Nepal Republic Media Pvt. Ltd.

epaper
Friday
Mar 12th

६ करोड रुपैयाँको सुन भित्रियो

smaller text tool iconmedium text tool iconlarger text tool icon
ऋषिकेश दाहाल, काठमाडौं, माघ २६- हाते झोला (ह्यान्डक्यारी) मार्फत् सोमबार आठ लाख डलर (करिब ६ करोड रुपैयाँ) बराबरको सुन नेपाल भित्रिएको छ। स्ट्यान्डर्ड चाटर्ड बैंक र सिद्धार्थ बैंकबाट दुई आयातकर्ताले २० किलोभन्दा बढी सुन नेपाल भित्र्याएका हुन्।

ह्यान्डक्यारीबाट सुन भित्रिएपछि स्थानीय बजारमा सुनको मूल्य केही घट्ने नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ। 'सुन आयात भएपछि दस ग्राममा छ सय रुपैयाँसम्म घट्नसक्छ,' संघका अध्यक्ष तेजरत्न शाक्यले भने।

प्रतितपत्रमार्फत् सुन ल्याउन सरकारले कडाइ गरेपछि ह्यान्डक्यारीबाट सुन भित्रिएको यो पहिलो पटक हो। बैंकिङ च्यानलमार्फत सुन ल्याउने प्रक्रियालाई सरकारले रोक लगाएपछि सुन डिलरहरुबीच ह्यान्डक्यारीबाट सुन ल्याउने या नल्याउनेमा अन्योल थियो। 'अब अरु डिलरले पनि सुन ल्याउन थाल्ने छन्,' शाक्यले भने, 'यसले अहिलेको अभाव हटाउन सहयोग गर्छ।'

सरकारले सुन आयातलाई निरुत्साहित गरेलगत्तै स्थानीय बजारमा सुनको अभाव बढेको थियो। यसले प्रतितोला सुनको मूल्य अन्तर्राष्ट्रिय बजारको तुलनामा एक हजार तीन सय रुपैयाँभन्दा महँगोमा कारोबार भइरहेको छ। सुन आयात बन्द भएको सार्वजनिक भएलगत्तै बजरमा यसको अभाव सुरु भएको थियो। 'सुन सजिलै पाइन्छ भन्नासाथ अब कारोबार कम हुन्छ,' शाक्यले भने।

सुन डिलरले दुई बैंकबाट टेलिग्राफिक ट्रान्सफर (टिटी) मार्फत २० किलो सुन भिœयाएका हुन्। दुवै डिलरले १० किलोभन्दा बढी परिमाणको सुन दुबईबाट ल्याएका छन्। एक डिलरले चार लाख डलरको टिटीबाट ह्यान्डक्यामार्फत् सुन ल्याइएको सिद्धार्थ बैंकले जनाएको छ। टिटीबाट नै स्ट्यान्डर्ड चाटर्ड बैंकमार्फत १३ किलो सुन ल्याइएको छ।

सुन व्यवसायीका अनुसार ह्यान्डक्यारीमार्फत् आएको सुनको मूल्य प्रतितपत्रमार्फत आएको भन्दा केही महँगोमै कारोबार हुन्छ। व्यवसायीका अनुसार ह्यान्डक्यारीबाट सुन ल्याउँदा डिलरको पासपोर्ट नम्बर, सुन लिएर आउन लागेको एयरलाइन्सको विवरण र सुनको परिमाणबारे भन्सार विभागमा पूर्व सूचना उपलब्ध गराउनुपर्छ। यसबाहेक सुन ल्याउन दुबई या हङकङ पुगेर ल्याउँदा सुनमा लागत बढ्छ। यसको असर उपभोक्ताले किन्ने सानो परिमाणको सुनमा समेत देखिन्छ।

ह्यान्डक्यारीमार्फत सुन आयात गर्न पाइने भएपनि बैंक ऋण उपलव्ध नहुँदा सबै डिलरले सुन ल्याउन सकेका छैनन्। 'अहिले हातमा रकम हुनेलेमात्र सुन ल्याउन सक्ने अवस्था छ, गहना बजारमा अहिले भित्रिएको सुन हारालुछ हुन्छ,' सुन डिलर निर्मलज्योति तुलाधरले भने, 'बैंक फाइनान्सबाट अरुले पनि सुन ल्याउन पाउने हो भने भाउ अझ तल झार्न सकिन्छ।'

ह्यान्डक्यारीबाट अहिले घटीमा १० किलो सुन ल्याउन सकिने व्यवस्था छ। तर, कति बढीमात्र ल्याउन पाउने भन्ने कुनै व्यवस्था छैन। सुन ल्याउने कोटा तोकेर बैंकिङ फाइनान्सबाट कारोबार गर्न दिएमा भाउ घट्नसक्ने उनले बताए।
ह्यान्डक्यारीबाटै सुन ल्याउँदा पनि सुनचाँदी व्यवसायी संघले भने आफ्नो सिफारिसबाटमात्र भिœयाउन पाउनुपर्ने तर्क अघि सारेको छ। 'सुन आयातलाई व्यवस्थित राख्ने हो भने हाम्रो सिफारिस अनुसार सुन ल्याउन दिनुपर्छ,' अध्यक्ष शाक्यले भने, 'बजारमा खपत हुनेभन्दा बढी सुन नल्याउन हामीले भूमिका खेल्न सक्छौं।'

पर्याप्त आयात नभएकाले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ तलतिर झर्दा पनि नेपाली बजारमा भने यसको भाउ धेरै घटेको छैन। अन्तर्राष्ट्रिय बजारमा सोमबार सुनको मूल्य प्रति औंस एक हजार ७० डलरमा कारोबार भएको छ। यो महिना सुनको भाउ घटेर एक हजार ६५ सम्म झरेको थियो। २००९ को डिसेम्बरमा सुनको अन्तर्राष्ट्रिय मूल्य प्रतिऔंस एक हजर दुई सय २६ डलरसम्म पुगेको थियो।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy

अर्थ

onlineversion

ब्लग

विजय राई "ड्याङ !" सातदोबाटो स्विमिङ पुलअगाडि एक्कासी ठूलो आवाजले म तर्सिएँ। आफ्नै साइडब...

- विजय राई

केशव थोकर पूर्व राजा रुद्रचण्डी महायज्ञमा आउने थाहा पाएर बिहान साढे दश बजेतिरै म पशुपतिनाथ...

- केशव थोकर

राजेन्द्र ज्ञवाली 'नेपालबाट आएको?' मैले सहमतिमा टाउको हल्लाउनासाथ उसले मेरो पेशा सोध्यो। मैले 'पत्...

- राजेन्द्र ज्ञवाली