Tuesday 26 Magh, 2072 |
Menu

अर्थ

istl

'नयाँ शक्ति' को तरंग

(0 votes)

एमाओवादी पार्टी परित्याग गरी नयाँ शक्ति निर्माण अभियानमा लागेका नेता डा. बाबुराम भट्टराईको नेतृत्वमा अन्तरिम केन्द्रीय परिषद सार्वजनिक भएको छ। एक हिसाबले भट्टराईको यो अभियानमा राष्ट्रिय जीवनका विविध क्षेत्रमा क्रियाशील व्यक्तिहरूको ३५ सदस्यीय परिषद सार्वजनिक हुँदा जमेको तलाउमा ढुंगा हान्दाको जस्तो तरंग पैदा भएको छ।

सम्पादकीय

Email This email address is being protected from spambots. You need JavaScript enabled to view it.
nepalipatro-nagarik
संविधान जारी हुने बेला भट्टराईले पार्टी परित्याग गरेदेखि नै उनका गतिविधिमा सबैको ध्यान गइरहेकै छ । एमाओवादी बन्नुअघि तत्कालीन माओवादी पार्टीलाई नेतृत्व गरी 'दीर्घकालीन जनयुद्ध' को मार्गमा मुलुकलाई लैजानेमध्येका एक हुन् उनी । संविधान जारी भएपछि एउटा चरण पूरा भएको ठान्ने उनले मुलुकलाई अब कुनै सिद्धान्त वा वादमा नअल्झिएको राजनीतिक शक्तिको आवश्यकता महसुस गरेको पटक–पटक बताउँदै आएका छन् । सायद उनका यी भनाइमा विश्वास गर्दै हिजो स्वतन्त्र रुपमा पेसा गर्दै आएका, निजामती, प्रहरी र अन्य सार्वजनिक क्षेत्रमा क्रियाशील भएका व्यक्तिसमेत अभियानमा सरिक भएको देखिएको छ । कुनै राजनीतिक वादको दलदलमा यो शक्ति फस्दैन भन्ने आशा दिन एकहदसम्म यो सफल भएको छ ।

मुलुकमा प्रजातन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा सर्वसाधारणले जुन सुखको परिकल्पना गरेका थिए, त्यो अहिलेसम्म उदाउन सकेको छैन । राजाको शासन गएपछि जनताका छोराछोरीले गर्ने शासनबाट साँच्चिकै यो मुलुकमा कायाकल्प हुन्छ भन्ने सपनामा पनि तुषारापात भयो । अझ दलका तर्फबाट आसेपासे र कार्यकर्ता पोस्ने पद्धति यो मुलुकमा अवलम्बन भएको प्रस्ट भइसकेको छ । राज्यका कुनै निकायमा नियुक्ति पाउन, ठेक्कापट्टा लिन वा काम गर्न गर्न कुनै न कुनै दल र त्यसका नेताको आशीर्वाद लिनै परेपछि पुराना राजाका अभ्यास अहिलेका 'छोटे राजा' हरूबाट भइरहेको अनुभूत हुन्छ । प्रजातन्त्र भनेको गुणवत्ताका आधारमा निर्णय हुने र योग्यताअनुरुपको जिम्मेवारी पाउने शासन हो । हामीकहाँ प्रजातन्त्रको एउटा विकृत अभ्यास भइरहेको छ । यसले आम जनमानसमा निराशाबाहेक केही दिएको छैन । त्यसमा पनि मुलुकमा आएका परिवर्तनसँगै सर्वसाधारणले चैयनको सास फेर्न पाएका छैनन् । भ्रष्टाचार, अनाचार, नातावाद, कृपावादको नांगो नृत्य भइरहेको छ । यस्तो बेला बेलगाम भइरहेकालाई धक्का दिन सक्ने कुनै नयाँ राजनीतिक शक्तिको उदय होस् भन्ने अपेक्षा सर्वसाधारणमा छ । शान्तिपूर्ण प्रतिस्पर्धा गर्ने र मुलुकमा परिवर्तनको आभास दिने शक्तिबीच प्रतिस्पर्धा नहुने हो भने अहिलेको निराशाले निकास पाउँदैन ।

त्यही भएर समाजमा राम्रा व्यक्तिहरू राजनीतिमा आऊन् भन्ने अपेक्षा चौतर्फी छ । अबको नेपालले प्रजातन्त्र मासेर तानाशाही व्यवस्थातर्फ पाइला चाल्न सक्दैन । प्रजातन्त्रमा देखिएको विकृति फाल्न सक्ने आँट बोकेर कोही आउँछ भने सर्वसाधारणले नाइँ भन्न नसक्ने स्थिति आउँछ । भट्टराईको नयाँ शक्तिले अहिल्यै आशा दिइनहाले पनि त्यसले नागरिक जीवनमा प्रभावकारी भूमिका निर्वाह गरेका व्यक्तिलाई आकर्षित गरेको छ । अहिले शासनसत्तामा रहेका एमाले, एमाओवादी, विपक्षमा रहेको कांग्रेस र तराई–मधेस केन्द्रित दल सबैले कुनै न कुनै रुपमा आम जनमानसको अपेक्षामा कुठाराघात गरेका छन् । तिनले अहिल्यैदेखि बदलिन र जनतालाई सन्तुष्ट पार्न कोसिस थालेनन् भने नयाँ आउने शक्तिहरूले उछिन्न पनि सक्छन् । यो धर्तीमा निर्विकल्प कोही पनि छैन । अहिलेसम्म मुख्य दलहरूलाई हामीले गरेपछि जे पनि हुन्छ भन्ने लागिरहेको छ । परिस्थिति अहिलेजस्तै रहिरहन सक्दैन । भारतको नयाँदिल्लीमा उदाएको अरबिन्द केजरीवालको आम आदमी पार्टी यसको उदाहरण हो । र, मुख्य दलहरूले सर्वसाधारणको चित्त धेरै दुखाइसकेका हुनाले राम्रो नीति तथा कार्यक्रम लिएर आउने र काम गर्न सक्ने अन्य दलका निम्ति पनि मार्गप्रशस्त भइरहेको समय हो यो । भट्टराईले हिजो आफूले हिँडेको बाटोभन्दा भिन्न मुलुकको आर्थिक समृद्धिका निम्ति अघि बढ्ने बाटो तय गरे भने पक्कै पनि त्यसले उनीप्रति आकर्षण थप्नेछ। त्यति मात्र होइन, नयाँ राजनीतिक मार्गचित्र लिएर हिँड्न अरू पनि धेरै समूह तयार हुँदै गएको देखिन्छ। असल मानिस मुलुकलाई समृद्ध बनाउन अघि बढे भने राजनीति 'फोहरी खेल' नभई मूल नीति बन्न पुग्छ।

प्रतिक्रिया

चक्रपथ विस्तार कहिलेसम्म?

चक्रपथ विस्तार कहिलेसम्म?

काठमाडौं- निर्माण अवधि साढे २ वर्ष (७७.५ प्रतिशत) भन्दा बढी सकिँदासम्म काठमाडौं चक्रपथ विस्तारको कामले गति लिन सकेको छैन। गत वैशाख १२ को भूकम्पलगत्तै रोकिएको काममा भारतले गरेको नाकाबन्दीले थप...

२० लाख श्रमिक, सय कर्मचारी

२० लाख श्रमिक, सय कर्मचारी

काठमाडौं— पाँच लाख जनसंख्या रहेको कुनै जिल्लामा सेवा दिन सरकारको कस्तो संयन्त्र क्रियाशील हुन्छ ? सबैलाई थाहा छ– शान्ति सुरक्षा कायम राख्न प्रहरी, सेनादेखि लिएर सयौं कर्मचारी हुन्छन् । एउटै...

काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गः सिन्को नभाँची ३२ करोड झ्वाम

काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गः सिन्को नभाँची ३२ करोड झ्वाम

काठमाडौं— काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्ग निर्माण गर्न संकलित रकममध्येको करिब ९० प्रतिशत रकम खर्च भइसकेको छ । आयोजना बनाउने जिम्मा पाएको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड (एनपिबिसिएल) को तीन वर्षको खर्च...

केरा सुकेपछि किसान चिन्तित

केरा सुकेपछि किसान चिन्तित

चौमाला (कैलाली)- चौमाला–१ का किसान मीनबहादुर बमले राम्रो आम्दानी हुने जानकारीपछि १८ कट्ठा जमिनमा केराखेती सुरु गरे। २ लाख लगानी गरेर लगाएको पूरै केराको गुभो कुहिएर सुकेपछि उनको यति बेला...

लुनकरण दास चौधरी रहेनन्

लुनकरण दास चौधरी रहेनन्

काठमाडौं- उद्योगपति लुनकरण दास चौधरीको बिहीबार ९३ वर्षको उमेरमा राजधानीमा निधन भएको छ। लामो सयमदेखि मुटु र सुगर रोगका बिरामी चौधरी विश्वका अर्बपतिको समूहमा पर्न सफल चौधरी समूहका संस्थापक हुन्।

मलेसियाको विकल्प के?

मलेसियाको विकल्प के?

काठमाडौं- नेपाली कामदारको अवस्था बुझ्न गएको टोलीले मलेसियाको रोजगारीमा सोच्नुपर्ने बेला आएको जनाएपछि प्रश्न उठेको छ– सर्वाधिक नेपाली श्रमिक जाने गरेको मलेसियाको विकल्प के? मलेसियामा कामदार पठाउन छोड्ने हो भने...

दैनिक दुई अर्ब रेमिटेन्स

दैनिक दुई अर्ब रेमिटेन्स

काठमाडौं-विदेशमा बसेर आर्जन गर्ने नेपालीले औपचारिक माध्यमबाट दैनिक १ अर्ब ८० करोड रुपैयाँ स्वदेश पठाउने गरेको पछिल्लो तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्ममा...

पूर्वाधार कम्पनीबाट जोशीको राजीनामा

पूर्वाधार कम्पनीबाट जोशीको राजीनामा

काठमाडौं- काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गका लागि लगानी जुटाउन नसक्दा व्यवसायी कुशकुमार जोशीले नेपाल पूर्वाधार विकास कम्पनीको अध्यक्ष पदबाट राजीनामा दिएका छन्। चार वर्षभित्र निर्माण सक्ने गरी करिब तीन वर्षपहिले सरकारसँग सम्झौता...