1 Falgun, 2072 |
Menu

अर्थ

istl

चुरोटसँगै झोसियो परिवारको खुशी

  • मङ्गलबार १४ पुष, २०७२
  • गिरिराज बाँस्कोटा
  • DISQUS_COMMENTS
(1 Vote)
दुर्घटनामा एकै परिवारको तीन जनाको मृत्यु भएपछि दाहसस्कारका लागि शवयात्रा गरिदैँ दुर्घटनामा एकै परिवारको तीन जनाको मृत्यु भएपछि दाहसस्कारका लागि शवयात्रा गरिदैँ
पाँचथर–चुरोट खानु हुन्छ ? सबैलाई थाहा छ चुरोटले स्वास्थ्यलाई हानी गर्छ । तर यतिमात्र नहुँदो रहेछ। घटनाको सुरुवात सानैबाट हुन्छ। तर घटना ठूलो भएर बाहिर आउँछ। यहाँ यस्तै भयो।
nepalipatro-nagarik

सोमबार इलामको गोधकमा भएको एम्बुलेनस दुर्घटनामा परी एकै परिवारका तीन जनाको ज्यान गयो। दुई जना घाइतेको अस्पतालमा उपचार भइरहेको छ। यो घटनाको सुरुवाती कारण भने चुरोट भएको छ। ५६ वर्षीय मेदनी अधिकारी सामाजिक, राजनीतिक अगुवा हुन्। यतिबेला उनी परिवारका तीन सदस्य गुमाएर पीडामा छन्। आमा, बहिनी र छोरी एकै पल्ट गुमाएका उनीमाथि सिकिस्त घाइते भएर उपचार भइरहेका दाईको पीडामा एकैसाथ सामेल छन्।

उच्च रक्त चापका रोगी उनीमाथि वियोगको बज्रपात परेको छ। फिदिम बजारमा शोकाकुल बनाउने घटनाको यतिवेला सामाजिक सञ्जालभरि दुखः व्यक्त गर्ने असंख्यक छन्। धेरैका गह आशुले झिजेको छ । शवयात्रामा सयौँ मलामी सहभागि थिए भने धेरैले यस्तो दुख अरु कसैलाई नपरोस भन्ने कामना गरे। परिवार माथि त ब्रजपातनै छ, आफन्त, शुभचिन्तकलाई पनि मर्माहत बनाएको छ। तर यसको सुरुवाती कारण चुरोट बनेको छ ।

८६ वर्षीय रेणुका अधिकारी अघिल्लो मंगलवार आगोमा जलिन्। अधिकारी चुरोटकी अम्मली रहिछन् तर लुकेर खाने। अरुले नदेखि लुकेर खाने बानी रहेको छ उनको। उमेर पाको भएकी उनलाई आफन्तले चुरोट नखान सुझाव दिएको हुन पर्छ। आफन्तहरुका अनुसार उनले ट्वाईलेटमा लुकेर खुकुरी चुरोट सल्काएकी रहिछिन्। सानो पनातीले (नातीको छोरा) ले देखेपछि हतार हतार हातमा बोकेको ग्याँस लाईटर लुकाएकी छिन्। ग्याँस लाइटर लुकाउँदा कपडामा आगो सल्किएको उनले पत्तै पाइनन्। शरीरमा आगो सल्किएर गएपछि फेरि तिनै पनातीले देखे । उनले आफ्ना बुवा आनन्द अधिकारीलाई सुनाए।

हेर्दा हजुरआमा आगोमा जलिरहेकी रहिछन्। पानी खान्याएर आगो निभाएपछि उनलाई पाँचथर जिल्ला अस्पताल लगियो । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगियो। केही दिनको उपचार पछि उनलाई घर फर्काउने कुरा भयो। रेणुकाले फर्किने बेला आफ्ना जेठो नाती खोजिन्। जेठो नातिी ३३ वर्षीय आनन्द हजुरआमालाई लिन गए। । मे १ च १४४७ नम्बरको जनमैत्री सेवाको एम्बुलेन्समा रेणुकलाई लिएर आनन्द, छोरी ५९ वर्षीया वर्षिय नरिमाया चौहान, छोरा टिकाराम अधिकारी र चालक ज्ञाननाथ प्रसाई साथमा थिए । रेणुकासहित आनन्द, नरिमायाको दुर्घटनामा परी मृत्यु भयो। टिकाराम र प्रसाई गम्भिर घाइते भए। उनीहरुको पुर्खौली गाँउ एकतीनमा आफन्तको निधनमा भएकाले झापाको विर्तामोडदेखि आउने आफन्तसँग अर्का नाति दिपक अधिकारी फिदिम आए । धन्न दिपक अर्को गाडीमा चढेका रहेछन।

एम्बुलेन्स अघि अघि, आफन्त चढेको जिप पछि पछि थियो । मेची राजमार्गको गोधकको घट्टा गोलाईमा एम्बुलेन्स सडकदेखि तीन सय मिटर तल झर्यो, दुर्भाग्य पछि आउँदै गरेका जिपका आफन्तले फिदिम आहिपुगेपछि मात्र थाहा पाए । दुर्घटनाको जानकारी ढिलोमात्र भयो ।

चुरोट खानेक्रममा जलेकी रेणुकालाई उपचार गराएर फर्किने क्रममा उनीसँग परिवारका तीन सदस्यको ज्यान गयो। छोरा टिकारार र चालक प्रसाईको उपचार हुँदैछ । दुर्घटनामा ज्यान गुाएका ३३ वर्षे आनन्द सामाजिक क्रियाकलापमा सक्रिय थिए। उनका श्रीमती, एक छोरा र एक छोरी छन्। फेसवुकमा उनको फोटो राखेर सयौँले श्रद्धान्जली दिएका छन्।

उनीहरु तीनै जनाको हेवा खोला घाटमा सोमबार राति दाहासस्कार गरियो। दुर्घटनमा मृत्यु भएकी छोरी नरिमायाको उनको घर मेमेङमा र बाँकी दुई जनाको फिदिममा हिन्दुसंस्कार काजकिरिया भइरहेको छ। नरिमायाको कथा झन दुखदायी छ । उनका श्रीमान केही वर्ष अघि खोलामा हामफालेर मरेका थिए भने गत वर्ष छोराले भुण्डिएर आत्महत्या गरेका थिए। परिवारमा दुखै दुख दिएको छ । एकैपटक आइलागेको विपत्तिले परिवारजन, आफन्त तथा शुभचिन्तकमा गहिरो पीडा दिएको छिमेकी सुर्य निरौलाले जनाए। सोमबार विहान एम्बुलेन्स दुर्घटना हुँदा तीनै जनाको घटना स्थलमा मृत्यु भएको थियो । रातिको समयमा चालक निदाएर दुर्घटना भएको बताइएको छ।

प्रतिक्रिया

शुक्रबार बाँडिएन पेट्रोल, शनिबार निजी सवारीले पाउने (पम्पको सूची)

शुक्रबार बाँडिएन पेट्रोल, शनिबार निजी सवारीले पाउने (पम्पको सूची)

काठमाडौं– नेपाल आयल निगमले जुनसुकै लटका निजी मोटरसाइकल, स्कुटर र निजी तथा सार्वजनिक चार पाङ्ग्रे सवारी साधनलाई शनिबार पेट्रोल वितरण गर्ने भएको छ।

महिला पछ्याउँदै दलाल

महिला पछ्याउँदै दलाल

काठमाडौं- पतिसँग सम्बन्धविच्छेद गरेपछि सुनसरी, हसुनपुर–४ की मनिषा राईको चाहना वैदेशिक रोजगारीमा जाने थियो। यही चाहना पूरा गर्ने सिलसिलामा उनको थुप्रै मेनपावर र एजेन्टसँग भेट भयो।

पेट्रोलियम पदार्थको हाहाकार  कायमै

पेट्रोलियम पदार्थको हाहाकार कायमै

झापा–भारतीय बजारबाट सहजै इन्धन भित्रिरहे पनि झापामा पेट्रोलियम पदार्थको हाहाकार यथावतै छ। यातायात व्यवसायीले आयल निगम र पेट्रोलियम व्यवसायीले नियतवश कृत्रिम अभाव देखाएर तस्करी धन्दालाई प्रोत्साहित गरेको आरोप लगाएका छन्।

भ्यालेन्टाइन डेमा ठमेल रातभर खोल्ने तयारी

भ्यालेन्टाइन डेमा ठमेल रातभर खोल्ने तयारी

काठमाडौं– प्रत्येक वर्षको फेब्रुअरी १४ तारिकमा विश्वभर मनाउने गरिएको भ्यालेन्टाइन डे(प्रणय दिवस)का दिन यस वर्ष काठमाडौंको मुख्य पर्यटकीय क्षेत्र ठमेल रातभर खोल्ने तयारी भइरहेको छ।

एउटा इन्जिन मर्मतमा ५० करोड खर्चंदै निगम

एउटा इन्जिन मर्मतमा ५० करोड खर्चंदै निगम

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको आफ्नो बोइङ जहाजको एक थान इन्जिन पूर्णमर्मत (ओभरहल) गर्न करिब ५० करोड रुपैयाँ खर्च गर्ने भएको छ।

लोडसेडिङ कम गर्न फागुन ४ देखि ८० मेगावाट विद्युत् आयात गरिने

लोडसेडिङ कम गर्न फागुन ४ देखि ८० मेगावाट विद्युत् आयात गरिने

काठमाडौं– ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणले फागुन ४ गतेदेखि ८० मेगावाट विद्युत् आयात गर्ने तयारी गरेको जनाएको छ।

रक्सौलबाट ९५ ट्यांकर इन्धन

वीरगन्ज–संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सीमा नाकामा जारी राखेको अवरोध हटेसँगै रक्सौलस्थित इन्डियन आयल कर्पोरेसनको डिपोबाट वीरगन्ज नाका भएर इन्धन भित्रिने अनुपात बढ्दो क्रममा छ। वीरगन्ज नाकाबाट मंगलबार ९५ ट्यांकर भित्रिएका...

पेट्रोल पाँच दिनमै सहज, ग्यास सहज हुन डेढ महिना कर्नुपर्ने

पेट्रोल पाँच दिनमै सहज, ग्यास सहज हुन डेढ महिना कर्नुपर्ने

काठमाडौं– नेपाल आयल निगमले मट्टितेल, डिजेल, पेट्रोलजस्ता पेट्रोलियम पदार्थ अबको ५ दिनभित्रमा सबै पम्पहरुबाट वितरण गर्ने व्यवस्था मिलाउने भएको छ। आन्दोलनरत मधेसी मोर्चाले औपचारिक रुपमै बन्दहड्तालका कार्यक्रम फिर्ता लिइसकेको, इन्डियन...