Wednesday 22 Baishak, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

उद्‍घाटन खेलमा हिमालयन एकेडेमीलाई सफलता

(0 votes)
काठमाडौं– ग्रेट हिमालयन क्रिकेट एकेडेमीले पहिलो राष्ट्रिय अन्तरक्लब युवा क्रिकेट च्याम्पियनसिपमा मंगलबार न्यु भिजन क्लबलाई ५ विकेटले पराजित गरेको छ ।


nepalipatr-april
कीर्तिपुरस्थित त्रिवि मैदानमाको उद्घाटन खेलमा टस जितेको न्यु भिजनले २० ओभरमा ९ विकेट गुमाई १ सय १८ रन बनायो ।जवाफमा हिमालयनले १६.१ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।

१६ टोली सहभागितामा ८ दिन चल्ने प्रतियोगिताको उद्घाटन सञ्चारमन्त्री शेरधन राईले गरेका थिए ।

हिमालयनको जितमा कप्तान रुपेश श्रीवास्तवले अविजित २६ रन जोडे भने१ विकेट पनि लिए । आक्रामक सुरुआत दिँदा ओपनर प्रकाश विष्टले ३२ रन जोडे । २४ बल खेलेका उनले ७ चौका हाने। उनी शाह आलमको बलमा आउट भए । शुभम अग्रवाल ८ रनमा आउट हुँदा तेस्रो नम्बरमा ब्याटिङ आएका दिपेन रायमाझी शून्यमै पवेलियन फर्किए । दुबैलाई वसन्त खत्रीले सविन शाक्यको हातबाट क्याचआउट गराए। राकेश कर्ण २ रनमा आउटमा हुँदा धर्मराएको हिमालयनको इनिङकप्तान रुपेशले सम्हाले । विशालअधिकारी ९ रनमा अविजित रहँदा प्रदीप टन्डन ८ रनमा आउट भए ।

त्यसअघि न्युभिजनलाई मध्यम स्कोरमा समेट्ने क्रममा हिमालयनका विशालबब अधिकारीले ३ विकेट लिए भने आशिष पोखरेलले २ विकेट लिए । रुपेश, प्रकाश र अर्पण कुँवरको नाममा १–१ विकेट रह्यो ।

न्यु भिजनका ओपनर धनबहादुर कार्की (१८)अर्पणको बलमा केशव अधिकारीबाट समातिए । २१ बल खेलेका उनले ४ चौका हाने । ५ रन अर्का ओपनर गगन पाठकले विशालबबको बलमा केशवलाई क्याच थमाए । १३ रन जोडेका सविन शाक्य आशिषको बलमा बोल्डभए । सुमितध्वज चन्द २ रनमा पवेलियन फर्किए ।

इनिङका दुई छक्कामध्ये १ छक्का प्रहार गर्ने प्रशान्त विष्ट (११) प्रकाशको बलमा बोल्ड भए । प्रकाश ठकुरी शून्यमा आउट हुँदा लोकेश रेग्मीले २२ रन जोडे । १९ बल खेलेका लोकेशले १ चौका र १ छक्का प्रहार गरे ।वसन्त खत्री (२) रुपेश श्रीवास्तवको बलमा आउट भए ।

न्युभिजनबाट का लागि दोस्रो ठूलो स्कोर बनाएका मानबहादुर थापाले १९ बलमा २१ रन जोडे । उनले ४ चौकाहाने । राम चौधरी ९ रनमा अविजित रहे ।

बुधबार काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरले पेन्टागन कलेज तथा पुल्चोक क्याम्पसले त्रिभुवन विश्वविद्यालयसँग प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिक्रिया

आर्थिक वृद्धि ऋणात्मक

आर्थिक वृद्धि ऋणात्मक

काठमाडौं— चालू आर्थिक वर्षमा अर्थतन्त्र खुम्चिएर झन्डै नकारात्मक हुने अनुमान गरिएको छ। केन्द्रीय तथ्यांक विभागले मंगलबार सार्वजनिक गरेको अर्थतन्त्र अनुमानअनुसार चालु आर्थिक वर्षमा ०.७७ प्रतिशतले मात्र आर्थिक वृद्धि हुन्छ ।...

सत्ता फेरिने 'हल्ला'ले कर्मचारी तनावमा

सत्ता फेरिने 'हल्ला'ले कर्मचारी तनावमा

काठमाडौं- नयाँ संविधानको उत्साहमा सरकार यस वर्ष साबिकभन्दा छिटो वार्षिक बजेट ल्याउने तयारीमा छ। बजेट बनाउन व्यस्त अधिकारी भने दिनहुँ सरकार परिवर्तनको 'हल्ला'ले तर्सन्छन्। किनकि, छिट्टै सरकार फेरिए उनीहरूलाई कम्तीमा...

लामो खडेरीले किसानलाई सकस

लामो खडेरीले किसानलाई सकस

काठमाडौं- लामो खडेरीले खाद्यान्न, तरकारी, फलफूल र नगदे बालीमा क्षति पुग्दा किसानलाई करिब ११ अर्ब रुपैयाँ क्षति पुगेको छ। हजारौं हेक्टर क्षेत्रफलमा लगाएको बालीनाली नष्ट भएको छ भने उत्पादनमा भारी...

६० हजार युवायुवतीको कोरिया सपना

६० हजार युवायुवतीको कोरिया सपना

काठमाडौं- बिबिएसमा ५७ प्रतिशत अंक ल्याएपछि काभ्रेकी प्रमिला लामाले जिन्दगीमा ठूलो उपलब्धि हासिल गरेको ठानिन्। अधिकांश साथी–भाइ, आफन्तले स्नातक तहमा राम्रै अंक ल्याएकाले जागिर पाउन कुनै अप्ठेरो नहुने भन्दै लामालाई फुरुंग...

खडेरीले खेतबारी खङ्ग्रङ्ग

खडेरीले खेतबारी खङ्ग्रङ्ग

झापा–बोटले थामिनसक्नु गरी लागेका आँपका चिचिला धमाधम झर्न थालेका छन् । लिचीको हालत पनि उस्तै छ । सधैँ यतिबेला खेतबारीमा हरियै भएर मौलाउने मकैका बोट ओइलाउँदैछन् । चिया बगानमा अरुबेला...

'नेपालको पर्यटन अकासिँदै छ'

'नेपालको पर्यटन अकासिँदै छ'

उपल मजुमदार मुलुकको सबैभन्दा जेठो र पहिलो डिलक्स पाँचतारे होटल सोल्टी क्राउन प्लाजाका महाप्रबन्धक हुन्। उनी दुई दशकदेखि पर्यटन उद्योगमा छन्। विनाशकारी भूकम्प र नाकाबन्दीमा पनि सोल्टीको व्यापारलाई थामेका उनी...

ग्यास उत्खनन्ः पूरा भएन मन्त्रीको प्रतिबद्धता

ग्यास उत्खनन्ः पूरा भएन मन्त्रीको प्रतिबद्धता

दैलेख-एक महिनाभित्र यहाँ रहेको ग्यास र पेट्रोलियम पदार्थ उत्खनन प्रक्रिया थाल्ने मन्त्रीको प्रतिबद्धता पाँच महिना पुग्दा नपुग्दै सेलाएको छ । खनिज भएकै स्थानमा गएर अवलोकन गरेका उद्योगमन्त्री सोमप्रसाद पाण्डेले पत्रकार...

पूर्वाधार बैंक खोल्ने तयारी

पूर्वाधार बैंक खोल्ने तयारी

काठमाडौं–नेपाल राष्ट्र बैंकले 'राष्ट्रिय पूर्वाधार बैंक'लाई अनुमति दिन आवश्यक नीति बनाउन कार्यदल गठन गरेको छ । जलविद्युत, सडक तथा अन्य ठूला पूर्वाधार आयोजनामा लगानी गर्ने उद्देश्यले बैंक गठनको तयारी भइरहेको...