Friday 24 Baishak, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

निर्वाचन कार्यविधि बनाउन केन्द्रीय समिति बैठक

(0 votes)
काठमाडौं- नेपाली कांग्रेसले निर्वाचन कार्यविधि बनाउन केन्द्रीय समिति बैठक बोलाएको छ। १३औं महाधिवेशन सुरु हुन दुई महिनाभन्दा कम समय बाँकी रहँदा पार्टी निर्वाचन समितिको कार्यविधि बनाउन शुक्रबार १ बजे बैठक बोलाएको हो।
nepalipatr-april
पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले कार्यविधि तय गरेसँगै राधेश्याम अधिकारी नेतृत्वको निर्वाचन समितिले काम थाल्नेछ। गाउँदेखि केन्द्रसम्म पार्टीको निर्वाचन प्रक्रिया अघि बढाउन समितिले जिल्ला र क्षेत्रको नेतृत्व चयनका लागि पार्टीनिकट कानुन व्यवसायीलाई निर्वाचन अधिकृत तोक्ने तयारी छ।

१३औं महाधिवेशन अन्तर्गत कांग्रेसले माघ १५ गते गाउँ–नगर, २२ गते क्षेत्रीय अधिवेशन र माघ २५ गते जिल्ला अधिवेशनको तालिका छ भने २० देखि २३ फागुनसम्म काठमाडौंमा हुँदैछ।

अधिवेशनअघि नै निर्वाचन समितिले मतदाता नामावली सार्वजनिक गरिसक्नुपर्ने भए पनि गाउँ अधिवेशन सुरु हुन तीन साता मात्र बाँकी रहँदा क्रियाशील सदस्यता विवाद टुंगो लाग्न सकेको छैन। केन्द्रीय सदस्य नरहरि आचार्य समितिले पुस १३ गते सभापति सुशील कोइरालालाई अन्तिम प्रतिवेदन बुझाएको छ।

छानबिन समिति सदस्य रामकृष्ण यादवको फरक मतसहितको प्रतिवेदन सभापति कोइरालाले बुझेका छन्। यादवले सोलुखुम्बु, रौतहट–४ र कैलालीमा प्रक्रिया नपुर्यालई सदस्यता आएकाले नयाँ सबै सदस्यता स्थगन गर्नुपर्ने फरक मत राखेका छन्। पार्टीभित्र राजनीतिक सहमति जुटाउन भन्दै कोइराला अहिलेसम्म प्रतिवेदन निर्वाचन समितिलाई पठाएका छैनन्।

पुस ५ गते सम्पन्न केन्द्रीय समितिले सदस्यता छानबिन समितिको प्रतिवेदनबारे केन्द्रीय समितिमा उठेका विचार र सुझावलाई समेत दृष्टिगत गरी केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले नै तीन दिनभित्र अन्तिम निर्णय गरी सभापतिलाई बुझाउने र सोहीअनुसार सभापतिले निर्वाचन समितिलाई पठाउने निर्णय गरेको थियो।

छानबिन समितिले सोलुखुम्बु जिल्लाको २४ गाविसका नयाँ क्रियाशील सदस्यता स्थगित गरिएको थियो। यसअघि समितिले १६ गाविसको मात्रै स्थगित गर्ने निर्णय लिएको थियो। कपिलवस्तु ४ नम्बर क्षेत्रका छ गाविसका नयाँ क्रियाशील सदस्यता फुकुवा गरिएको छ।

त्यस्तै, झापा–६ नम्बर क्षेत्रका अन्तर्गत गौरादह गाविसमा नयाँ सिफारिस गरिएका १७८ मध्ये जिल्ला कार्यसमितिबाट अनुमोदन भएका १३९ लाई मात्र मान्यता दिने निर्णय समितिले लिएको छ। स्वीकृत नभएका ३९ को नयाँ क्रियाशील सदस्यतालाई १३ औं महाधिवेशनपछि लागु हुने गरी कायम गरिएको प्रतिवेदनमा उल्लेख छ। जनसम्पर्क समिति अस्ट्रेलियाले क्रियाशील सदस्यता शुल्क बुझाएपछि सूचीलाई मान्यता दिइएको छ।

यसैबीच, क्रियाशील सदस्यता छानबिन र वितरणप्रति असन्तुष्टि जनाउँदै डोल्पा, सोलुखुम्बु, रौतहट जिल्लाका नेताहरु पार्टी केन्द्रीय कार्यालयमा केही दिनदेखि अनशनरत छन्।

प्रतिक्रिया

खाडीको घरेलु काममा महिला जान पाउने

खाडीको घरेलु काममा महिला जान पाउने

काठमाडौं- खाडी मुलुकमा घरेलु काममा महिला पठाउन लगाइएको प्रतिबन्ध अढाइ वर्षपछि फुकुवा भएको भएको छ। महिलालाई घरेलु काममा खाडी पठाउन हुन्छ र हुँदैन भन्ने विवादबीच बिहीबार श्रम तथा रोजगार मन्त्रालयले...

६ महिना थन्किएको चिनियाँ जहाज बन्यो

६ महिना थन्किएको चिनियाँ जहाज बन्यो

काठमाडौं- गएको ६ महिनादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको एउटा चिनियाँ जहाजले बल्ल उडान गर्ने भएको छ। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चीनमा निर्मित १८ सिट क्षमतायुक्त 'वाई१२–ई' सिरिजको जहाजलाई आगामी...

आर्थिक वृद्धि ऋणात्मक

आर्थिक वृद्धि ऋणात्मक

काठमाडौं— चालू आर्थिक वर्षमा अर्थतन्त्र खुम्चिएर झन्डै नकारात्मक हुने अनुमान गरिएको छ। केन्द्रीय तथ्यांक विभागले मंगलबार सार्वजनिक गरेको अर्थतन्त्र अनुमानअनुसार चालु आर्थिक वर्षमा ०.७७ प्रतिशतले मात्र आर्थिक वृद्धि हुन्छ ।...

सत्ता फेरिने 'हल्ला'ले कर्मचारी तनावमा

सत्ता फेरिने 'हल्ला'ले कर्मचारी तनावमा

काठमाडौं- नयाँ संविधानको उत्साहमा सरकार यस वर्ष साबिकभन्दा छिटो वार्षिक बजेट ल्याउने तयारीमा छ। बजेट बनाउन व्यस्त अधिकारी भने दिनहुँ सरकार परिवर्तनको 'हल्ला'ले तर्सन्छन्। किनकि, छिट्टै सरकार फेरिए उनीहरूलाई कम्तीमा...

लामो खडेरीले किसानलाई सकस

लामो खडेरीले किसानलाई सकस

काठमाडौं- लामो खडेरीले खाद्यान्न, तरकारी, फलफूल र नगदे बालीमा क्षति पुग्दा किसानलाई करिब ११ अर्ब रुपैयाँ क्षति पुगेको छ। हजारौं हेक्टर क्षेत्रफलमा लगाएको बालीनाली नष्ट भएको छ भने उत्पादनमा भारी...

६० हजार युवायुवतीको कोरिया सपना

६० हजार युवायुवतीको कोरिया सपना

काठमाडौं- बिबिएसमा ५७ प्रतिशत अंक ल्याएपछि काभ्रेकी प्रमिला लामाले जिन्दगीमा ठूलो उपलब्धि हासिल गरेको ठानिन्। अधिकांश साथी–भाइ, आफन्तले स्नातक तहमा राम्रै अंक ल्याएकाले जागिर पाउन कुनै अप्ठेरो नहुने भन्दै लामालाई फुरुंग...

खडेरीले खेतबारी खङ्ग्रङ्ग

खडेरीले खेतबारी खङ्ग्रङ्ग

झापा–बोटले थामिनसक्नु गरी लागेका आँपका चिचिला धमाधम झर्न थालेका छन् । लिचीको हालत पनि उस्तै छ । सधैँ यतिबेला खेतबारीमा हरियै भएर मौलाउने मकैका बोट ओइलाउँदैछन् । चिया बगानमा अरुबेला...

'नेपालको पर्यटन अकासिँदै छ'

'नेपालको पर्यटन अकासिँदै छ'

उपल मजुमदार मुलुकको सबैभन्दा जेठो र पहिलो डिलक्स पाँचतारे होटल सोल्टी क्राउन प्लाजाका महाप्रबन्धक हुन्। उनी दुई दशकदेखि पर्यटन उद्योगमा छन्। विनाशकारी भूकम्प र नाकाबन्दीमा पनि सोल्टीको व्यापारलाई थामेका उनी...