Sunday 2 Falgun, 2072 |
Menu

अर्थ

istl

साग फुटबलको बिदाइ

(0 votes)
साग फुटबलको बिदाइ
काठमाडौं– अखिल नेपाल फुटबल संघ(एन्फा)ले मंगलबार १२औं दक्षिण एसियाली खेलकुद (साग) खेल्ने टोलीलाई बिदाइ गरेको छ। मंगलबार एन्फाका कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले पुरुष तथा महिला टोलीलाई बिदाइ गरे।


nepalipatro-nagarik
अध्यक्ष श्रेष्ठले सागमा नेपालले राम्रो नतिजा निकाल्ने विश्वास लिएको बताए । उनले भने,'पछिल्लो समय हामीले राम्रो गरिरहेका छौं । अहिलेको नतिजालाई निरन्तरता दिँदै अझै राम्रो नतिजा निकाल्ने कोसिस गर्नुपर्छ ।'

बिदाइपछि पुरुष टोली मंगलबारै भारततर्फ गएको छ भने महिला टोली बुधबार जाने कार्यक्रम छ । साग खेल्ने २० सदस्यीय टोलीको गोलकिपरमा विकेश कुथु, एलेन न्यौपाने, अमृत चौधरी, रक्षकमा आदित्य चौधरी, अनन्त तामाङ, विराज महर्जन (कप्तान), दिनेश राजवंशी, मानबहादुर तामाङ, कमल श्रेष्ठ छन् । मिडफिल्डमा विक्रम लामा, विशाल राई, हेमन गुरुङ, जगजित श्रेष्ठ, प्रकाश बुढाथोकी, स्ट्राइकरमा अन्जन विष्ट, विमल घर्तीमगर, नवयुग श्रेष्ठ, रन्जन विष्ट, सुनील बल र सुमन लामा छन् । नेपाली पुरुष टोलीले राजुकाजी शाक्यको प्रशिक्षणमा साग खेल्नेछ । टोलीको गोलकिपर प्रशिक्षकमा मृगेन्द्र मिश्र र व्यवस्थापकमा विराजजंग शाही छन् ।

यसैगरी साग फुटबलमा महिला टोलीलाई सधैं उपाधि दाबेदारको रूपमा हेरिन्छ । सागमा पहिलोपल्ट सन् २०१० को ११औंढाका सागमा महिला फुटबल समावेश गरिँदा नेपाल उपविजेता भएको थियो । फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।

बुधबार भारत जान लागेको २० सदस्यीय महिला टोलीको गोलकिपरमा अञ्जली थुम्बा सुब्बा, लीला लामगादे, नमिताकुमारी दली छन् ।टोलीमा अनु लामा, निरु थापा, सजना राना, दीपा अधिकारी, लक्ष्मी पौडेल, कृष्णा खत्री, सविता भण्डारी, मनमाया लिम्बु, अनिता बस्नेत, घिमकुमारी गुरुङ, अमृता जैशी, दीपा राई, पुनम जर्घामगर, अन्जली वाइबा, भगवती थापा, हीराकुमारी भुजेल, सपना लामा छन् । महिला टोलीले धु्रव केसी र कुमार कटुवालको प्रशिक्षणमा तयारी गरेको थियो । व्यवस्थापकको जिम्मेवारी तुलसा सिंहले सम्हाल्ने छिन् ।

साग खेलकुदमा नेपाली पुरुष फुटबल टोलीले दुईपल्ट स्वर्ण पदक जितेको छ, जुन नेपाली फुटबलको सर्वाधिक ठूलो उपलब्धिमा पर्छ । त्यतिबेला सिनियर टोलीले तत्कालीन साफ खेल्ने गरेको थियो । नेपालले सन् १९८४ र १९९३ मा साफ खेलकुदमा फुटबलबाट स्वर्ण पदक जितेको थियो ।

सन् २००४ को साग खेलकुदबाट फुटबलमा यु–२३ टोलीले खेल्न थालेको थियो । सन् १९८७ र १९९९ को नेपाल रजत पदक विजेता हो भने १९८५ र २००६ को कांस्य विजेता टोली हो।

प्रतिक्रिया

फागुन ८ देखि सडक उत्सव

फागुन ८ देखि सडक उत्सव

धरान–घुम्न जाउ धरान भन्ने नारासहित यही फागुन ८ गतेदेखि १० गतेसम्म १२ औं धरान सडक उत्सव आयोजना हुने भएको छ। होटल एशोसिएशन अफ धरानले आयोजना गर्ने उत्सवको अवसरमा एशोसिएशनमा आवद्ध...

सुन तोलाको ५५ हजार ५ सय पुग्यो

सुन तोलाको ५५ हजार ५ सय पुग्यो

काठमाडौं- केही दिनदेखि बढिरहेको सुनको मूल्यवृद्धि आगामी हप्तासम्म जारी रहे पनि यसले लामो समय निरन्तरता नपाउने नेपाल सुनचाँदी महासंघले जनाएको छ। विश्व बजारमा आकस्मिक रुपमा मूल्य बढ्दा त्यसको असर नेपालमा...

नियमित हुँदापनि इन्धन अभाव कायमै

नियमित हुँदापनि इन्धन अभाव कायमै

धनगढी–सुदुरपश्चिमका लागि नेपाल आयल निगम क्षेत्रीय कर्यालय धनगढीलाई भारत आयल कर्पोरेशनका बनथरा डिपोले डेढ महिनादेखि कोटा अनुसारको तेल नियमित दिइरहेको छ। अघोषित नाकाबन्दी हुनु भन्दा पहिले जस्तै कोटाअनुसार तेल आयात...

अमेरिका त्यागेर गाईपालन

अमेरिका त्यागेर गाईपालन

तिलोत्तमा (भैरहवा)- प्राविमा स्थायी शिक्षक। हातमा अमेरिकाको भिसा। समाजशास्त्रमा स्नातकोत्तर। सुखद भविष्यका थुप्रै अवसर सामुन्ने थिए। तर, उनले ती सबै त्यागिदिए। बसेनन् अमेरिका। बरु स्वदेशमै व्यावसायिक गाईपालन सुरु गरे।

शुक्रबार बाँडिएन पेट्रोल, शनिबार निजी सवारीले पाउने (पम्पको सूची)

शुक्रबार बाँडिएन पेट्रोल, शनिबार निजी सवारीले पाउने (पम्पको सूची)

काठमाडौं– नेपाल आयल निगमले जुनसुकै लटका निजी मोटरसाइकल, स्कुटर र निजी तथा सार्वजनिक चार पाङ्ग्रे सवारी साधनलाई शनिबार पेट्रोल वितरण गर्ने भएको छ।

महिला पछ्याउँदै दलाल

महिला पछ्याउँदै दलाल

काठमाडौं- पतिसँग सम्बन्धविच्छेद गरेपछि सुनसरी, हसुनपुर–४ की मनिषा राईको चाहना वैदेशिक रोजगारीमा जाने थियो। यही चाहना पूरा गर्ने सिलसिलामा उनको थुप्रै मेनपावर र एजेन्टसँग भेट भयो।

पेट्रोलियम पदार्थको हाहाकार  कायमै

पेट्रोलियम पदार्थको हाहाकार कायमै

झापा–भारतीय बजारबाट सहजै इन्धन भित्रिरहे पनि झापामा पेट्रोलियम पदार्थको हाहाकार यथावतै छ। यातायात व्यवसायीले आयल निगम र पेट्रोलियम व्यवसायीले नियतवश कृत्रिम अभाव देखाएर तस्करी धन्दालाई प्रोत्साहित गरेको आरोप लगाएका छन्।

भ्यालेन्टाइन डेमा ठमेल रातभर खोल्ने तयारी

भ्यालेन्टाइन डेमा ठमेल रातभर खोल्ने तयारी

काठमाडौं– प्रत्येक वर्षको फेब्रुअरी १४ तारिकमा विश्वभर मनाउने गरिएको भ्यालेन्टाइन डे(प्रणय दिवस)का दिन यस वर्ष काठमाडौंको मुख्य पर्यटकीय क्षेत्र ठमेल रातभर खोल्ने तयारी भइरहेको छ।