Nepal Republic Media Pvt. Ltd.

Friday
Jul 30th

नेप्से झन् घट्यो

smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौं, फागुन २६ (नागरिक)- सेयर बजार परिसूचकसँगै कारोबार रकम घट्ने क्रम जारी छ।

लगानीकर्ताले ठप्प पारेपछि खुलेको बजारमा अघिल्ला दिनहरुमा परिसूचक र कारोबार सुधार देखिए पनि पछिल्लो समयमा निरन्तर घटेको छ। यसलाई विश्लेषकहरुले नकारात्मक संकेतका रुपमा लिएका छन्। कारोबार रकममा निरन्तर घट्नुले लगानीकर्ता बजारबाट बाहिरिएको देखाउने एक विश्लेषकले बताए।

लगानीकर्ताको माग पुरा भएपछि कारोबारमा सुधार आउने अपेक्षा गरिएको थियो। 'बजार परिसूचक घट्ने - बढ्ने नियमित प्रक्रिया हो तर कारोबार रकम निरन्तर घट्नुलाई गम्भिर रुपमा लिनुपर्छ,' उनले भने। लगानीकर्ताका माग पुरा भएपछि कारोबारमा सुधार आउने अपेक्षा गरेकालाई यो प्रवृत्तिले निराश बनाएको छ।

बजार खुलेलगत्तै बजार परिसूचक तीन दिनसम्म बढेको थियो। ती दिनमा ६ करोडको हाराहारीमा सेयर किनबेच भएको थियो। चौंथो दिनदेखि नेप्से घट्न थालेको भएपनि कारोबार रकम घटेको थिएन।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से बुधबार ११ दशमलव १ अंकले घटेर ४ सय दशमलव ८९ मा आइपुगेको छ। यो मंगलबार ३ दशमलव ८१ अंकले घटेको थियो।

नेपाल टेलिकमसहित वाणिज्य बैंक, विकास बैंक र वित्त समूहको परिसूचक घटेकाले नेप्सेमा नकारात्मक प्रभाव परेको हो। सबभन्दा उच्च अंकले अन्य समूहको परिसूचक घटेको छ। नेपाल टेलिकमको सेयर मूल्य प्रति कित्ता ३६ रुपैयाँ घटा अन्य समूहको परिसूचक ४२ दशमलव २९ अंकले घटेको हो।

जलविद्युतको समूहको परिसूचक मात्र यस दिन बढेको छ। चिलिमे हाइड्रो पावरको सेयर मूल्य बढेकाले समूहको परिसूचक बढेको हो। नेसनल हाइड्रोको सेयर मूल्य भने घटेको छ।

एक्सचेन्जका अनुसार बुधबार औसतभन्दा कम रकमको कारोबार भएको छ। यस दिन ९ सय ६३ कारोबारमा २ करोड ६२ लाख रुपैयाँ बराबरका ६१ हजार १ सय ८१ कित्ता सेयर किनबेच भएका छन्। मंगलबार १ हजार २ सय २३ कारोबारमा २ करोड ८६ लाख रुपैयाँ बराबरका ६४ हजार ८ सय १६ कित्ता सेयर किनबेच भएको थियो। चालु आर्थिक वर्षको पहिलो ७ महिनाको कारोबारलाई आधार मान्दा दैनिक औसत ३ करोड रुपैयाँको कारोबार हुने गरेको छ।

बुधबार कारोबार भएका ५८ कम्पनीमध्ये ९ को सेयर मूल्य बढेको, ११ को यथावत रहेको र ३८ को घटेको स्टक एक्सचेन्जले जनाएको छ।

मालिका विकास बैंकको यस दिन धेरै (१ सय ३) पटक सेयर किनबेच भएको छ। किनबेच भएका सेयर संख्या (५ हजार ४ सय ६०) को आधारमा सनराइज बैंक अगाडि छ। बढी रकम (३६ लाख ९८ हजार रुपैयाँ)को कारोबारका आधारमा बैंक अफ काठमान्डूले अग्रता लिएको छ।

नेपाल टेलिकम, अपि फाइनान्स र नेसनल हाइड्रो यस दिन उच्च दरमा सेयर मूल्य गुमाउने कम्पनीको सूचीमा अगाडि छन््। मालिका विकास बैंक, चिलिमे हाइड्रोपावर र पोखरा फाइनान्सको सेयर मूल्य उच्च दरमा बढेको छ। बुधबारको कारोबारबाट बजार पुँजीकरण ३ खर्ब ७८ अर्ब रुपैयाँ कायम भएको छ। यो अघिल्लो दिनको तुलनामा १० अर्ब रुपैयाँ कम हो।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

अर्थ

Nagarik Offer