1 Falgun, 2072 |
Menu

अर्थ

istl

श्रम सम्झौताकालागि साउदी अरब सकारात्मक

  • शुक्रबार १ माघ, २०७२
  • महेश श्रेष्ठ
  • DISQUS_COMMENTS
(0 votes)
साउदी अरब-श्रम सम्झौताकालागि नेपाल र साउदी अरबबीच भएको बार्ता सकारात्मक भएको छ। नेपाल सरकारका तर्फबाट श्रम सचिव रामकुमार आचार्यको तीन सदस्यीय प्राविधिक टोलीले साउदी सरकारको डिपुटी मिनिष्टर तहसंग गरेको बार्ता सकरात्मक भएको राजदुत आनन्द शर्माले बताए।


nepalipatro-nagarik
गत आईतबार रियाद आईपुगेको सो टोलीले घरेलु महिला कामदार र श्रमिक पुरुषहरुका हकहितका सम्बन्धमा श्रम सम्झौता गर्नका लागि दुई दिन सम्म साउदी सरकारको उच्च तहमा बार्ता गरेको बताउँदै राजदुत शर्माले बार्ता सफल भएको जानकारी दिए।

श्रम सचिव आचार्यको नेतृत्वमा आएको टोली फर्किसकेको छ। सो टोलीले फर्कन अघि साउदी सरकारको श्रममन्त्रीसंग भेटघाट समेत गरेको थियो । नेपालबाट आएको सोटोलीमा परराष्ट्र मन्त्रालयका रमेशप्रसाद खनाल र श्रम तथा रोजगार मन्त्रालयका सह सचिव गोविन्दमणि भुर्तेल रहेका थिए ।

साउदी सरकारका डिपुटी मिनिष्ट्री तहको वार्तामा श्रम सहचारी कृष्णप्रसाद दवाडीले सहजिकरण गरेका थिए । साउदीमा गत ३ वर्षदेखि श्रम सहचारीका रुपमा कार्यरत दवाडीका अनुसार श्रम सम्झौता हुँदा अवैधरुपमा आएका घरेलु महिला कामदार र पुरुष श्रमिक नेपालीहरुको समस्यालाई कानुनी रुपमा समाधानगर्न मार्ग प्रशस्तहुने छ।

श्रम सम्झौता नहुँदा अवैध रुपमा भारत र दुवैबाट साउदी ल्याईएका महिलाहरुको समस्या सबैभन्दा जटिल हुने गरेको छ । अवैध रुपमा भित्राईएका कतिपय महिलाहरु श्रम शोषणमा पर्नसका साथै शारीरिक तथा मानसिक रुपमा समेत पीडित हुने गरेका छन्।

त्यसैगरी पुरुष कामदारहरु पनि कम्पनीसंग गरेको सम्झौता विपरित भई पीडित हुँदा समयमा घर फर्कन नपाउने, तलब भुक्तानी समयमा नपाउने, सम्झौता अनुसारको तलब नदिईने, फरक काममा लगाउने लगायतका समस्या भोग्नु परेको छ । त्यसैगरी कामदारहरुको मृत्यु हुँदा कानुन बमोजिम लास पठाउन समेत कठिनाई हुने गरको छ।

साउदी अरबम घरेलु कामदारका रुपमा महिलाहरु कति कार्यरत छन् सोको कुनै यकिन संख्या छैन। वैदेशिक रोजगार विभागको पछिल्लो तथ्यांकअनुसार श्रम स्वीकृती लिएर साउदी अरब गएका नेपाली पुरुष श्रमिकहरुको संख्या ६ लाख २७ हजार ५९० रहेको छ।

प्रतिक्रिया

अमेरिका त्यागेर गाईपालन

अमेरिका त्यागेर गाईपालन

तिलोत्तमा (भैरहवा)- प्राविमा स्थायी शिक्षक। हातमा अमेरिकाको भिसा। समाजशास्त्रमा स्नातकोत्तर। सुखद भविष्यका थुप्रै अवसर सामुन्ने थिए। तर, उनले ती सबै त्यागिदिए। बसेनन् अमेरिका। बरु स्वदेशमै व्यावसायिक गाईपालन सुरु गरे।

शुक्रबार बाँडिएन पेट्रोल, शनिबार निजी सवारीले पाउने (पम्पको सूची)

शुक्रबार बाँडिएन पेट्रोल, शनिबार निजी सवारीले पाउने (पम्पको सूची)

काठमाडौं– नेपाल आयल निगमले जुनसुकै लटका निजी मोटरसाइकल, स्कुटर र निजी तथा सार्वजनिक चार पाङ्ग्रे सवारी साधनलाई शनिबार पेट्रोल वितरण गर्ने भएको छ।

महिला पछ्याउँदै दलाल

महिला पछ्याउँदै दलाल

काठमाडौं- पतिसँग सम्बन्धविच्छेद गरेपछि सुनसरी, हसुनपुर–४ की मनिषा राईको चाहना वैदेशिक रोजगारीमा जाने थियो। यही चाहना पूरा गर्ने सिलसिलामा उनको थुप्रै मेनपावर र एजेन्टसँग भेट भयो।

पेट्रोलियम पदार्थको हाहाकार  कायमै

पेट्रोलियम पदार्थको हाहाकार कायमै

झापा–भारतीय बजारबाट सहजै इन्धन भित्रिरहे पनि झापामा पेट्रोलियम पदार्थको हाहाकार यथावतै छ। यातायात व्यवसायीले आयल निगम र पेट्रोलियम व्यवसायीले नियतवश कृत्रिम अभाव देखाएर तस्करी धन्दालाई प्रोत्साहित गरेको आरोप लगाएका छन्।

भ्यालेन्टाइन डेमा ठमेल रातभर खोल्ने तयारी

भ्यालेन्टाइन डेमा ठमेल रातभर खोल्ने तयारी

काठमाडौं– प्रत्येक वर्षको फेब्रुअरी १४ तारिकमा विश्वभर मनाउने गरिएको भ्यालेन्टाइन डे(प्रणय दिवस)का दिन यस वर्ष काठमाडौंको मुख्य पर्यटकीय क्षेत्र ठमेल रातभर खोल्ने तयारी भइरहेको छ।

एउटा इन्जिन मर्मतमा ५० करोड खर्चंदै निगम

एउटा इन्जिन मर्मतमा ५० करोड खर्चंदै निगम

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको आफ्नो बोइङ जहाजको एक थान इन्जिन पूर्णमर्मत (ओभरहल) गर्न करिब ५० करोड रुपैयाँ खर्च गर्ने भएको छ।

लोडसेडिङ कम गर्न फागुन ४ देखि ८० मेगावाट विद्युत् आयात गरिने

लोडसेडिङ कम गर्न फागुन ४ देखि ८० मेगावाट विद्युत् आयात गरिने

काठमाडौं– ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणले फागुन ४ गतेदेखि ८० मेगावाट विद्युत् आयात गर्ने तयारी गरेको जनाएको छ।

रक्सौलबाट ९५ ट्यांकर इन्धन

वीरगन्ज–संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सीमा नाकामा जारी राखेको अवरोध हटेसँगै रक्सौलस्थित इन्डियन आयल कर्पोरेसनको डिपोबाट वीरगन्ज नाका भएर इन्धन भित्रिने अनुपात बढ्दो क्रममा छ। वीरगन्ज नाकाबाट मंगलबार ९५ ट्यांकर भित्रिएका...