25 Baishak, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

माघी मनाउनुको अर्थ

(0 votes)
सबै कुराको कार्यमूल्यांकन गरिन्छ र मूल्यांकन गर्ने सबैको आफ्नै तरिका हुन्छ। कसैले पर्व मानाएर गर्छन्, कसैले गुपचूपमा। तर यो कार्य सबै व्यक्ति, परिवार, संस्था समुदायले गर्छन्। कार्यमूल्यांकनले सबैको जीवनमा विशेष अर्थ राख्छ, त्यसैले यो धेरै महत्वपूर्ण छ। त्यसैगरी थारू समुदायमा माघ १ गतेले विशेष महत्व राख्छ। यसर्थमा कि कार्यमूल्यांकन, नयाँ कार्यको थालनी, खोजीनीति गर्ने र सफल–असफल पक्ष केलाउने, पुराना रिसराग बिर्सिएर पुनः सुमधुर सम्बन्धका लागि भातृत्व कायम गर्ने र वर्षभरिको दुःख–सुख साटेर रमाइलो गर्ने।

nepalipatr-april
पुस्तौंदेखि यो प्रक्रिया चलिआएको छ। यो वर्ष अरु वर्षको माघीभन्दा विशेष र भिन्न छ। त्यसैले ऐतिहासिक छ। देशले नेपालको संविधान २०७२ पाएको छ। संघीय लोकतान्त्रिक गणतन्त्र पाएको छ। यो खुद नाफासँगै देशका जनताले भूकम्प, कालोबजारी, नाकाबन्दी, राजनीतिक अस्थिरता, जम्बो मन्त्रिमण्डल, महिलामैत्री सरकारलगायतका बोनस नाफा पनि पाएको छ। तसर्थ यातिका धेरै काम कारबाहीको मूल्यांकन गर्ने जिम्मेवारी नेपालको ठूलो भूभाग आगटेर बसेका थारूहरुको पनि छ। थारूहरु नेपालको संविधानले आफ्नो माग र मुद्दालाई राम्रोसँग सम्बोधन नगरेको भन्दै असन्तुष्ट भई पाँच महिनादेखि आन्दोलित छन्। त्यसैले थारूहरुको आफ्नै आन्तरिक र बाह्य दुइटै कुराको मूल्यांकन गरी भावी कार्यदिशाको खाका निर्माणका लागि कोशेढुंगा बनाउन यो माघी ऐतिहासिक छ।

पुस्तांैदेखि माघी मानाउँदै आए पनि थारूहरुले पछिल्लो समयमा संगठित भएर माघी पर्व मानाउन थालेका छन्। उपत्यकालगायत देशका मुख्य सहरमा माघी पर्वलाई महोत्सवकै रूपमा मनाइएको पाइन्छ। कला संस्कृतिमा धनी थारूहरुको उक्त महोत्सवले देश/विदेशका पाहुनालाई आकर्षित गरी आर्थिक, सांस्कृतिक र पर्यटन विकासमा सिंगो देशलाई टेवा पुर्यातएको छ। यति हुँदाहुँदै पनि राज्यले अझै थारूले राष्ट्र निर्माणका लागि गरेको योगदानको अवमूल्यन गरेको अनुभव हुन्छ। नत्र तराईका २२ जिल्लामा बसोबास गर्ने यो समुदाय करिब १५० दिनदेखि आन्दोलनरत् छ तर अहिलेसम्म सरकारले किन वास्ता गरेको छैन?

यो मूल्यांकनको बेला पनि हो थारू समुदायको। वर्षभरिको आत्ममूल्यांकन, कार्यमूल्यांकन गरी निचोड निकाल्ने बेला हो। सुखद् अनि दुःखद पक्ष केलाउने बेला हो। सन्तुष्ट पक्ष र रुष्ट पक्षलाई एक ठाउँमा राखेर मध्यस्थता गर्ने बेला हो। जसरी मुलुकका सबै गतिविधि मूल्यांकन गरी आगामी बाटो तय गर्न सरकार पन्छन पाउँदैन, त्यसैगरी आफ्नो परिवारका यी सब अभिभाराबाट थारू पनि पन्छन मिल्दैन यतिबेला। आफ्नो परिवार वा समुदायको विकास गर्ने कि विनास भन्ने मार्ग पहिल्याउने पर्व पनि हो यो।

माघी वर्षको एक चोटि आउँछ आफ्नो ब्यस्ततालाई थाँती राखेर सबै हर्षोल्लासका साथ माघी मनाइराख्दा अलिकति समय निकालेर अब राम्रो कामका लागि अनि आफ्नो कामका लागि यो वर्षको माघी पर्वदेखि केही गर्छु भन्ने थालनी पनि होस्। वर्षभर गरिएका काम अनि सफल कार्यलाई अझै अगाडि बढाउँदै असफल पाटो केलाउँदै त्यसलाई परिपूर्ति गर्नका निमित्त बाटो पहिचान गरिनुपर्छ। आन्तरिक मनमुटावहरु बिर्सिंदै नयाँ सम्बन्धका लागि यो पर्वलाई त्यो सुमधुर वातावरण बनाउने अवसरमा परिणत गर्न सक्नुपर्छ अनिमात्र पुर्खाले छाडेका माघी नामक नासोको सार्थकता पुष्टि हुन्छ। यो पर्व मनाउनुको उद्देश्य परिपूर्ति हुन्छ र माघी पर्वको महत्व पनि झल्किरहनेछ। जुन सोच, विचार र उद्देश्यले यो पर्व मनाइँदै आइएको छ, त्यसको औचित्य कायम गर्दै आफूमा थप ऊर्जा प्रदान गर्ने वातावरण सिर्जना गर्नुपर्छ। अनिमात्र अरु समुदायले समेत माघीको प्रशंसा गर्ने अवस्था बन्न सक्छ।

प्रतिक्रिया

खाडीको घरेलु काममा महिला जान पाउने

खाडीको घरेलु काममा महिला जान पाउने

काठमाडौं- खाडी मुलुकमा घरेलु काममा महिला पठाउन लगाइएको प्रतिबन्ध अढाइ वर्षपछि फुकुवा भएको भएको छ। महिलालाई घरेलु काममा खाडी पठाउन हुन्छ र हुँदैन भन्ने विवादबीच बिहीबार श्रम तथा रोजगार मन्त्रालयले...

६ महिना थन्किएको चिनियाँ जहाज बन्यो

६ महिना थन्किएको चिनियाँ जहाज बन्यो

काठमाडौं- गएको ६ महिनादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको एउटा चिनियाँ जहाजले बल्ल उडान गर्ने भएको छ। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चीनमा निर्मित १८ सिट क्षमतायुक्त 'वाई१२–ई' सिरिजको जहाजलाई आगामी...

आर्थिक वृद्धि ऋणात्मक

आर्थिक वृद्धि ऋणात्मक

काठमाडौं— चालू आर्थिक वर्षमा अर्थतन्त्र खुम्चिएर झन्डै नकारात्मक हुने अनुमान गरिएको छ। केन्द्रीय तथ्यांक विभागले मंगलबार सार्वजनिक गरेको अर्थतन्त्र अनुमानअनुसार चालु आर्थिक वर्षमा ०.७७ प्रतिशतले मात्र आर्थिक वृद्धि हुन्छ ।...

सत्ता फेरिने 'हल्ला'ले कर्मचारी तनावमा

सत्ता फेरिने 'हल्ला'ले कर्मचारी तनावमा

काठमाडौं- नयाँ संविधानको उत्साहमा सरकार यस वर्ष साबिकभन्दा छिटो वार्षिक बजेट ल्याउने तयारीमा छ। बजेट बनाउन व्यस्त अधिकारी भने दिनहुँ सरकार परिवर्तनको 'हल्ला'ले तर्सन्छन्। किनकि, छिट्टै सरकार फेरिए उनीहरूलाई कम्तीमा...

लामो खडेरीले किसानलाई सकस

लामो खडेरीले किसानलाई सकस

काठमाडौं- लामो खडेरीले खाद्यान्न, तरकारी, फलफूल र नगदे बालीमा क्षति पुग्दा किसानलाई करिब ११ अर्ब रुपैयाँ क्षति पुगेको छ। हजारौं हेक्टर क्षेत्रफलमा लगाएको बालीनाली नष्ट भएको छ भने उत्पादनमा भारी...

६० हजार युवायुवतीको कोरिया सपना

६० हजार युवायुवतीको कोरिया सपना

काठमाडौं- बिबिएसमा ५७ प्रतिशत अंक ल्याएपछि काभ्रेकी प्रमिला लामाले जिन्दगीमा ठूलो उपलब्धि हासिल गरेको ठानिन्। अधिकांश साथी–भाइ, आफन्तले स्नातक तहमा राम्रै अंक ल्याएकाले जागिर पाउन कुनै अप्ठेरो नहुने भन्दै लामालाई फुरुंग...

खडेरीले खेतबारी खङ्ग्रङ्ग

खडेरीले खेतबारी खङ्ग्रङ्ग

झापा–बोटले थामिनसक्नु गरी लागेका आँपका चिचिला धमाधम झर्न थालेका छन् । लिचीको हालत पनि उस्तै छ । सधैँ यतिबेला खेतबारीमा हरियै भएर मौलाउने मकैका बोट ओइलाउँदैछन् । चिया बगानमा अरुबेला...

'नेपालको पर्यटन अकासिँदै छ'

'नेपालको पर्यटन अकासिँदै छ'

उपल मजुमदार मुलुकको सबैभन्दा जेठो र पहिलो डिलक्स पाँचतारे होटल सोल्टी क्राउन प्लाजाका महाप्रबन्धक हुन्। उनी दुई दशकदेखि पर्यटन उद्योगमा छन्। विनाशकारी भूकम्प र नाकाबन्दीमा पनि सोल्टीको व्यापारलाई थामेका उनी...