Wednesday 19 Jestha, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

स्मिथको प्रस्ताव नकार्दा टेस्ट बराबर

(0 votes)
स्मिथको प्रस्ताव नकार्दा टेस्ट बराबर
सिड्नी- कप्तान स्टिभ स्मिथको तेस्रो टेस्टमा जित वा हारको नतिजा निकाल्ने प्रस्ताव उनका समकक्षीले अस्विकार गरेपछि अस्ट्रेलिया र वेस्ट इन्डिजबीचको खेल बराबरीमा टुंगिएको छ। अस्ट्रेलियन कप्तान स्मिथले जेसन होल्डरलाई दिनको बाँकी ७० ओभर खेलमा ३ सय ७० बनाउन सके खेल जित्ने प्रस्ताव राखेका थिए। तर, होल्डरले प्रस्ताव अस्विकार गरेका थिए। वर्षाका कारण टेस्टको तेस्रो र चौथोको दिन खेल हुन सकेन।

nepali-patro-may
तेस्रो तथा अन्तिम टेस्टअघि नै अस्ट्रेलियाले फ्रान्क वारेल ट्रफी २–० ले जितिसकेको थियो। शृंखला ३–० ले जित्न सके टेस्ट वरीयताको शीर्षस्थानमा चढ्ने अपेक्षासाथ स्मिथले प्रस्ताव राखेका हुन्। 'मैले उनीहरूलाई प्रस्ताव गरेको थिएँ। तर, उनीहरू त्यसमा तयार भएनन्। ७० ओभरमा ३ सय ७० रनको मैले प्रस्ताव गरेको थिएँ। मलाई लाग्छ त्यो एकदमै राम्रो प्रस्ताव थियो,' उनले भने, 'यदि प्रस्तावअनुसार अघि बढ्न सकेको भए सिड्नी क्रिकेट मैदानमा पाँचौं दिन केही राम्रो ब्याटिङ देख्न सकिन्थ्यो। तर, दुर्भाग्य उनीहरूले त्यो प्रस्ताव स्विकारेनन्।'

उनले थपे, 'हामी सबै खेल जित्ने प्रयास गर्न चाहन्छौं। त्यसका लागि यो एउटा राम्रो मौका हुन सक्थ्यो। समर्थकले पनि लक्ष्य पछ्याएको हेर्ने मौका पाउँथे।' क्रिकेटमा त्यस्तो प्रस्तावको नियम रहेकाले आफूले प्रशिक्षक डारेन लेहम्यानसँग सल्लाह गरेको बताएका थिए। 'नियमबारे जानकारी भएका लेहम्यान त्यस्तो गर्न मिल्ने बताएपछि मैले नतिजा आउने प्रस्ताव गरेको हँु,' स्मिथले भने, 'तर, उनीहरू त्यसमा तयार भएनन्। मौसम हाम्रो नियन्त्रणमा छैन। सिड्नीमा यो साता निराशाजनक मौसम रह्यो।'

होल्डरले पनि स्थिमले प्रस्ताव रखेको स्विकारे । तर, टोलीले शृंखलामा सबैभन्दा राम्रो प्रदर्शन गर्ने क्रममा ३ सय ३० रन बनाएकाले विपक्षी टोलीको प्रस्ताव अस्विकार गरेको जनाए। 'प्रस्ताव आएको सही हो। मैले टोलीसँग सल्लाह गरँे। तर, यो अवस्थामा हाम्रा लागि टोलीको उच्च प्रदर्शन महत्वपूर्ण हो,' होल्डरले भने, 'दिनेश रामदिनले एकदमै राम्रो प्रदर्शन गरे। हामीले उनको हौसला बढाउन आवश्यक थियो र त्यसले टोलीको मनोबल बढ्ने थियो।'

उनले लामो इनिङ खेल्नमा टोलीको ध्यान केन्द्रित रहेको बताए। 'हामीले जतिसक्दो लामो समय क्रिजमा बिताउने र ३ सय रन पूरा गर्ने लक्ष्य लिएका थियौं,' उनले भने, 'हामी त्यो लक्ष्यमा सफल भएका छौं।'

टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले पहिलो दिन ६ विकेट क्षतिमा २ सय ७ रन बनायो। दोस्रो दिन अर्को एक विकेट गुमाएर टोलीले स्कोर २ सय ४८ रनमा पुर्या्यो। त्यसपछि दुई दिन वर्षाका कारण खेल हुन सकेन। पाँचौं तथा अन्तिम दिन सबै बाँकी तीन विकेट गुमाउँदा टोलीको स्कोर ३ सय ३० रन बनेको थियो।

जवाफमा अस्ट्रेलियाले २ विकेट क्षतिमा १ सय ७६ रन बनाउँदा दिनको खेल सकियो र खेल बराबरीमा टुंगियो। ओपनर डेविड वार्नरले ८२ बलमा सबैभन्दा छिटो सिड्नी मैदानमा शतक पूरा गरे। १ सय ३ बल खेल्दै १ सय २२ रनमा अविजित वार्नरले ११ चौका र २ छक्का प्रहार गरे। ७ रन बनाउँदै उनलाई पिटर नेभिलले साथ दिए। जोए बर्नसले २६ र मिचेल मार्सले २१ रन बनाए। भ्रमणकारी टोलीका लागि दुवै विकेट जोमेल वारिकानले लिएका थिए।

प्रतिक्रिया

पेट्रोलिय पदार्थको मूल्य घटबढ हुने

पेट्रोलिय पदार्थको मूल्य घटबढ हुने

काठमाडौं— अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा उपभोक्तालाई मार नपर्ने गरी पेट्रोलियम पदार्थमा प्रतिलिटर थप ५ रुपैयाँ थप कर लगाउने घोषणा गरेर उपभोक्तालाई झुक्याएका छन्। मन्त्रीले भार नपर्ने बताए पनि निगमले...

क्यासिनो नियमावली संशोधन रोक्न माग

क्यासिनो नियमावली संशोधन रोक्न माग

काठमाडौं–विदेशी लगानीमा राजधानीको लाजिम्पाटमा सञ्चालित क्यासिनो मिल्लेनायर्स क्लबले विश्व व्यापार संगठनमा व्यक्त प्रतिबद्धताविपरीत 'क्यासिनो नियमावली २०७०' संशोधन गर्न भइरहेको गृहकार्य रोक्न सरकारसँग माग गरेको छ ।

द्विविधामा राष्ट्र बैंक : महँगी नियन्त्रण कि आर्थिक वृद्धि?

द्विविधामा राष्ट्र बैंक : महँगी नियन्त्रण कि आर्थिक वृद्धि?

काठमाडौं— सरकारले वितरणमुखी बजेट घोषणासँगै आर्थिक वृद्धिदर ६.५ प्रतिशत पु¥याउने तर मूल्यवृद्धि ७.५ प्रतिशत कायम राख्ने लक्ष्य लिएपछि नेपाल राष्ट्र बैंकलाई मौद्रिक नीति तय गर्नै समस्या परेको छ। नीतिमा महँगी नियन्त्रणलाई...

बजेटप्रति कर्णालीबासीको आक्रोश

बजेटप्रति कर्णालीबासीको आक्रोश

जुम्ला- तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको सरकारले कर्णालीको विकासलाई प्रभावकारी रुपमा अघि बढाउने नाममा कर्णाली विकास आयोग गठन गर्योन। त्यसपछि बनेका सरकारले आयोगलाई अपहरण गरी एउटा शाखामा खुम्च्यायो। जसको नेतृत्व राष्ट्रिय...

महँगी निम्त्याउने वितरणमुखी बजेट

महँगी निम्त्याउने वितरणमुखी बजेट

काठमाडौं- अर्थमन्त्री विष्णु पौडेलले शनिबार संसदमा १० खर्ब ४८ अर्बको बजेट पेस गरेका छन्। पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिइएको, सामाजिक क्षेत्रमा दिल खोलेर राज्यकोष वितरण गरेको र विकासका नाममा जताततै...

किसानलाई अनुदानै–अनुदान

किसानलाई अनुदानै–अनुदान

काठमाडौं–विगतमा सरकार र वैदेशिक सहयोगमा सञ्चालित कृषि परियोजनाको अनुदान कार्यक्रमले परिणाम दिन नसकेको गुनासो आइरहे पनि सरकारले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउन किसानलाई अनुदानै–अनुदानका कार्यक्रम ल्याएको छ । विगतका...

फास्टट्रयाक बनाउन १० अर्व विनियाेजन

फास्टट्रयाक बनाउन १० अर्व विनियाेजन

काठमाडौं-सरकारले काठमाडौं-तराई-मधेस फास्ट ट्रयाकको लागि १० अर्ब बजेट विनियोजन गरेको छ। यो अघिल्लो वर्षको बजेटभन्दा ९ अर्बले बढी हो । अघिल्लो वर्ष सरकारले एक अर्ब बजेट विनियोजन गरेको थियो। सरकारले...

तरकारी फलाउँदै पूर्वसभासद

तरकारी फलाउँदै पूर्वसभासद

नेपालगन्ज- पहिलो संविधानसभा संविधान नबनाइ विघटन भएपछि पट्टु थारु निराश भएर राजधानी काठमाडौंबाट घर फर्किए। उनी पहिलो संविधानसभा सदस्य थिए। संविधान सभा विघटन भएपछि उनको रोजाइ बन्यो कृषि। बाँके, बैजापुर–१, नवलपुरका...