Monday 25 Magh, 2072 |
Menu

अर्थ

istl

'हठले रंगेली घटना'

(0 votes)
'हठले रंगेली घटना'
विराटनगर- तीन जनाको ज्यान जाने गरी रंगेली र डायनियामा भएको घटना दुवैको हठले भएको भन्दै मोरङका राजनीतिक दलले सत्तासीन नेकपा एमाले र आन्दोलनरत मधेसी मोर्चाको आलोचना गरेका छन्। एकै दिन र एउटै समयमा कार्यक्रम आयोजना गर्न दिनुमा प्रशासनको समेत कमजोरी रहेको दलहरूको भनाइ छ।
nepalipatro-nagarik
एमाले र मधेसी मोर्चा दुवैले रंगेलीको कार्यक्रमलाई 'जुँगाको लडाइँ' बनाएको भए पनि प्रशासनले पूर्व सतर्कता नअपनाएको उनीहरूको आरोप छ। शुक्रबार जिल्ला प्रशासन कार्यालय मोरङमा बसेको सर्वदलीय बैठकले रंगेली घटनापछि साम्प्रदायिक सद्भाव खल्बल्याउने र पहाडी–मधेसी समुदायबीच तुस फिँजाउने तत्व सक्रिय रहेकाले सबै पक्ष जिम्मेवार हुनुपर्ने सुझावसमेत दिइयो।

मधेसीबहुल क्षेत्रमा जानाजान कार्यक्रम गर्नु एमालेको र अरु पार्टीलाई आफ्नो पकड क्षेत्रमा निषेध गर्ने मोर्चाको हठले रंगेली रणभूमि बनेकोमा दलका प्रतिनिधिले आक्रोस पोखे। प्रमुख जिल्ला अधिकारीले बोलाएको सर्वदलीय बैठकमा सहभागी विभिन्न राजनीति दलका प्रतिनिधिले सत्ताको उन्माद र मधेसी मोर्चाको हठका कारण रंगेली घटना भएको बताए। उनीहरुले अहिलेको अवस्थामा रंगेलीमा कार्यक्रम आयोजना गर्नु एमालेको ठूलो कमजोरी रहेको बताए।

सत्तासीन नेकपा एमालेको भातृ संगठन युवा संघले बिहीबार रंगेलीमा आयोजना गरेको मधेस जागरण अभियानलाई मधेसी मोर्चाले बिथोल्न खोज्दा भएको झडपमा प्रहरी गोली लागेर तीनजनाको मृत्यु भएको थियो। 'मधेसी मोर्चालाई उर्लाबारीमा कार्यक्रम गर्न समस्या छ, त्यो थाहा हुँदाहुँदै त्यहाँ कार्यक्रम गर्नु निहुँ खोज्नु हो,' नेकपा–माओवादीका संयोजक कुशल लिम्बूले भने, 'त्यस्तै एमालेलाई रंगेली र क्रसियामा कार्यक्रम गर्न समस्या छ, त्यो थाहा हुँदाहुँदै पनि कार्यक्रम गरियो।' उनले रंगेलीमा कार्यक्रम गरेर एमालेले जानीजानी निहुँ खोजेको आरोप लगाए।

कांग्रेसका सचिव यदु विष्ट, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का सांसद पवन सारडा, राप्रपाका सुरेन्द्र थापा लगायतले रंगेली घटना दुःखद् रहेको बताए। उनीहरुले एमाले र मोर्चाको जुँगाको लडाइँका कारण रंगेलीमा तीनजनाको ज्यान गएको बताए। नेकपा एमालेका अध्यक्ष महेश रेग्मीले लोकतान्त्रिक पद्धतिमा कसैको कार्यक्रम बिथोल्नु गैरजिम्मेवार कार्य भएको बताए।

राप्रपाका थापाले रंगेली घटनापछि आफ्नो पार्टी आक्रोसित बनेको सुनाए। रंगेलीमा गोली लागेर मृत्यु भएकी द्रौपतीदेवी चौधरी राप्रपा कार्यकर्ता हुन्। द्रौपतीका श्रीमान कृष्ण राप्रपाका गाउँ एकाइ सदस्य हुन्। रंगेलीमा एकैदिन एमाले र मोर्चाले कार्यक्रम जुधाएपछि यसअघिको सर्वदलीय बैठकले एमालेलाई कार्यक्रम रोक्न सुझाव दिएको थियो।

अध्ययन समिति गठन

रंगेली घटना अध्ययनका लागि एकीकृत नेकपा माओवादीका सांसद शिवकुमार मण्डलको संयोजकत्वमा समिति गठन गरिएको छ। १० सदस्यीय समितिले रंगेली घटना हुनुको कारण र त्यसको समाधानबारे अध्ययन गर्ने मोरङमा प्रमुख जिल्ला अधिकारी तोयम रायले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालय मोरङको सभाहलमा शुक्रबार बिहान आयोजना गरिएको बैठकले सांसद मण्डलको संयोजकत्वमा समिति गठन गरेको हो। समितिमा नेकपा एमालेका मोरङ अध्यक्ष महेश रेग्मी, नेपाली कांग्रेसका सचिव यदु विष्ट, राप्रपा नेपाल, सद्भावना पार्टी, इन्सेक, मानवअधिकार आयोग, पत्रकार महासंघ लगायतलाई राखिएको छ। समिति संयोजक मण्डल रंगेलीकै निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद हुन्।

'समितिले रंगेली घटना हुनुको कारण पत्ता लगाउने छ,' मोरङका प्रमुख जिल्ला अधिकारी रायले भने, 'समिति घटनास्थलमै गएर अध्ययन गर्नेछ।' उनले रंगेलीको स्थिति सामान्य बनाउन पनि समितिले भूमिका निर्वाह गर्ने बताए। समितिलाई समयसीमा तोकिएको छैन। प्रमुख जिल्ला अधिकारीले बोलाएको सर्वदलीय बैठक भने मधेसी मोर्चाले बहिष्कार गर्योत।

मोर्चाको घटक संघीय समाजवादी फोरम मोरङका अध्यक्ष राजकुमार यादवले अध्ययन समिति देखावटी भएको प्रतिक्रिया दिए। 'अध्ययन समिति देखावटी हो, यसले निष्पक्ष छानबिन गर्न सक्दैन,' यादवले भने, 'न्यायिक समितिमार्फत रंगेली घटना छानबिन हुनुपर्छ।' उनले प्रमुख जिल्ला अधिकारीद्वारा गठित अध्ययन समितिलाई छानबिन गर्न रंगेली र डायनिया प्रवेशमा रोकसमेत लगाइएको बताए।

जानकारी नदिएको कार्यक्रम रोकिने

मोरङका प्रमुख जिल्ला अधिकारी रायले प्रशासनलाई जानकारी नगराई कुनै पनि राजनीति कार्यक्रम गरिए, त्यो रोकिने बताएका छन्। रंगेलीमा एकै दिन, एकै समयमा एमाले र मधेसी मोर्चाले तय गरेको कार्यक्रमबारे प्रशासन जानकार थियो कि थिएन? भन्ने राजनीति दलका प्रतिनिधिको प्रश्नमा रायले भने, 'अब प्रशासनलाई जानकारी नदिइएको कार्यक्रम हामी रोक्छौं।'

उनले प्रशासनको निर्णय अप्रिय लागे पनि सुरक्षा दृष्टिकोणले जानकारी नगराइएको कार्यक्रम हुन नदिने बताए। राजनीति दलले गर्ने हरेक प्रकारको कार्यक्रमबारे प्रशासनमा जानकारी गराउनुपर्ने उनको भनाइ थियो

प्रतिक्रिया

चक्रपथ विस्तार कहिलेसम्म?

चक्रपथ विस्तार कहिलेसम्म?

काठमाडौं- निर्माण अवधि साढे २ वर्ष (७७.५ प्रतिशत) भन्दा बढी सकिँदासम्म काठमाडौं चक्रपथ विस्तारको कामले गति लिन सकेको छैन। गत वैशाख १२ को भूकम्पलगत्तै रोकिएको काममा भारतले गरेको नाकाबन्दीले थप...

२० लाख श्रमिक, सय कर्मचारी

२० लाख श्रमिक, सय कर्मचारी

काठमाडौं— पाँच लाख जनसंख्या रहेको कुनै जिल्लामा सेवा दिन सरकारको कस्तो संयन्त्र क्रियाशील हुन्छ ? सबैलाई थाहा छ– शान्ति सुरक्षा कायम राख्न प्रहरी, सेनादेखि लिएर सयौं कर्मचारी हुन्छन् । एउटै...

काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गः सिन्को नभाँची ३२ करोड झ्वाम

काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गः सिन्को नभाँची ३२ करोड झ्वाम

काठमाडौं— काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्ग निर्माण गर्न संकलित रकममध्येको करिब ९० प्रतिशत रकम खर्च भइसकेको छ । आयोजना बनाउने जिम्मा पाएको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड (एनपिबिसिएल) को तीन वर्षको खर्च...

केरा सुकेपछि किसान चिन्तित

केरा सुकेपछि किसान चिन्तित

चौमाला (कैलाली)- चौमाला–१ का किसान मीनबहादुर बमले राम्रो आम्दानी हुने जानकारीपछि १८ कट्ठा जमिनमा केराखेती सुरु गरे। २ लाख लगानी गरेर लगाएको पूरै केराको गुभो कुहिएर सुकेपछि उनको यति बेला...

लुनकरण दास चौधरी रहेनन्

लुनकरण दास चौधरी रहेनन्

काठमाडौं- उद्योगपति लुनकरण दास चौधरीको बिहीबार ९३ वर्षको उमेरमा राजधानीमा निधन भएको छ। लामो सयमदेखि मुटु र सुगर रोगका बिरामी चौधरी विश्वका अर्बपतिको समूहमा पर्न सफल चौधरी समूहका संस्थापक हुन्।

मलेसियाको विकल्प के?

मलेसियाको विकल्प के?

काठमाडौं- नेपाली कामदारको अवस्था बुझ्न गएको टोलीले मलेसियाको रोजगारीमा सोच्नुपर्ने बेला आएको जनाएपछि प्रश्न उठेको छ– सर्वाधिक नेपाली श्रमिक जाने गरेको मलेसियाको विकल्प के? मलेसियामा कामदार पठाउन छोड्ने हो भने...

दैनिक दुई अर्ब रेमिटेन्स

दैनिक दुई अर्ब रेमिटेन्स

काठमाडौं-विदेशमा बसेर आर्जन गर्ने नेपालीले औपचारिक माध्यमबाट दैनिक १ अर्ब ८० करोड रुपैयाँ स्वदेश पठाउने गरेको पछिल्लो तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्ममा...

पूर्वाधार कम्पनीबाट जोशीको राजीनामा

पूर्वाधार कम्पनीबाट जोशीको राजीनामा

काठमाडौं- काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गका लागि लगानी जुटाउन नसक्दा व्यवसायी कुशकुमार जोशीले नेपाल पूर्वाधार विकास कम्पनीको अध्यक्ष पदबाट राजीनामा दिएका छन्। चार वर्षभित्र निर्माण सक्ने गरी करिब तीन वर्षपहिले सरकारसँग सम्झौता...