1 Falgun, 2072 |
Menu

अर्थ

istl

म्याग्दीका धेरै गाउँ कार्यसमितिमै चुनाव हुने संकेत

  • बिहीबार १४ माघ, २०७२
  • हरिकृष्ण गौतम
  • DISQUS_COMMENTS
(0 votes)
म्याग्दी–नेपाली काँग्रेस म्याग्दीको वडा देखि गाउँ कार्यसमितिमै कडा प्रतिस्पर्धा हुने भएको छ। नेपाली काँग्रेसको माघ १५ गते गाउँ तथा नगर वडा र २५ गते हुने जिल्ला अधिवेशनले जिल्लाभरको चुनावी सरगर्मी बढेको छ।
nepalipatro-nagarik

केन्द्रदेखि जिल्ला तहसम्म पार्टीको जनवर्गीय संगठनको चुनाव हुन नसकिरहेको अवस्थामा पार्टीको चुनावलाई नयाँले अवसर र पुरानाले राजनीतिमा सेफ हुन चुनाव केन्द्रित अभियान थालेका छन्।
शुक्रबार वडा र गाविसबाट चयन हुन पुराना नेताले सर्वसम्मति खोजीरहेका छन भने नयाँले निर्वाचनै गरे भएपनि प्रतिनिधि हुने दाउमा छन्। संस्थापन र देउवा पक्षबीच गाउँदेखि जिल्लासम्म निकै प्रतिस्पर्धा हुने देखिएको छ। कांग्रेस बाहेक अन्य दलका नेताकार्यकर्ताले समेत चुनावलाई निकै चासो पुर्वक हेरेकाले पनि जाडो मौसममा जिल्लाको माहोल तातिएको छ।

जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिध र महासमिति सदस्यमा चुनीनका लागि गाउँबाटै निर्वाचित हुनुपर्ने प्रावधान भएकाले आकांक्षीहरुलाई गाउँमा कार्यकर्ता भेट्न जानुपर्ने बाध्यता छ। 'तयारी पूरा भएको छ। धेरैठाउँमा चुनावबाटै प्रतिनिधि छनौटको सम्भावना छ,' सभापति रेशमबहादुर बानियाँले भने। उनले निर्वाचन अधिकृतलाई प्रशिक्षण दिएर सम्बन्धित क्षेत्रमा पठाइसकिएको जनाए। नेपाली काँग्रेसको म्याग्दीमा एक हजार ५१९ जना क्रियाशिल सदस्य छन्। जनतासँग संविधान कार्यक्रम मार्फत गाउँगाउँमा पुगेको कांग्रेसमा अन्य पार्टी परित्याग गरेर समेत आउने बढेका छन्।

गाउँ अधिवेशनमार्फत जिल्ला अधिवेशनका लागि सभापतिसहित १० जना प्रतिनिधि छनौट हुने ब्यवस्था छ। यसैगरी नगरपालिकाको एक वटा वडाबाट एक जना महिलासहित चार जना प्रतिनिधि छनौट हुनेछन्। गाउँ कार्यसमितिबाट प्रतिनिधि छनौट गर्दा महिला, दलित, आदीवासी जनजाति र पिछडा वर्गको ५ जना आरक्षणको व्यवस्था रहेको प्रचारप्रसार उपसमितिका संयोजक एवम् सहसचिव अजय मिलन श्रेष्ठले बताए। संस्थापनतर्फबाट पार्टी सभापति रेशमबहादुर बानियाँ, उपसभापति खमबीर गर्बुजा र देउवापक्षबाट नेत्र बहादुर महत आकांक्षी देखिएको भएपनि महिलातर्फबाट विना खड्का र विमला गौचनले समेत सभापतिमा लड्ने घोषणा गरेपछि जिल्लाभर तरंग फैलिएको छ।

प्रतिक्रिया

नियमित हुँदापनि इन्धन अभाव कायमै

नियमित हुँदापनि इन्धन अभाव कायमै

धनगढी–सुदुरपश्चिमका लागि नेपाल आयल निगम क्षेत्रीय कर्यालय धनगढीलाई भारत आयल कर्पोरेशनका बनथरा डिपोले डेढ महिनादेखि कोटा अनुसारको तेल नियमित दिइरहेको छ। अघोषित नाकाबन्दी हुनु भन्दा पहिले जस्तै कोटाअनुसार तेल आयात...

अमेरिका त्यागेर गाईपालन

अमेरिका त्यागेर गाईपालन

तिलोत्तमा (भैरहवा)- प्राविमा स्थायी शिक्षक। हातमा अमेरिकाको भिसा। समाजशास्त्रमा स्नातकोत्तर। सुखद भविष्यका थुप्रै अवसर सामुन्ने थिए। तर, उनले ती सबै त्यागिदिए। बसेनन् अमेरिका। बरु स्वदेशमै व्यावसायिक गाईपालन सुरु गरे।

शुक्रबार बाँडिएन पेट्रोल, शनिबार निजी सवारीले पाउने (पम्पको सूची)

शुक्रबार बाँडिएन पेट्रोल, शनिबार निजी सवारीले पाउने (पम्पको सूची)

काठमाडौं– नेपाल आयल निगमले जुनसुकै लटका निजी मोटरसाइकल, स्कुटर र निजी तथा सार्वजनिक चार पाङ्ग्रे सवारी साधनलाई शनिबार पेट्रोल वितरण गर्ने भएको छ।

महिला पछ्याउँदै दलाल

महिला पछ्याउँदै दलाल

काठमाडौं- पतिसँग सम्बन्धविच्छेद गरेपछि सुनसरी, हसुनपुर–४ की मनिषा राईको चाहना वैदेशिक रोजगारीमा जाने थियो। यही चाहना पूरा गर्ने सिलसिलामा उनको थुप्रै मेनपावर र एजेन्टसँग भेट भयो।

पेट्रोलियम पदार्थको हाहाकार  कायमै

पेट्रोलियम पदार्थको हाहाकार कायमै

झापा–भारतीय बजारबाट सहजै इन्धन भित्रिरहे पनि झापामा पेट्रोलियम पदार्थको हाहाकार यथावतै छ। यातायात व्यवसायीले आयल निगम र पेट्रोलियम व्यवसायीले नियतवश कृत्रिम अभाव देखाएर तस्करी धन्दालाई प्रोत्साहित गरेको आरोप लगाएका छन्।

भ्यालेन्टाइन डेमा ठमेल रातभर खोल्ने तयारी

भ्यालेन्टाइन डेमा ठमेल रातभर खोल्ने तयारी

काठमाडौं– प्रत्येक वर्षको फेब्रुअरी १४ तारिकमा विश्वभर मनाउने गरिएको भ्यालेन्टाइन डे(प्रणय दिवस)का दिन यस वर्ष काठमाडौंको मुख्य पर्यटकीय क्षेत्र ठमेल रातभर खोल्ने तयारी भइरहेको छ।

एउटा इन्जिन मर्मतमा ५० करोड खर्चंदै निगम

एउटा इन्जिन मर्मतमा ५० करोड खर्चंदै निगम

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको आफ्नो बोइङ जहाजको एक थान इन्जिन पूर्णमर्मत (ओभरहल) गर्न करिब ५० करोड रुपैयाँ खर्च गर्ने भएको छ।

लोडसेडिङ कम गर्न फागुन ४ देखि ८० मेगावाट विद्युत् आयात गरिने

लोडसेडिङ कम गर्न फागुन ४ देखि ८० मेगावाट विद्युत् आयात गरिने

काठमाडौं– ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणले फागुन ४ गतेदेखि ८० मेगावाट विद्युत् आयात गर्ने तयारी गरेको जनाएको छ।