Thursday 11 Baishak, 2071 |
Menu

अर्थ

नेप्से चार अंकले बढ्यो

(0 votes)
काठमाडौं – कारोबार भएका अधिकांश समूहका परिचसूचक बढेकाले नेप्सेको वृद्धिले बुधबार पनि निरन्तरता पाएको छ। कारोबार रकम दैनिक औसतभन्दा बढी छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से बुधबार ३.९१ अंकले बढेर ४९४.४९ कायम भएको छ।
नेप्से मंगलबार १.८५ अंकले बढेको थियो। यस दिन बिमा समूहको परिसूचक सबभन्दा धेरै (१६.९) अंकले बढेको छ। कारोबारमा ठूलो हिस्सा ओगट्ने वाणिज्य बैंक, जलविद्युत र विकास बैंक समूहले यसलाई पछ्याएका छन्। बजारकै ठूलो कम्पनी नेपाल टेलिकम सूचीकृत अन्य समूहको परिसूचक स्थिर छ। होटल र वित्त समूहको परिसूचक घटेको छ। उत्पादनमूलक र व्यापार समूहबाट यस दिन कुनै पनि कम्पनीको कारोबार भएन्। यस दिन ८१ कम्पनीको कारोबार भएकोमा ४८ कम्पनीको सेयर मूल्य बढेको छ। १६ कम्पनीको सेयर मूल्य स्थिर छ भने १७ कम्पनीको सेयर मूल्य घटेको छ। एनबी बैंक यस दिन सबैभन्दा धेरै (५८) पटक सेयर किनबेच भएको छ। कारोबार रकम (एक करोड ५५ लाख ५ हजार रुपैयाँ) का आधारमा नबिल बैंक अगाडि छ। किनबेच भएका सेयर संख्या ( एक लाख २९ हजार ७ सय २६ कित्ता) का आधारमा नबिल ब्यालेन्स फन्डले अग्रता लिएको छ। एक्सचेन्जका अनुसार बुधबार ८ सय ६४ कारोबारमा ८ करोड ५७ लाख ३८ हजार रुपैयाँ बराबरका तीन लाख ७१ हजार तीन सय ६० कित्ता सेयर किनबेच भएको छ। मंगलबार एक हजार ९१ कारोबारमा ६ करोड ८० लाख ३५ हजार रुपैयाँ बराबरका दुई लाख ६६ हजार नौं सय ३४ कित्ता सेयर किनबेच भएको थियो। नेप्सेमा दैनिक औसत ५ करोड रुपैयाँको सेयर किनबेच हुदै आएको छ। अरुण फाइनान्स, एनबी बैंक र स्वावलम्बन विकास बैंक यस दिन सेयर मूल्य बढ्ने कम्पनीको सूचीमा अगाडि छन्। टुरिज्म डेभलपमेन्ट बैंक, एभरेस्टको अग्राधिकार सेयर र एनआइडिसी क्यापिटल मार्केटको सेयर मूल्यमा उल्लेख्य गिरावट आएको छ। बुधबारको कारोबारबाट बजार पुँजीकरण चार खर्ब ८६ अर्ब रुपैयाँ कायम भएको छ। यो अघिल्लो दिनको तुलनामा चार अर्ब बढी हो। चार वर्ष अघि नेप्से उचाइमा पुगेका बेला बजार पुँजीकरण ६ खर्ब १२ अर्ब रुपैयाँ पुगेको थियो।
बाख्रापालनमा २३ लाख लगानी

बाख्रापालनमा २३ लाख लगानी

लमजुङ-सूर्यपाल गाविसका एक युवाले २३ लाख रुपैयाँ लगानीमा सुरु गरेको बाख्रापालन व्यवसाय सुरु गरेका छन्। सात वर्ष इजरायल बसे फर्केका सूर्यपाल–९ साहुडिहीका राजेन्द्र श्रेष्ठ यो व्यवसायबाट ‘सन्तोषजनक' आम्दानी लिन थालेको...

अर्को वर्षबाट धान र भटमास मिसन कार्यक्रम

अर्को वर्षबाट धान र भटमास मिसन कार्यक्रम

काठमाडौं-सरकारले आगामी आर्थिक वर्षबाट धान र भटमास मिसन कार्यक्रम सञ्चालन गर्ने भएको छ। यी वस्तुको आयात प्रतिस्थापनको उद्देश्यले कृषि विकास मन्त्रालयले आगामी आर्थिक वर्ष उक्त कार्यक्रम सुरु गर्ने योजना बनाएको...

फर्किन थाले आरोही

फर्किन थाले आरोही

सोलुखुम्बु- विश्वकै सर्वोच्च शिखर सगरमाथामा शुक्रबार बिहान अकस्मात आएको हिमपहिरोमा परी १३ जनाको मृत्यु भएपछि आधारशिविरभन्दा माथि गएका आरोहण दल फर्कन थालेका छन्। हिमपहिरोमा परी शिविर १ मा आरोहीका लागि...

उपभोक्ता ठगीमा सरकारको लाचारी

उपभोक्ता ठगीमा सरकारको लाचारी

काठमाडौं-ब्रान्डेड भन्दै नक्कली सामान खुलेआम बिक्री भइरहे पनि सरकारी निकाय मौन छन्। अनुगमन गर्ने निकायले नक्कली नियन्त्रणमा सक्रियता नदेखाउँदा उपभोक्ताले महँगो मूल्य तिरेर स्वास्थ्यमा प्रतिकुल असर गर्ने सामान किनिरहेका छन्।

घरेलु उद्योगमा महिला उत्साहित

घरेलु उद्योगमा महिला उत्साहित

काठमाडौं-पाँचथर ओयनकी उमाकुमारी गुरुङ काठमाडौं भृकुटीमण्डपमा चलिरहेको राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीमा व्यस्त छिन्। उनले आफ्नो स्टलमा राडीपाखी, कार्पेट, झोलालगायत ऊनबाट बनेका वस्तु राखेकी छन्।

विमानस्थलमा बत्ति गएपछि

विमानस्थलमा बत्ति गएपछि

काठमाडौं-युनाइटेड अरब इमिरेट्स (युएई) को सारजहाँबाट आएको एयर अरेबियाको एउटा जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने तयारीमा थियो। ९६ यात्रु बोकेको जहाजलाई चालकदलले अवतरण गराउनै लागेका थिए।

चिनियाँ जहाजले अनुमति पाएन

चिनियाँ जहाजले अनुमति पाएन

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चीनबाट नयाँ जहाज ल्याउन १० दिनमात्र बाँकी भए पनि त्यस्तो जहाजलाई नियामक निकाय नागरिक उड्डयन प्राधिकरणले भने हालसम्म अनुमति दिएको छैन।

विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

काठमाडौं-नेपाल विद्युत प्राधिकरणका कर्मचारीको मिलेमतोमा क्षेत्रीय कार्यालय, वितरण केन्द्र र शाखा कार्यालयबाटै ट्रान्सफर्मर चोरीका घटना बढ्न थालेका छन्। क्षेत्रीय तथा वितरण केन्द्र प्रमुखको गैरजिम्मेवारपन र प्रभावकारी सुरक्षा एवं अनुगमन नहुँदा...

DMC Firewall is a Joomla Security extension!