28 Ashad, 2071 |
Menu

अर्थ

२२ लाखको टेलिभिजन नेपालमा

(0 votes)
२२ लाखको टेलिभिजन नेपालमा
काठमाडौं -सबैभन्दा ठूलो टेलिभिजन निर्माण गरेर विश्व रेकर्ड कायम गरेको एलजीको ८४ इन्चको अल्ट्रा एचडी टिभी नेपाली बजारमा भित्रिएको छ। २२ लाख रुपैयाँ मूल्य पर्ने उक्त टेलिभिजन नेपालका लागि एलजीको आधिकारिक बिक्रेता सिजी इलेक्ट्रोनिक्सले बिहीबार राजधानीमा एक कार्यक्रम गरी सार्वजनिक गरेको हो।
नेपाली बजारमा उपभोक्ताहरुले आकर्षक, ठूलो र विभिन्न सुविधा तथा विशेषताको टिभी माग गरेका कारण एलजीको स्मार्ट विशेषतायुक्त ८४ इन्चको टेलिभिजन भित्र्याइएको सिजीले जनाएको छ। घरमै थिएटरको मनोरञ्जन प्रदान गर्ने दाबी गरिएको एलजीको अल्ट्रा एचडी टिभीमा २.२ स्पिकर सिस्टम, स्मार्ट टिभीका गुण, थ्रिडी सिनेमा जस्ता महत्वपूर्ण विशेषता रहेको कम्पनीले बताएको छ। 

टेलिभिजन सार्वजनिक गर्दै चौधरी गु्रपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले उच्च गुणस्तरका टेलिभिजन हेर्न चाहने र घरमै थिएटरको मज्जा लिनेहरुका लागि यो टेलिभिजन उपयुक्त हुने बताए। एलजीसँग चौधरी ग्रुपको २५ वर्षको सहकार्यमा उसका सबै मोडल नेपाली बजारमा ल्याएको र विश्वको पहिलो सबैभन्दा ठूलो टेलिभिजन ल्याउँदा झन् खुसी लागेको उनले बताए। 
८४ इन्चको ठूलो स्त्रि्कनमा ४२ इन्चको ४ वटा टेलिभिजन बराबर दृश्य आउने यसमा ३८४०/२१६० को रिजोलुसन छ। त्रिपल एक्सडी इन्जिन रिजोलुसनको दृश्य टुडीबाट थ्रिडीमा अनुवाद गर्न मिल्ने विशेषता यसमा छ । डुअल प्ले रहेको टिभीमा रिमोट टु मोडमा पोइन्ट र जेस्चर, थि्र मोडमा ह्विल्स र फोर मोडमा भ्याइसको माध्यमबाट चलाउन मिल्ने सुविधा छ। वाइफाई स्क्रिन सेवा रहेको टिभीमा मोबाइललगायत अन्य डिभाइस र हार्डडिस्क कनेक्सन गरेर हेर्न मिल्ने विशेषता पनि छ। टिभीमा दुईवटा १० वाटको स्पिकर र त्यत्तिकै संख्यामा १५ वाटको उफर छन्। इन्टरनेटको सुविधा रहेको टिभीमा सामाजिक सञ्जाललगायत अन्य वेबसाइट सजिलै चलाउन मिल्ने र ल्यापटप, मोबाइल, ट्याब्लेट र फ्याल्स मेमोरीलाई सजिलै कनेक्ट गरेर प्रयोग गर्न सकिन्छ। 
एलजीको यो टिभी चाँडैनै सिजीले राजधानीका ठूला मल र एलजी सप मीनभवनमा प्रचारका लागि राख्ने कम्पनीले जनाएको छ।

घरमै थिएटरको आनन्द

लियो वाङ्ग,
निर्यात प्रबन्धक, एलजी इलेक्ट्रोनिक्स सिंगापुर

नेपाली बजारबाट यो टिभीप्रति कस्तो प्रतिक्रियाको अपेक्षा छ?

एलजीको अल्ट्रा एचडी प्रिमियम यो टिभी घरमै थिएटरको आनन्द लिने मनोरञ्जन पारखीका लागि हो। मलाई लाग्छ, लक्षित उपभोक्तासम्म यो पुग्छ।

 नेपालका लागि मूल्य उपयुक्त छ त?

राम्रो र गुणस्तरीय सामानका लागि उपभोक्ताले राम्रै मूल्य तिर्छन्। त्यसैले सर्वाधिक विशेषताले भरिएको यो टिभीको मूल्य पनि उचित छ। हामीले जसलाई लक्ष्य गरेर यो टिभी ल्याएका छौं, उनीहरुले पक्कै यो मन पराउँछन्।

 नेपालमा यसको बजार बढाउन कस्तो रणनीति हुन्छ त?

नेपालमा एलजीको लागि चौधरी ग्रुप छ, जसले विगतदेखि नै एलजीलाई साथ दिइरहेको छ। बजार रणनीतिका लागि उहाँहरुले गर्ने योजना नै शसक्त हुन्छ। हामीहरु उहाँहरुकै भरमा छौं।
योजनामाथि योजना, कार्यान्वयन फितलो

योजनामाथि योजना, कार्यान्वयन फितलो

पोखरा- पोखरालाई व्यवस्थित सहर बनाउन २०३१ सालमा बृहत् ग्ाुरु योजना बनेको थियो। त्यो योजनाको एउटा पाटो कार्यान्वयन हुँदा न्युरोडको बाटो फराकिलो बनेको छ। त्यसबाहेक त्यसको कार्यान्वयनमा खासै प्रगति भएन।

नेपालीको आय बढ्यो

नेपालीको आय बढ्यो

काठमाडौं- नेपाली अर्थतन्त्र सुधारका संकेतसँगै नेपालीको वार्षिक आम्दानी बढेर वार्षिक ७१ हजार ३ सय ५ रुपैयाँ पुगेको छ। अर्थमन्त्री रामशरण महतले बिहीबार संसदमा पेस गरेको आर्थिक सर्वेक्षण प्रतिवेदनमा प्रतिव्यक्ति आय...

मेलम्ची सुरुङ दैनिक २० मिटर

मेलम्ची सुरुङ दैनिक २० मिटर

मेलम्ची-निर्धारित कार्यतालिका पछ्याउने क्रममा दैनिक २० मिटर सुरुङ थपिन थालेपछि २०७३ वैशाखभित्र मेलम्ची पानी काठमाडौं उपत्यका पुग्ने सम्भावना बलियो बनेको छ। तोकिएकै समयमा मेलम्ची पानी उपत्यका पुर्यातउन इटालियन ठेकेदार कम्पनी...

विषाक्त तरकारी नष्ट गरिने

विषाक्त तरकारी नष्ट गरिने

काठमाडौं- सरकारले छिमेकी भारत तथा स्वदेशकै विभिन्न जिल्लाबाट राजधानी भिœयाइने विषालु हरियो तरकारी तत्काल जफत गरी नष्ट गर्ने भएको छ। दिनहुँ कालिमाटी भित्रने आधाजसो तरकारीमा अत्यधिक विषादी भेटिएपछि सरकारले बिहीबारबाटै...

क्षतिपूर्ति माग्दै उखु किसानले जिल्ला प्रशासन घेरे

क्षतिपूर्ति माग्दै उखु किसानले जिल्ला प्रशासन घेरे

बारा– मनहर्वा–५ को रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिजले रोप्न लगाएको उखु किन्न छाडेको भन्दै किसानहरू मिलविरुद्ध प्रदर्शनमा उत्रिएका छन्। क्षतिपूर्तिको माग राख्दै उनीहरूले मंगलबारदेखि जिल्ला प्रशासन कार्यालयअगाडि उखु लोड गरेको...

आर्थिक वृद्धिदर ६ वर्षयताकै उच्च

आर्थिक वृद्धिदर ६ वर्षयताकै उच्च

काठमाडौं-चालु आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ५.२ प्रतिशत हुने प्रक्षेपण गरिएको छ। अर्थ मन्त्रालयले तयार पारेको आर्थिक सर्वेक्षणमा यो वर्षको वृद्धिदर ६ वर्षयताकै उच्च हुने प्रक्षेपण छ।

चल्ने भए क्यासिनो

चल्ने भए क्यासिनो

काठमाडौं-सरकारले अवैध ठहर गरेपछि बन्द भएका साढे दुई महिनापछि क्यासिनोहरू कानुनी दायरामा आउन थालेका छन्। पुरानो बक्यौता चुक्ता गर्दै एक क्यासिनो पुनः सञ्चालनमा आउन लागेको छ। राजधानीको पाँचतारे होटल याक...

चरो ठोक्किएको जहाज मर्मत गर्न एक करोड

चरो ठोक्किएको जहाज मर्मत गर्न एक करोड

काठमाडौं-एक साताअघि चरा ठोक्किएर थन्किएको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको चिनियाँ जहाज मर्मत गर्न एक करोड रुपैयाँ लाग्ने भएको छ।