Thursday 23 Baishak, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

राजेन्द्र महतोलाई 'कारबाही'

(0 votes)
काठमाडौं- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकले मोर्चा घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई अघोषित रूपमा कारबाही गरेको छ। मोर्चाको औपचारिक निर्णयबिनै नाकाबन्दी खोल्ने जानकारी दिएको भन्दै महतोलाई मोर्चाको बैठकले अघोषित रूपमा कारबाही गरेको हो।
nepalipatr-april
'आन्दोलनकै क्रममा सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोको पछिल्लो कार्य र अभिव्यक्तिबाट आन्दोलनलाई ठूलो क्षति पुग्न गएको हुँदा अब उप्रान्त यस्ता क्रियाकलाप नगर्न/नगराउन मोर्चा निर्देश गर्दछ,' मोर्चाले भनेको छ। नाका अवरोध स्थगित गर्नेलगायत मोर्चाको प्रेस विज्ञप्तिमा पनि अध्यक्ष महतोको हस्ताक्षर छैन।

सानोठिमीस्थित तमलोपा अध्यक्ष महन्थ ठाकुरको निवासमा बसेको पहिलो चरणको बैठकमा औपचारिक निर्णयबिनै 'नाका खुल्ने' अभिव्यक्ति दिएको भन्दै मोर्चाले उनलाई लिखित माफी माग्न अनुरोध गरेको तमसपा अध्यक्ष महेन्द्र राय यादवले बताए। 'मोर्चाको निर्णयबिनै नाका खोल्ने अभिव्यक्ति दिएर आन्दोलनलाई क्षति पुर्याेएकाले उहाँलाई लिखित रूपमा माफी माग्न अनुरोध गरेका थियौं तर उहाँले माफी माग्नुभएन,' यादवले नागरिकसँग भने, 'दोस्रो चरणको बैठकमा आउँछु भनेर पनि नआएको र माफी पनि नमागेकाले उहाँलाई सचेत गराउने निर्णय मोर्चाले गरेको हो।' उनको अभिव्यक्तिका कारण जारी आन्दोलनमा क्षति पुगेको मोर्चाको निष्कर्ष छ।

बिहान ८–११ बजेसम्म पहिलो चरणको बैठकमा महतोलाई लिखित माफी माग्न लगाउने र नाका अवरोधलगायत विषयमा छलफल केन्द्रित भएको थियो। तर, महतोले आफ्नो जस्तो अभिव्यक्ति संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तमसपा अध्यक्ष महेन्द्र रायले पनि दिएको भन्दै माफी माग्न अस्वीकार गर्दै हिँडेका थिए। उक्त बैठकमा अध्यक्ष तहका नेता मात्रै उपस्थिति थिए।

दोस्रो तहका नेतासहित दिउँसो पुनः बसेको मोर्चाको बैठकमा आउन महतोले आनाकानी गरेको र माफी माग्न पनि अस्वीकार गरेपछि मोर्चाले महतोको नाममा निर्देशन नै जारी गरेर अघोषित कारबाही गरेको हो।

'मोर्चाले जारी गरेको ४ नम्बर बँुदाबाहेक अन्यमा हाम्रो पार्टीको समर्थन छ, त्यसैमा मात्रै असहमति भएकाले मोर्चाको विज्ञप्तिमा अध्यक्षज्यू (महतो) ले हस्ताक्षर नगर्नुभएको हो,' सद्भावना महासचिव मनिष सुमनले नागरिकसँग भने। मधेसी मोर्चामा विभाजन नआएको जिकिर महासचिव सुमनले गरेका छन्।

प्रतिक्रिया

६ महिना थन्किएको चिनियाँ जहाज बन्यो

६ महिना थन्किएको चिनियाँ जहाज बन्यो

काठमाडौं- गएको ६ महिनादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको एउटा चिनियाँ जहाजले बल्ल उडान गर्ने भएको छ। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चीनमा निर्मित १८ सिट क्षमतायुक्त 'वाई१२–ई' सिरिजको जहाजलाई आगामी...

आर्थिक वृद्धि ऋणात्मक

आर्थिक वृद्धि ऋणात्मक

काठमाडौं— चालू आर्थिक वर्षमा अर्थतन्त्र खुम्चिएर झन्डै नकारात्मक हुने अनुमान गरिएको छ। केन्द्रीय तथ्यांक विभागले मंगलबार सार्वजनिक गरेको अर्थतन्त्र अनुमानअनुसार चालु आर्थिक वर्षमा ०.७७ प्रतिशतले मात्र आर्थिक वृद्धि हुन्छ ।...

सत्ता फेरिने 'हल्ला'ले कर्मचारी तनावमा

सत्ता फेरिने 'हल्ला'ले कर्मचारी तनावमा

काठमाडौं- नयाँ संविधानको उत्साहमा सरकार यस वर्ष साबिकभन्दा छिटो वार्षिक बजेट ल्याउने तयारीमा छ। बजेट बनाउन व्यस्त अधिकारी भने दिनहुँ सरकार परिवर्तनको 'हल्ला'ले तर्सन्छन्। किनकि, छिट्टै सरकार फेरिए उनीहरूलाई कम्तीमा...

लामो खडेरीले किसानलाई सकस

लामो खडेरीले किसानलाई सकस

काठमाडौं- लामो खडेरीले खाद्यान्न, तरकारी, फलफूल र नगदे बालीमा क्षति पुग्दा किसानलाई करिब ११ अर्ब रुपैयाँ क्षति पुगेको छ। हजारौं हेक्टर क्षेत्रफलमा लगाएको बालीनाली नष्ट भएको छ भने उत्पादनमा भारी...

६० हजार युवायुवतीको कोरिया सपना

६० हजार युवायुवतीको कोरिया सपना

काठमाडौं- बिबिएसमा ५७ प्रतिशत अंक ल्याएपछि काभ्रेकी प्रमिला लामाले जिन्दगीमा ठूलो उपलब्धि हासिल गरेको ठानिन्। अधिकांश साथी–भाइ, आफन्तले स्नातक तहमा राम्रै अंक ल्याएकाले जागिर पाउन कुनै अप्ठेरो नहुने भन्दै लामालाई फुरुंग...

खडेरीले खेतबारी खङ्ग्रङ्ग

खडेरीले खेतबारी खङ्ग्रङ्ग

झापा–बोटले थामिनसक्नु गरी लागेका आँपका चिचिला धमाधम झर्न थालेका छन् । लिचीको हालत पनि उस्तै छ । सधैँ यतिबेला खेतबारीमा हरियै भएर मौलाउने मकैका बोट ओइलाउँदैछन् । चिया बगानमा अरुबेला...

'नेपालको पर्यटन अकासिँदै छ'

'नेपालको पर्यटन अकासिँदै छ'

उपल मजुमदार मुलुकको सबैभन्दा जेठो र पहिलो डिलक्स पाँचतारे होटल सोल्टी क्राउन प्लाजाका महाप्रबन्धक हुन्। उनी दुई दशकदेखि पर्यटन उद्योगमा छन्। विनाशकारी भूकम्प र नाकाबन्दीमा पनि सोल्टीको व्यापारलाई थामेका उनी...

ग्यास उत्खनन्ः पूरा भएन मन्त्रीको प्रतिबद्धता

ग्यास उत्खनन्ः पूरा भएन मन्त्रीको प्रतिबद्धता

दैलेख-एक महिनाभित्र यहाँ रहेको ग्यास र पेट्रोलियम पदार्थ उत्खनन प्रक्रिया थाल्ने मन्त्रीको प्रतिबद्धता पाँच महिना पुग्दा नपुग्दै सेलाएको छ । खनिज भएकै स्थानमा गएर अवलोकन गरेका उद्योगमन्त्री सोमप्रसाद पाण्डेले पत्रकार...