Sunday 6 Poush, 2071 |
Menu

अर्थ

सरकारको ढुकुटीमा ५ अर्ब ५२ करोड डलर

(0 votes)
काठमाडौं — नेपाल राष्ट्र बैंकसँग वैशाख मसान्तसम्म ५ अर्ब ५२ करोड अमेरिकी डलर सञ्चिति पुगेको छ। शुक्रबार देशको १० महिनाको आर्थिक स्थिति समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै केन्द्रीय बैंकले भनेको छ- 'अमेरिकी डलरमा बैकिङ्ग क्षेत्रको कुल सञ्चिति २०६९ असारदेखि २०७० बैशाख मसान्तसम्ममा ११.२ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ५ अर्ब ५२ करोड पुगेको छ।'

राष्ट्र बैंकले वैशाख मसान्तमा कुल विदेशी विनिमय सञ्चिति रु. ४८३ अर्ब ३६ करोड पुगेको जनाएको छ। यो रकम २०६९ असार मसान्तको रु. ४३९ अर्ब ४६ रोडको तुलनामा १०.० प्रतिशतले बढी हो। बजारमा भारुको अभाव रहेको चर्चा चलिरहेका बेला केन्द्रीय बैंकले भने भारुको सञ्चिति पछिल्लो १० महिनामा बढेको उल्लेख गरेको छ। भारतीय मुद्रा सञ्चिति ४.५ प्रतिशतले वृद्धि भइ भा.रु. ६३ अर्ब १४ करोड सञ्चिति पुगेको राष्ट्र बैंकले जनाएको छ।

'आर्थिक वर्ष २०६९/७० को दश महिनासम्मको आयातलाई आधार मान्दा विदेशी विनिमय सञ्चितिको विद्यमान स्तरले १०.७ महिनाको वस्तु आयात र ९.३ महिनाको वस्तु तथा सेवा आयात धान्ने देखिन्छ', राष्ट्रबैंकले भनेको छ।

तेलको मूल्यो घट्यो, डलरभन्दा रुपैयाँ बलियो

राष्ट्र बैंकले पछिल्लो १० महिनामा अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्य घटेको र अमेरिकी डलर बलियो बनेको उल्लेख गरेको छ। 'कच्चा तेलको मूल्य २०६९ बैशाख मसान्तमा प्रति व्यारल अमेरिकी डलर १११.४० रहेकोमा २०७० बैशाख मसान्तमा ८.८ प्रतिशतले ह्रास भई प्रति व्यारल अमेरिकी डलर १०१.५७ पुगेको छ', प्रतिवेदनमा भनिएको छ।

पछिल्लो १० महिना अवधिमा अमेरिकी डलरभन्दा नेपाली रुपैयाँ बलियो बनेको राष्ट्रबैंकले उल्लेख गरेको छ। '२०६९ असार मसान्तको तुलनामा २०७० बैशाख मसान्तमा नेपाली रुपैयाँ अमेरिकी डलरसँग १.१ प्रतिशतले अधिमूल्यन भएको छ।'

अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ अमेरिकी डलरसँग १६.८ प्रतिशतले अवमूल्यन भएको थियो। २०७० बैशाख मसान्तमा अमेरिकी डलर एकको विनिमय दर रु. ८७.६१ पुगेको छ। २०६९ असार मसान्तमा उक्त विनिमय दर रु. ८८.६० रहेको थियो।

कुलो खन्न हजारौं किसान

कुलो खन्न हजारौं किसान

चिसापानी (कैलाली)-कर्णाली नदीको पानी खेतमा पुर्‍याउन कैलालीका १० हजारभन्दा बढी किसान रानी, जमरा, कुलरिया कुलो खन्ने काममा सक्रिय छन्। जंगलमै बास बसेर उनीहरुले काम गरिरहेका छन्। कैलालीको पूर्वी भेगका किसानले...

कुलो खन्न हजारौं किसान

कुलो खन्न हजारौं किसान

चिसापानी (कैलाली)-कर्णाली नदीको पानी खेतमा पुर्‍याउन कैलालीका १० हजारभन्दा बढी किसान रानी, जमरा, कुलरिया कुलो खन्ने काममा सक्रिय छन्। जंगलमै बास बसेर उनीहरुले काम गरिरहेका छन्। कैलालीको पूर्वी भेगका किसानले...

पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती

पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती

काठमाडौं– चौतर्फी दबाबपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती गरेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेअनुसार नघटाएको भन्दै विद्यार्थी संगठनले दबाब दिएपछि निगमको शुक्रबार बसेको सञ्चालक समिति...

मलमा १४० मिसम्याच

मलमा १४० मिसम्याच

विराटनगर-कृषि सामग्री कम्पनी लिमिटेड र मोरङका एक सय ४० सहकारी संस्थाले एउटै परिमाणको मल किनबेच विवरण आन्तरिक राजस्व कार्यालयमा फरक–फरक पेस गरेका छन्। एउटै परिमाणको मल खरिद र बिक्री मूल्य...

चिया खेतीमा विषादी प्रयोग घट्दै

चिया खेतीमा विषादी प्रयोग घट्दै

झापा-एक–डेढ वर्ष अघिसम्म आफ्नो बगानमा उत्पादित हरियो पत्ती कारखाना लिएर जान चिया किसान हच्किन्थे। ट्र्याक्टरबाट पत्ती झार्दाझार्दै विषादीको गन्ध ह्वास्सै आउँदा उद्योगीले मूल्य घटाइहाल्थे। किसानको बोली लगभग बन्द हुन्थ्यो। ‘बोलुँ...

आठ संस्थान ससर्त निजीकरण

आठ संस्थान ससर्त निजीकरण

काठमाडैं-बन्द अवस्थतामा रहेका आठवटा सार्वजनिक संस्थानलाई सर्त सहित निजिकरण गर्न उद्योग मन्त्रालय सहमत भएको छ। नेपाल सरकारको कम्तीमा ४९ प्रतिशत सेयर हुनेगरी व्यवस्थापन करारमा दिएर उद्योग संचालन गर्न मन्त्रालयले प्रकृया...

६ वर्षपछि निगमले नाफा कमाएर ऋण तिर्‍यो

६ वर्षपछि निगमले नाफा कमाएर ऋण तिर्‍यो

काठमाडौं- झण्डै ६ वर्षपछि नेपाल आयल निगम आफैले नाफा कमाएर इन्डियन आयल कर्पोरेसन र सञ्चय कोषको ऋण तिरेको छ। २०६५ सालमा निगम नाफामा जाँदा ऋण तिरेपछि निरन्तर घाटा बेहोर्दै आएको...

दोस्रो चिनियाँ जहाज बिहीबारबाट पोखरा उड्ने

दोस्रो चिनियाँ जहाज बिहीबारबाट पोखरा उड्ने

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चीनबाट अनुदानमा प्राप्त दोस्रो जहाजले बिहीबारबाट नियमित व्यापारिक उडान गर्ने भएको छ। यो जहाजको पहिलो गन्तव्य पोखरा रहेको छ। पोखराका लागि दैनिक दुई उडान...