23 Magh, 2072 |
Menu

अर्थ

istl

डेपुटी गभर्नर नियुक्ति नहुँदा निर्णय रोकिए

  • आइतबार २६ पुष, २०७२
  • विष्णु बेल्वासे
  • DISQUS_COMMENTS
(0 votes)
काठमाडौं- प्रभु बैंकले ग्रान्ड बैंक किन्ने (एक्वायर) गर्ने आन्तरिक प्रक्रिया पूरा गरेको छ। लामो समयदेखि राष्ट्र बैंकको अन्तिम स्वीकृतिको पर्खाइमा उनीहरु छन्। तर, दुई डेपुटी गभर्नर नहुँदा राष्ट्र बैंक सञ्चालक समितिको बैठक बस्न सकेको छैन र अन्तिम स्वीकृति रोकिएको छ। बोर्ड बैठकले अन्तिम स्वीकृति नदिएसम्म एकीकृत कारोबार गर्न पाइँदैन। डेपुटी गभर्नर नियुक्ति नहुँदाको पीडा उनीहरुकै जस्तै अन्य बैंक, वित्तीय संस्थाले पनि झेलिरहेका छन्।

nepalipatro-nagarik
गभर्नर चिरञ्जीजी नेपाल अध्यक्ष तथा अर्थ मन्त्रालयका सचिव, दुई डेपुटी गभर्नर र अन्य तीनजना गरी ७ जना सञ्चालक समितिमा रहने व्यवस्था छ। करिब आधा महिनादेखि डेपुटी गभर्नर नहुँदा बोर्ड बैठक नै अवरुद्ध हुन पुगेको छ। यसले दैनिक काममा पनि प्रभाव परेको सरोकारवाला बताउँछन्।

डेपुटी गभर्नर रिक्त रहेकै बेला १६ जना कार्यकारी निर्देशक उक्त पदको दौडमा लागेपछि केन्द्रीय बैंकको काम कारबाहीमा असर देखिनु स्वाभाविक भएको राष्ट्र बैंकका एक उच्च अधिकारीले नागरिकलाई बताए।

'डेपुटी गभर्नरले विभिन्न विभागको नेतृत्व गर्थे,' उनले भने, 'गभर्नरको धेरै काम डेपुटीमार्फत हुन्थ्यो। तिनै डेपुटी गभर्नर नहुँदा काममा अवरोध हुनु स्वाभाविक हो।'

अहिले कार्यकारी निर्देशकबाट एकैपटक फाइल आउँदा गभर्नरलाई पनि कामको चाप बढेको छ। 'डेपुटी नै नभएका कारण गभर्नर नेपालले बढी दौडधूप गर्नुपरेको छ,' राष्ट्र बैंकका एक कार्यकारी निर्देशकले भने, 'गभर्नर एक्लैले दुई डेपुटीको काम गर्न जति दौडधूप गरे पनि सक्ने अवस्था छैन।'

राष्ट्र बैंकका दुई डेपुटी गभर्नर गोपालप्रसाद काफ्ले र महाप्रसाद अधिकारीले पुस १० गतेदेखि अवकाश पाएपछि नयाँ नियुक्ति हुन सेकेका छैन।

अहिले १६ जना कार्यकारी निर्देशक डेपुटी बन्ने दौडमा छन्। प्रदिपराज पाण्डे, हरिप्रसाद काफ्ले, त्रिलोचन पंगेनी, मीनबहादुर श्रेष्ठ, महेश भट्टराई, शिवराज श्रेष्ठ, नारायणप्रसाद पौडेल, नरबहादुर थापा, विनोद आत्रेय, जनकबहादुर अधिकारी, भीष्मराज ढुंगाना, चिन्तामणि शिवाकोटी, लक्ष्मीप्रपन्न निरौला, शंकरप्रसाद आचार्य, राजनविक्रम शाह र शिवनाथ पाण्डे डेपुटी गभर्नर बन्ने लिगलिगे दौडमा छन्। उनीहरुमध्येबाटै दुईजना छानिने हो।

राष्ट्र बैंकका कार्यकारी निर्देशकबाटै छान्नु पर्ने भए पनि गभर्नरको सिफरिसमा मन्त्रिपरिषदले नियुक्त गर्ने भएकाले नियुक्तिमा राजनीतिक हस्तक्षेप हुने अड्कल गरिएको छ। खासगरी तीन मुख्य राजनीतिक दलले डेपुटी गभर्नरमा आफ्नो मान्छे ल्याउने लबिङ सुरु गरेका छन्।

नयाँ दुई गभर्नर को आउलान् भनेर अड्कलबाजी सुरु भएको लामो समय भएको छ। तर, पद रिक्त भएको आधा महिनासम्म यसको संकेत पाउन सकिएको छैन।

राजनीतिक दलबीच कुरा नमिल्दा प्रक्रिया लम्बिएको राष्ट्र बैंकका कर्मचारी बताउँछन्। तर, अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार गोविन्द नेपाल राजनीतिकभन्दा पनि अर्थमन्त्रीले ध्यान अन्य विषयमा केन्द्रित गर्नु परेकाले डेपुटी गभर्नर नियुक्ति प्रक्रिया ढिला भएको बताउँछन्। 'डेपुटी गभर्नर नियुक्त हुन अझै केही दिन लाग्छ,' उनले भने।

अघिल्लोपटक पनि तत्कालीन गभर्नर युवराज खतिवडाले राजनीतिक भागबण्डाका आधारमा दुई डेपुटी गभर्नर नियुक्त गरेका थिए। अहिले पनि त्यही पुनरावृति हुने सम्भावना बढेको राष्ट्र बैंकका कर्मचारी बताउँछन्। निबर्तमान डेपुटी गभर्नर काफ्ले कांग्रेस र अधिकारी एमालेनिकट थिए।

गभर्नर नेपालले सिफारिस गरेका चारमध्ये दुईजनालाई सरकारले डेपुटी गभर्नरमा नियुक्त गर्नुपर्ने कानुनी व्यवस्था छ। गभर्नर नेपाली कांग्रेसनिकट भएकाले एकजना नेपाली काग्रेस र अर्को अन्य मुख्य दल नेकपा एमाले वा एमाओवादीनिकटलाई डेपुटी गभर्नर बनाउने पक्कापक्की भएको राष्ट्र बैंकका कर्मचारी बताउँछन्।

राष्ट्र बैंक ऐनले अहिले कायम रहेका १६ कार्यकारी निर्देशकलाई डेपुटी गभर्नर बन्न बराबरी योग्यता दिएको छ। कहिलेकहीँ वरिष्ठताका आधारमा डेपुटी गभर्नर नियुक्त गर्नुपर्ने आवाज उठे पनि गभर्नरले राजनीतिक आस्थाका आधारमा सिफारिस गर्ने गरेका छन्।

डेपुटी गभर्नरमा आफ्नो मान्छे ल्याउन राष्ट्र बैंकका कर्मचारी युनियनहरु पनि लागिपरेको स्रोतले बतायो। तर, ऐनमा गभर्नरको सिफारिसमा सरकारले नियुक्त गर्ने व्यवस्था भए पनि त्यो कर्मकाण्डी मात्रै हुने विज्ञ बताउँछन्। 'गभर्नरलाई सत्तारुढ दल त्यसमा पनि प्रधानमन्त्री र अर्थमन्त्री भएको दलको मान्छे डेपुटी गभर्नरमा ल्याउनुपर्ने दबाब छ,' स्रोतले भन्यो।

प्रतिक्रिया

केरा सुकेपछि किसान चिन्तित

केरा सुकेपछि किसान चिन्तित

चौमाला (कैलाली)- चौमाला–१ का किसान मीनबहादुर बमले राम्रो आम्दानी हुने जानकारीपछि १८ कट्ठा जमिनमा केराखेती सुरु गरे। २ लाख लगानी गरेर लगाएको पूरै केराको गुभो कुहिएर सुकेपछि उनको यति बेला...

लुनकरण दास चौधरी रहेनन्

लुनकरण दास चौधरी रहेनन्

काठमाडौं- उद्योगपति लुनकरण दास चौधरीको बिहीबार ९३ वर्षको उमेरमा राजधानीमा निधन भएको छ। लामो सयमदेखि मुटु र सुगर रोगका बिरामी चौधरी विश्वका अर्बपतिको समूहमा पर्न सफल चौधरी समूहका संस्थापक हुन्।

मलेसियाको विकल्प के?

मलेसियाको विकल्प के?

काठमाडौं- नेपाली कामदारको अवस्था बुझ्न गएको टोलीले मलेसियाको रोजगारीमा सोच्नुपर्ने बेला आएको जनाएपछि प्रश्न उठेको छ– सर्वाधिक नेपाली श्रमिक जाने गरेको मलेसियाको विकल्प के? मलेसियामा कामदार पठाउन छोड्ने हो भने...

दैनिक दुई अर्ब रेमिटेन्स

दैनिक दुई अर्ब रेमिटेन्स

काठमाडौं-विदेशमा बसेर आर्जन गर्ने नेपालीले औपचारिक माध्यमबाट दैनिक १ अर्ब ८० करोड रुपैयाँ स्वदेश पठाउने गरेको पछिल्लो तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्ममा...

पूर्वाधार कम्पनीबाट जोशीको राजीनामा

पूर्वाधार कम्पनीबाट जोशीको राजीनामा

काठमाडौं- काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गका लागि लगानी जुटाउन नसक्दा व्यवसायी कुशकुमार जोशीले नेपाल पूर्वाधार विकास कम्पनीको अध्यक्ष पदबाट राजीनामा दिएका छन्। चार वर्षभित्र निर्माण सक्ने गरी करिब तीन वर्षपहिले सरकारसँग सम्झौता...

ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण अवधि बढ्यो

ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण अवधि बढ्यो

काठमाडौँ-तराई मधेसको शीतलहर, अत्यधिक चिसो तथा विगत केही दिन पहिलेको रङ्गेली घटनाका कारण ढल्केबर– मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण सम्पन्न हुने समय एकाध दिन पर धकेलिएको छ।

सूचना प्रविधि कुम्भ मेला सुरु

सूचना प्रविधि कुम्भ मेला सुरु

काठमाडौं–२२औं संस्करणको सूचना प्रविधि कुम्भ मेला शुक्रबार काठमाडौंमा सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको सुबिसु क्यान इन्फोटेक १०१६ (इन एसोसिएसन विथ हुवावे) मा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स,...

२५ करोड लगानीमा तीनतारे होटल अमादब्लम

२५ करोड लगानीमा तीनतारे होटल अमादब्लम

काठमाडौं- विनाशकारी भूकम्प र भारतको नाकाबन्दीबाट प्रत्यक्ष मारमा परेको पर्यटन क्षेत्रले विस्तारै गति लिन थालेको संकेत होटल क्षेत्रको लगानीमा देखिन थालेको छ। पछिल्लो पटक राजधानीको गौशालामा २५ करोड रुपैयाँ लगानीमा...