Tuesday 11 Jestha, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

औद्योगिक करिडोर अध्ययन समिति गठन मात्रै

(0 votes)
काडमाडौं-सरकारले देशका विभिन्न ठाउँमा रहेका औद्योगिक करिडोरहरु अध्ययन गर्न बनेको समितिले एक वर्ष हँुदा पनि काम सुरु गर्न सकेको छैन । देशका विभिन्न ठाउँमा सञ्चालन भएका औद्योगिक करिडोरमा रहेका समस्या पहिल्याई त्यसको समाधान गर्ने उद्देश्यले समिति गठन भएको थियो ।


nepali-patro-may
उद्योग मन्त्रालयले गत आर्थिक वर्षमा औद्योगिक करिडोरको विशेष अध्ययन गर्न बनेको समितिले काम सुरु गर्न नसकेको मन्त्रालयलले जनाएको छ । 'करिडोरको अध्ययन गर्न समिति बनेको थियो तर काम भने सुरु हुन सकेन,' मन्त्रालयकी प्रवक्ता यामकुमारी खतिवडाले भनिन्, 'आवश्यक बजेटको अभावले समितिले काम सुरु गर्न सकेको छैन ।'

मन्त्रालयले सुनसरी–मोरङ, वीरगन्ज–सिमरा, भैरहवा–बुटवल र नेपालगन्ज–कोहलपुर क्षेत्रमा रहेका उद्योगको अवस्था र समस्याबारे अध्ययन गर्न समिति गठन गरेको थियो । मन्त्रीस्तरीय निर्णयबाट उक्त क्षेत्रमा रहेका उद्योगबारे अध्ययन गर्न समिति गठन गरेपछि आवश्यक रकम निकासा गर्न अर्थ मन्त्रालयलाई आग्रह गरेको थियो । अर्थबाट आवश्यक बजेट नआएपछि काम सुरु हुन नसकेको खतिवडाले बताइन् ।

उक्त अनुगमन समितिको संयोजकमा मन्त्रालयका सह–सचिव ऋषिराज कोइरालासहित मन्त्रालयका प्राविधिक निर्देशक, उद्योग विभाग, उद्योग वाणिज्य महासंघ र उद्योग परिसंघका प्रतिनिधि थिए ।

धेरै पहिलेदेखि उक्त क्षेत्रमा स्थापना भएका उद्योगहरू राम्रोसँग सञ्चालन हुन नसकेको गुनासो छ । विद्युत, आवश्यक सुविधा, स्थानीयसँगको समन्वय, पुँजी, रोजगारीलगायत विभिन्न समस्या आइरहेका छन् । कतिपय उद्योग बन्द हुने र चलेका पनि राम्रोसँग सञ्चालन हुन नसकेको अवस्था छ । उक्त क्षेत्रबाट विभिन्न खालका समस्या आइरहेकाले सो करिडोर क्षेत्रका उद्योगको अवस्था अवलोकन गर्न समिति बनेको हो ।

समितिले सो क्षेत्रमा रहेका उद्योगको अनुगमन प्रतिवेदन तयार गर्न दुई महिना पाएको थियो । समितिले स्थलगत भ्रमण गरेर, स्थानीय र उद्योगी, व्यवसायीसँग छलफल गरेर प्रतिवेदन तयार गर्ने योजना बनाएको थियो । करिडोरमा रहेका उद्योगमा के के समस्या छन्, कति उद्योग छन्, कसरी सञ्चालन भइरहेका छन्, विद्युतको अवस्था कस्तो छ, स्थानीयको समस्या के के हुन, वातावरणीय अवस्था कस्तो छ ? लगायत विषयमा समितिले अध्ययन गर्ने तयारी गरेको थियो ।

वैशाख १२ को भूकम्प र त्यसपछिको भारतीय नाकाबन्दीले तराई क्षेत्रको उद्योगलाई नराम्री असर गरेकाले तिनको अध्ययन गर्न आवश्यक रहेको व्यवसायीको भनाइ छ । जति पनि औद्योगिक करिडोरमा उद्योग छन् ती उद्योगबाट क्षमता अनुसारको प्रतिफल आउन सकेको छैन ।

औद्योगिक करिडोरमा रहेका उद्योगबारे औद्योगिक व्यवसाय ऐनले पनि विभिन्न प्रावधान समेटेको छ । उक्त ऐनमा औद्योगिक ग्राम, क्लस्टर जस्ता शब्द प्रयोग गरिएको छ । विभिन्न सुविधा पाउने सो कोरिडोरका उद्योगबारे विस्तृत प्रतिवेदन तयार गर्न सरकारले अध्ययन गर्न समिति गठन गरेको थियो । औद्योगिक करिडोर स्थापना र यसको विकासको लागि औद्योगिक व्यवसाय ऐन महत्वपूर्ण भएको मन्त्रालयले जनाएको छ ।

देशको अर्थतन्त्रको समुचित विकासका लागि औद्योगिक लगानीको वातावरण बनाउने, उत्पादन र रोजगारीको अवसर बढाउने, उपलब्ध स्रोत अधिकतम उपयोग गरी आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन गर्न औद्योगिक करिडोर स्थापना महत्वपूर्ण भएकोे मन्त्रालयको भनाइ छ ।

प्रतिक्रिया

गिरान्चौर बस्तीलाई अमेरिकाबाट नुवाकोटे दिण्डुको ६ लाख

गिरान्चौर बस्तीलाई अमेरिकाबाट नुवाकोटे दिण्डुको ६ लाख

काठमाडौं– गिरान्चौर एकीकृत बस्ती निर्माणका लागि दिण्डु लामा ह्योल्मोले ६ लाख ६ हजार ६ सय ६ रुपैयाँ सहयोग गरेका छन्।  

हिमालय एयरलाइन्सले जेठ १८ देखि दोहाको सिधा उडान गर्ने (भिडियो)

हिमालय एयरलाइन्सले जेठ १८ देखि दोहाको सिधा उडान गर्ने (भिडियो)

काठमाडौं— नेपाल चीन संयुक्त लगानीको हिमालय एयरलाइन्सले १८ जेठ (३१ मे) देखि काठमाडौं—दोहा रुटमा दैनिक सिधा उडान गर्ने भएको छ। हिमालयको एयरबस ३२०—२१४ जहाज काठमाडौंबाट राति ११ बजे उड्नेछ भने...

अवरोध पश्चात बैंकहरुको कर्जामा वृद्धि

अवरोध पश्चात बैंकहरुको कर्जामा वृद्धि

२९ वटै वाणिज्य बैंकहरुले चालु आवको तेस्रो त्रैमास (चैत मसान्तसम्म)को वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। एक दुई अपावादलाई छाड्ने हो भने सबै वाणिज्य बैंकले विनाशकारी भूकम्पलगत्तै लामो तराई–मधेस आन्दोलन र...

विदेशी कब्जामा बिजुली-नदी

काठमाडौं- अधिंकाश ठूला जलविद्युत आयोजना निर्माण जिम्मा लिएका विदेशी कम्पनीले दशकौंदेखि नदी तथा खोला कब्जामा राखेका छन्। बिजुली उत्पादन नहुँदा नेपाली भने दैनिक १५ घन्टासम्म लोडसेडिङ झेल्दै अँध्यारोमा बाँच्न बाध्य...

पर्यटन प्रवर्द्धन गर्न 'मिसन कोरला–२०१६'

पर्यटन प्रवर्द्धन गर्न 'मिसन कोरला–२०१६'

पोखरा– नेपाल पर्यटन बोर्डको सहयोग एवम् पोखरा पर्यटन परिषद्को संयोजनमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ पोखरादेखि नेपाल चीनबीचको नाका कोरलासम्मको ५ दिवशीय अवलोकन भ्रमण गरिने भएको छ।  

प्राथमिकता निर्धारण गरी कार्यक्रम ल्याऊ : निजी क्षेत्र

प्राथमिकता निर्धारण गरी कार्यक्रम ल्याऊ : निजी क्षेत्र

वीरगन्ज- पछिल्लो पटक ६ महिने मधेस आन्दोलन र साढे चार महिना चलेको सिमानाका बन्दको प्रत्यक्ष मार खपेको मुलुककै प्रमुख औद्योगिक तथा व्यापारिक नगर वीरगन्जका निजी क्षेत्रका अगुवासँग नेपाल रिपब्लिक मिडियाले...

आज पनि ४० आरोही सगरमाथा शिखरमा

आज पनि ४० आरोही सगरमाथा शिखरमा

काठमाडौं– शुक्रबार पनि ४० जनाभन्दा बढी आरोहीले सगरमाथा शिखर चुम्न सफल भएका छन्। महिना दिनदेखि उपयुक्त मौसम कुरेर सगरमाथा आधार शिविरमा बसिरहेका २ सय ८८ विदेशी र १ नेपाली आरोही...

एकैदिन २०२ ले चुमे शिखर

एकैदिन २०२ ले चुमे शिखर

काठमाडौं- सर्वोच्च शिखर सगरमाथा आरोहणक्रममा बिहीबार एकैदिन २ सयभन्दा बढी आरोहीले चुचुरोमा विजयी झन्डा फहराएका छन्। बुधबार रातिदेखि उकालो लागेका दर्जनौंमध्ये स्वदेशी तथा विदेशी २ सय २ जना आरोही बिहीबार...