Sunday 24 Magh, 2072 |
Menu

अर्थ

istl

म्यानचेस्टरले कठिन चुनौती सामना गर्नुपर्ने

(0 votes)
लन्डन– एफए कप फुटबलको सोमबार निकालिएको 'ड्र' अनुसार म्यानचेस्टर युनाइटेडले चौथो चरणमा डर्बी सिटीविरुद्ध खेल्दा प्रशिक्षक लुइस भान हालले अर्को एक कठिन चुनौती पार गर्नुपर्ने भएकोछ ।


nepalipatro-nagarik
तेस्रो चरणमा शनिबार ओल्ड ट्राफोर्डमा तेस्रो श्रेणीको क्लब सेफिल्ड युनाइटेडविरुद्ध १–० को संघर्षपूर्ण जित पाएपछि युनाइटेड समर्थकबाट भान हालको चर्को आलोचना सुरु भएको छ ।

इन्जुरीसमयमा प्राप्त पेनाल्टीमा वाइन रुनीको गोलमा युनाइटेड चौथो चरण पुग्न सफल भएको हो । तर, चौथो चरणमा पनि डर्बी सिटीले भान हालको टोलीलाई कडा चुनौती दिने पक्का छ ।

चेल्सीका पूर्वका प्रशिक्षक तथा रियाल सहायक प्रशिक्षक पाउल क्लेमेन्टको प्रशिक्षणमा रहेको डर्बी च्याम्पियनसिपमा दोस्रो स्थानमा रहेर बढुवा हुने अभियानमा छ ।

तेस्रो चरणमा सन्डरल्यान्डलाई ३–१ ले पराजित गरेर लगातार तेस्रो उपाधि उचाल्ने लक्ष्यमा रहेको साबिक विजेता आर्सनलले घरेलु मैदानमा बर्नलीको सामना गर्नेछ ।

म्यानचेस्टर सिटीले वाइकम्वे वा एस्टन भिल्लामध्ये एकको भ्रमण गर्नेछ । यी दुई टोलीले आइतबार १–१ को नतिजा निकालेका थिए भने चौथो श्रेणीको एक्सटर सिटीसँग २–२ को बराबरीमा रोकिएको लिभरपुलमध्ये दोस्रो लेगको विजेताले वेस्टह्यामविरुद्ध खेल्नेछ ।

प्रतियोगितामा सबैभन्दा तल्लो श्रेणीको क्लब नेसनल लिग टोली इस्टलेघले च्याम्पियनसिप टोली लिड्स र बोल्टनमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ ।

लिचेस्टर सिटी र टोटेनह्याममध्ये एकले तेस्रो श्रेणीको क्लब कोल्चेस्टरसँग खेल्नेछ । ह्यारी केनले अन्तिममा गरेको पेनाल्टी गोलमा मद्धतमा टोटेनह्यामले लिचेस्टरसँग २–२ को नतिजा निकाल्न सकेको थियो ।

क्रिस्टल प्यालेसले स्टोक सिटीको सामना गर्दा चौथो श्रेणीको क्लब अक्सफोर्डले न्युपोर्ट वा ब्ल्याकबर्नमध्ये एकको सामना गर्नेछ । त्यस्तै वेस्ट ब्रोमले ब्रिस्टल सिटी वा पिटरबोर्गबीचको विजेता टोलीसँग खेल्नेछ । एभर्टनले चार्लिस्ले वा एभिलमध्ये एकसँग खेल्नेछ । प्रिमियर लिग टोली वाट्फोर्डले नोटिङ्घम फरेस्टको भ्रमण गर्नेछ भने बर्नमाउथले इप्सविच वा पोस्र्टसमाउथसँग खेल्नेछ ।

प्रतिक्रिया

२० लाख श्रमिक, सय कर्मचारी

२० लाख श्रमिक, सय कर्मचारी

काठमाडौं— पाँच लाख जनसंख्या रहेको कुनै जिल्लामा सेवा दिन सरकारको कस्तो संयन्त्र क्रियाशील हुन्छ ? सबैलाई थाहा छ– शान्ति सुरक्षा कायम राख्न प्रहरी, सेनादेखि लिएर सयौं कर्मचारी हुन्छन् । एउटै...

काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गः सिन्को नभाँची ३२ करोड झ्वाम

काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गः सिन्को नभाँची ३२ करोड झ्वाम

काठमाडौं— काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्ग निर्माण गर्न संकलित रकममध्येको करिब ९० प्रतिशत रकम खर्च भइसकेको छ । आयोजना बनाउने जिम्मा पाएको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड (एनपिबिसिएल) को तीन वर्षको खर्च...

केरा सुकेपछि किसान चिन्तित

केरा सुकेपछि किसान चिन्तित

चौमाला (कैलाली)- चौमाला–१ का किसान मीनबहादुर बमले राम्रो आम्दानी हुने जानकारीपछि १८ कट्ठा जमिनमा केराखेती सुरु गरे। २ लाख लगानी गरेर लगाएको पूरै केराको गुभो कुहिएर सुकेपछि उनको यति बेला...

लुनकरण दास चौधरी रहेनन्

लुनकरण दास चौधरी रहेनन्

काठमाडौं- उद्योगपति लुनकरण दास चौधरीको बिहीबार ९३ वर्षको उमेरमा राजधानीमा निधन भएको छ। लामो सयमदेखि मुटु र सुगर रोगका बिरामी चौधरी विश्वका अर्बपतिको समूहमा पर्न सफल चौधरी समूहका संस्थापक हुन्।

मलेसियाको विकल्प के?

मलेसियाको विकल्प के?

काठमाडौं- नेपाली कामदारको अवस्था बुझ्न गएको टोलीले मलेसियाको रोजगारीमा सोच्नुपर्ने बेला आएको जनाएपछि प्रश्न उठेको छ– सर्वाधिक नेपाली श्रमिक जाने गरेको मलेसियाको विकल्प के? मलेसियामा कामदार पठाउन छोड्ने हो भने...

दैनिक दुई अर्ब रेमिटेन्स

दैनिक दुई अर्ब रेमिटेन्स

काठमाडौं-विदेशमा बसेर आर्जन गर्ने नेपालीले औपचारिक माध्यमबाट दैनिक १ अर्ब ८० करोड रुपैयाँ स्वदेश पठाउने गरेको पछिल्लो तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्ममा...

पूर्वाधार कम्पनीबाट जोशीको राजीनामा

पूर्वाधार कम्पनीबाट जोशीको राजीनामा

काठमाडौं- काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गका लागि लगानी जुटाउन नसक्दा व्यवसायी कुशकुमार जोशीले नेपाल पूर्वाधार विकास कम्पनीको अध्यक्ष पदबाट राजीनामा दिएका छन्। चार वर्षभित्र निर्माण सक्ने गरी करिब तीन वर्षपहिले सरकारसँग सम्झौता...

ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण अवधि बढ्यो

ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण अवधि बढ्यो

काठमाडौँ-तराई मधेसको शीतलहर, अत्यधिक चिसो तथा विगत केही दिन पहिलेको रङ्गेली घटनाका कारण ढल्केबर– मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण सम्पन्न हुने समय एकाध दिन पर धकेलिएको छ।