रंगेलीको काली मन्दिरमा बुधबार आयोजित कार्यक्रममा दिक्षितले मृतक परिवारलाई आर्थिक सहयोग प्रदान गर्दै आन्दोलनमा गोली नचलाउन सरकारसित आग्रह गरे। दिक्षितले उनकी श्रीमतीले दुईवटा ब्यागमा राखिदिएको कपडा र खानेकुरा पनि मृतक परिवारलाई बुझाए। यस्तै, सत्यसाई सेवा संगठनले ऋषिदेवका चारजना छोराछोरीलाई निशुल्क पठाइदिने घोषणा गरे। सविता अग्रवाल मेमोरियल ट्रष्टले मृतक माझीका एक सन्तानलाई १० कक्षासम्म पढ्ने व्यवस्था मिलाइदिने घोषणा गरे ।

नागरिक अगुवा दिक्षितले रंगेली घटनाले आफू दुखित भएको बताउँदै मधेसको भावनासित खेलवाड भइरहेको बताए । 'नेपाली–नेपालीबीच यतिबिध्न तनाव किन?', उनले भने, 'ठूला दलले यो तनाव झन् बढाइरहेका छन्।' उनले वार्ताबाट समस्याको समाधान निस्कने लागेको बेला रंगेलीमा मान्छे मारेर सरकारले आफ्नो आयु टिकाउन खोजेको आरोप लगाए। संघीय समाजवादी फोरमका मोरङ अध्यक्ष राजकुमार यादवले माइकिङ नगरी, लाठीचार्ज पनि नगरी रंगेलीमा प्रहरीले सिधै गोली प्रहार गरेको बताए । उनले रंगेली घटना छानविनका लागि उच्चस्तरीय न्यायिक आयोग बनाउनुपर्ने माग गरे ।

प्रतिक्रिया

२० लाख श्रमिक, सय कर्मचारी

२० लाख श्रमिक, सय कर्मचारी

काठमाडौं— पाँच लाख जनसंख्या रहेको कुनै जिल्लामा सेवा दिन सरकारको कस्तो संयन्त्र क्रियाशील हुन्छ ? सबैलाई थाहा छ– शान्ति सुरक्षा कायम राख्न प्रहरी, सेनादेखि लिएर सयौं कर्मचारी हुन्छन् । एउटै...

काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गः सिन्को नभाँची ३२ करोड झ्वाम

काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गः सिन्को नभाँची ३२ करोड झ्वाम

काठमाडौं— काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्ग निर्माण गर्न संकलित रकममध्येको करिब ९० प्रतिशत रकम खर्च भइसकेको छ । आयोजना बनाउने जिम्मा पाएको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड (एनपिबिसिएल) को तीन वर्षको खर्च...

केरा सुकेपछि किसान चिन्तित

केरा सुकेपछि किसान चिन्तित

चौमाला (कैलाली)- चौमाला–१ का किसान मीनबहादुर बमले राम्रो आम्दानी हुने जानकारीपछि १८ कट्ठा जमिनमा केराखेती सुरु गरे। २ लाख लगानी गरेर लगाएको पूरै केराको गुभो कुहिएर सुकेपछि उनको यति बेला...

लुनकरण दास चौधरी रहेनन्

लुनकरण दास चौधरी रहेनन्

काठमाडौं- उद्योगपति लुनकरण दास चौधरीको बिहीबार ९३ वर्षको उमेरमा राजधानीमा निधन भएको छ। लामो सयमदेखि मुटु र सुगर रोगका बिरामी चौधरी विश्वका अर्बपतिको समूहमा पर्न सफल चौधरी समूहका संस्थापक हुन्।

मलेसियाको विकल्प के?

मलेसियाको विकल्प के?

काठमाडौं- नेपाली कामदारको अवस्था बुझ्न गएको टोलीले मलेसियाको रोजगारीमा सोच्नुपर्ने बेला आएको जनाएपछि प्रश्न उठेको छ– सर्वाधिक नेपाली श्रमिक जाने गरेको मलेसियाको विकल्प के? मलेसियामा कामदार पठाउन छोड्ने हो भने...

दैनिक दुई अर्ब रेमिटेन्स

दैनिक दुई अर्ब रेमिटेन्स

काठमाडौं-विदेशमा बसेर आर्जन गर्ने नेपालीले औपचारिक माध्यमबाट दैनिक १ अर्ब ८० करोड रुपैयाँ स्वदेश पठाउने गरेको पछिल्लो तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्ममा...

पूर्वाधार कम्पनीबाट जोशीको राजीनामा

पूर्वाधार कम्पनीबाट जोशीको राजीनामा

काठमाडौं- काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गका लागि लगानी जुटाउन नसक्दा व्यवसायी कुशकुमार जोशीले नेपाल पूर्वाधार विकास कम्पनीको अध्यक्ष पदबाट राजीनामा दिएका छन्। चार वर्षभित्र निर्माण सक्ने गरी करिब तीन वर्षपहिले सरकारसँग सम्झौता...

ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण अवधि बढ्यो

ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण अवधि बढ्यो

काठमाडौँ-तराई मधेसको शीतलहर, अत्यधिक चिसो तथा विगत केही दिन पहिलेको रङ्गेली घटनाका कारण ढल्केबर– मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण सम्पन्न हुने समय एकाध दिन पर धकेलिएको छ।