काठमाडौं, फागुन २९ (नागरिक) - इम्पेरियल फाइनान्सले गत वर्षको नाफाबाट सेयरधनीलाई २० प्रतिशत वोनस सेयर दिने निर्णय गरेको छ।
फाइनान्सको शुक्रबार सम्पन्न चौथो वार्षिक साधारण सभाले गत वर्षको नाफाबाट २० प्रतिशत वोनस सेयर दिने निर्णय गरेको हो। गत वर्ष यो फाइनान्सले २ करोड २० लाख रुपैयाँ नाफा गरेको थियो।
फाइनान्सका अध्यक्ष माधबलाल श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभाले गत वर्षको आर्थिक प्रतिवेदनलाई पारित गरेको छ।
प्रतिक्रियाहरू (0)


Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook





