Sunday 16 Jestha, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

बेलायतको एमसीसी क्लबविरुद्ध लर्डस मैदानमा नेपाली टोली

(1 Vote)
बेलायतको एमसीसी क्लबविरुद्ध लर्डस मैदानमा नेपाली टोली
लण्डन–क्रिकेट खेलाडीहरुको लागि ड्रिम क्लबका रुपमा विश्व चर्चित बेलायतको एमसीसी क्लबसँग नेपाली राष्ट्रिय टोलीले मैत्रीपूर्ण खेल खेल्ने भएको छ। लन्डनको लर्डस क्रिकेट मैदानमा आगामी जुलाईमा आयोजना खेलिने उक्त खेल ५० ओभरको हुनेछ।
nepali-patro-may
नेपाल बेलायत सम्बन्धको दुई सय वर्ष पुगेका अवसरमा लन्डनमा खेल आयोजना हुन लागेको नेपाली दूतावास लण्डनले जनाएको छ। गत सोमबार नेपाल र बेलायतका अधिकारीबीच भएको बैठकले खेल आगामी १९ जुलाईमा गर्र्नेे निर्णय गरेको हो। बैठकमा सहभागी बेलायतका लागि कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीका अनुसार ५० ओभरमा खेलाइने एक खेल मात्र हुनेछ। तयारी बैठकमा बेलायती पराष्ट्र मन्त्रालयका अधिकारी, एमसीसीका पदाधिकारी, गोर्खा ब्रिग्रेडलगायतको सहभागिता थियो।

२८ हजार दर्शक क्षमता रहेको लर्डस मैदानमा नेपाली राष्ट्रिय टोलीले पहिलो पटक खेल्न लागेको हो। कार्यबाहक राजदूत क्षेत्रीले नेपाल–बेलायत सम्बन्धको ऐतिहासिक अवसर पारेर नेपाली खेलाडीले विश्व चर्चित खेल मैदानमा आफ्नो क्षमता प्रदर्शन गर्न पाउनु खुशीको कुरा भएको बताए।

'खेल तयारी बैठकमा पराष्ट्र मन्त्रालयका अधिकारीको उपस्थितिले बेलायतले नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिएको पुष्टि हुन्छ', क्षेत्रीले भने, 'खेललाई ऐतिहासिक बनाउन खेलाडी र बेलायतस्थित नेपाली समुदायको महत्वपूर्ण भूमिका हुनेछ ।' उनले सो खेललाई सफल बनाउन बेलायतस्थित बिभिन्न संघसंस्थालाई सहयोगका लागि अपिलसमेत गरे। सन् १८१४ मा खोलिएको ऐतिहासिक लर्डस क्रिकेट मैदानमा पहिलो पटक सन् १८८४ मा टेष्ट म्याच भएको थियो ।

प्रतिक्रिया

महँगी निम्त्याउने वितरणमुखी बजेट

महँगी निम्त्याउने वितरणमुखी बजेट

काठमाडौं- अर्थमन्त्री विष्णु पौडेलले शनिबार संसदमा १० खर्ब ४८ अर्बको बजेट पेस गरेका छन्। पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिइएको, सामाजिक क्षेत्रमा दिल खोलेर राज्यकोष वितरण गरेको र विकासका नाममा जताततै...

किसानलाई अनुदानै–अनुदान

किसानलाई अनुदानै–अनुदान

काठमाडौं–विगतमा सरकार र वैदेशिक सहयोगमा सञ्चालित कृषि परियोजनाको अनुदान कार्यक्रमले परिणाम दिन नसकेको गुनासो आइरहे पनि सरकारले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउन किसानलाई अनुदानै–अनुदानका कार्यक्रम ल्याएको छ । विगतका...

फास्टट्रयाक बनाउन १० अर्व विनियाेजन

फास्टट्रयाक बनाउन १० अर्व विनियाेजन

काठमाडौं-सरकारले काठमाडौं-तराई-मधेस फास्ट ट्रयाकको लागि १० अर्ब बजेट विनियोजन गरेको छ। यो अघिल्लो वर्षको बजेटभन्दा ९ अर्बले बढी हो । अघिल्लो वर्ष सरकारले एक अर्ब बजेट विनियोजन गरेको थियो। सरकारले...

तरकारी फलाउँदै पूर्वसभासद

तरकारी फलाउँदै पूर्वसभासद

नेपालगन्ज- पहिलो संविधानसभा संविधान नबनाइ विघटन भएपछि पट्टु थारु निराश भएर राजधानी काठमाडौंबाट घर फर्किए। उनी पहिलो संविधानसभा सदस्य थिए। संविधान सभा विघटन भएपछि उनको रोजाइ बन्यो कृषि। बाँके, बैजापुर–१, नवलपुरका...

संस्थानको नाफा बढे पनि सरकारको लाभांश घट्दो

संस्थानको नाफा बढे पनि सरकारको लाभांश घट्दो

काठमाडौं- सार्वजनिक संस्थानको नाफा बढे पनि सरकारले ती संस्थानमा सेयर लगानी गरेबापत पाउने प्रतिफल भने घटेको छ। गत आर्थिक वर्षमा सार्वजनिक संस्थानले खुद नाफा ३३ अर्ब ९२ करोड कमाए पनि लगानी...

मलेसियाबाट रेमिटेन्स आप्रवाह स्थिर

मलेसियाबाट रेमिटेन्स आप्रवाह स्थिर

मलेसिया- श्रम स्वीकृति लिएर सबभन्दा धेरै नेपाली कामदार आएको मलेसियाबाट स्वदेश जाने रेमिटेन्स पहिलोपटक स्थिर अवस्थामा पुगेको छ। पछिल्लो ४–५ वर्षयता निरन्तर नेपाल पठाउने रेमिटेन्स वृद्धि भइरहेको बेला चालु आर्थिक...

भएभरका योजनालाई राष्ट्रिय गौरव भनेर हुँदैन

भएभरका योजनालाई राष्ट्रिय गौरव भनेर हुँदैन

काठमाडौं–बजेट आर्थिक दस्तावेज मात्र नभई राजनीतिक दस्तावेज पनि हो । बजेट मुलुकका समस्या समाधान गर्नेतर्फ केन्द्रित हुनुपर्छ । यतिखेर नेपालमा रोजगारीको चरम अभाव छ । गरिबीका कारण ठूलो संख्याका युवा...

गिरान्चौर बस्तीलाई अमेरिकाबाट नुवाकोटे दिण्डुको ६ लाख

गिरान्चौर बस्तीलाई अमेरिकाबाट नुवाकोटे दिण्डुको ६ लाख

काठमाडौं– गिरान्चौर एकीकृत बस्ती निर्माणका लागि दिण्डु लामा ह्योल्मोले ६ लाख ६ हजार ६ सय ६ रुपैयाँ सहयोग गरेका छन्।