Friday 12 Mangshir, 2071 |
Menu

अर्थ

चिनियाँ जुत्ता नेपाली ब्रान्ड

(0 votes)
काठमाडौं - नेपाली जुत्ता चप्पल व्यवसायीहरुले चीनमा जुत्ता बनाएर नेपाली स्टिकर टाँसी नेपाली बजारमा बिक्री गर्ने गरेका छन्।

नेपाल जुत्ता चप्पलमा आत्मनिर्भर बन्दै गएको र नेपाली जुत्ता चप्पलको बजार हिस्सा ६० प्रतिशतले पुगेको दाबी गर्ने व्यवसायीहरुले चिनियाँ जुत्तामा आफ्नो कम्पनीको नाम राखी नेपाली स्टिकर टाँसेर बजारमा पठाउने गरेका हुन्।
जुत्ता चप्पलमा दशकदेखि स्थापित र भर्खर सुरु गरेका कम्पनीले समेत चीनमा उत्पादन भएका जुत्तालाई नेपाली नाम र स्टिकर राखेर बिक्री गरिरहेका छन्। व्यवसायीहरुले एकले अर्काे कम्पनी र ब्रान्डको नाम लिएर चीनमा जुत्ता बनाउने आरोप लगाउँछन्। नेपाली भनेर चिनियाँ जुत्ता बिक्री गर्ने क्रम बढेपछि छाला जुत्ता तथा वस्तु उत्पादक संघले केही महिनाभित्र सामुहिक व्यापार चिह्नमार्फत नेपालमा उत्पादन भएका जुत्ता चप्पललाई व्यापारक चिह्न प्रदान गर्ने तयारी समेत गरेको छ।
अहिले नेपालमा उत्पादन गरेको भन्दै चिनियाँ जुत्ता आयात हुने क्रम बढेपछि त्यस्तो विकृतिलाई हटाउनका लागि सामुहिक व्यापार चिह्नमार्फत नेपाली जुत्तालाई प्रमाण्ीाकरण गर्ने लागिएको संघका अध्यक्ष होमनाथ उपाध्यायले नागरिकलाई बताए। ' उद्योग विभागअन्तर्गत ट्रेडमार्क रजिस्ट्रेसनमा सामुहिक व्यापार चिह्नको दर्ता प्रक्रियामा छौं,' उनले भने। यो दर्तापछि नेपालमा नै उत्पादन भएका जुत्तालाई चिह्न प्रदान गरेर बजारमा पठाउने काम हुने उपाध्यायले बताए।
उपाध्यायले बजारमा चिनियाँ जुत्ता नेपाली ब्रान्डमा बिक्री भइरहेको स्वीकार गर्दै 'पहुँच' हुने कम्पनीले त्यस्तो काम गरिरहेको बताए। 'केही ब्रान्डले यस्तो काम गरिरहेका छन् तर सबै ब्रान्डले गरेको भन्ने छ, त्यसैले यस्तो विकृतिलाई रोक्न संघले नै पहल सुरु गरिसकेको छ,' उनले भने।
व्यापारीहरु एकले अर्काे कम्पनीलाई चिनियाँ जुत्तामा नेपाली स्टिकर राखेर बेच्ने गरेको आरोप लगाउँछन्। नाम उल्लेख गर्न नचाहने व्यापारीहरुले शिखर, बिएफ, स्काई, लेदरविंग्स, कोसेली, फुटल्यान्ड, सुल्यान्ड, टाकुरा, क्रसजोर, फिटराइट, बोस, रोयल, रनलगायतका ब्रान्डहरुले चीनमा नै  बनाएर बजारमा नेपाली जुत्ता भनेर बेचिरहेको जानकारी दिएका छन्। केही नेपालमा बनाउने र ठूलो परिमाणमा चीनबाट आयात गरी मिसाएर बजारमा पठाउने गरेको खुलासा व्यापारीहरुले गरे।  
व्यवसायीहरुले नेपाली ब्रान्डको जुत्ता चप्पलको बजार हिस्सा बढेको बताएपनि राष्ट्र बैंकको तथ्यांकसँग मेल खादैन। राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको तथ्यांकमा ४ सय ३३ प्रतिशतले जुत्ता चप्पलको आयात बढेको उल्लेख छ । राष्ट्र बैंकको तथ्यांकअनुसार ११ महिनामा २ अर्ब २६ करोड ४८ लाख रुपैयाँको जुत्ताचप्पल नेपाल भित्रिएका छन्। अघिल्लो वर्ष सोही अवधीमा जम्मा ४२ करोड ४६ लाख बराबरको जुत्ता चप्पल आयात भएको राष्ट्र बैंकको तथ्यांक छ। व्यवसायीले भने तथ्यांक डलरको मूल्य बढेपछि भएको असर र क्याजुअल जुत्ताको भएको बताएका छन्।
शिखर सुका प्रबन्ध निर्देशक तथा संघका पूर्वअध्यक्ष रामकृष्ण प्रसाईले नेपाली बजारमा यस्तो प्रवृत्ति एक वर्षअगाडि रहेको बताउँदै अहिले त्यस्तो नभएको दाबी गरे। सबै कम्पनीले जुत्ताका लागि आवश्यक कच्चा पदार्थ चिनबाट आयात गर्ने हो। सोलदेखी अप्परसम्म चिनबाट आयात हुने बताउँदै नेपालमा सिलाउने मात्र काम हुने उनले बताए। 'नेपालमा आवश्यक कच्चा पदार्थको उत्पादन छैन त्यसैले आयात गर्नुपरेको हा,' उनले भने। साथै उनले उपभोक्ताको मागअनुसार केही जुत्ता चीनमा नै  बनेर आउने बताए। 'उपभोक्ताको मागअनुरुपको परिमाणमा यहाँ उत्पादन हुन सक्दैन, त्यसैले कतिपय अवस्थामा चीनमा नै बनाएर यहाँ ल्याउनुपर्ने हुन्छ,' उनले भने।
संघले केही महिनामा लागु गर्ने लागेको सामुहिक व्यापार चिह्नकै कारण चिनियाँ जुत्ता नेपाली ब्रान्डमा बिक्री हुने पुष्टी भएको व्यवसायीकै भनाइ छ। रोयल सुजका बजार प्रबन्धक तुलसीप्रसाद कोइरालाले व्यवसायीले चीनमा उत्पादन गरेको छैन भन्ने तर संघले सामुहिक व्यापार चिह्नको तयारी गर्ने गर्नु नै आफैमा विरोधाभाषपूर्ण रहेको बताए। आफ्नो कम्पनीको उत्पादन बजारमा आउन लागेको ६ महिना भएको बताउँदै उनले चिनियाँ जुत्ता नेपाली भनेर बेचेको सुनेको तर आफुहरुले त्यस्तो नगरेको बताए।
'नेपालमा दक्ष कामदारको अभाव, कच्चापदार्थको अभाव र महँगो पर्ने भएकाले पनि चीनमा जुत्ता उत्पादन गरेर नेपाली भनेर बेच्ने गरेको पाइन्छ,'  चिनको ग्वान्जाओ पुगेर फर्केका फेन्सी व्यवसायी सुमित क्षेत्रीले बताए। 'हामी सामान लिन जाँदा जुत्ता व्यवसायी पनि जुत्ता अर्डर गरिरहेको पाएका छौं,' त्यही जुत्ता हामीले पनि बेचिरहेका छौं,' उनले भने।
रन सुजका प्रवन्ध निर्देशक रुद्र न्यौपानेले जुत्ताका लागि आवश्यक सबै सामग्री चिनबाट आयात गरिने बताए। 'नेपालमा सिलाउनेसम्मको काम हुन्छ तर, केही प्राविधिक कुरा मिलेन र नयाँ मोडेल आवश्यक परे सबै कम्पनीले चिनमा नै जुत्ता बनाउने गर्छन,' उनले भने।
वार्षिक १० अर्बको जुत्ता चप्पल कारोबार हुने नेपालमा हाल ३ करोड ५० लाख जोर जुत्ता–चप्पलको माग रहेको संघको अनुनमान गरेको छ। नेपाली बजारमा ब्रान्डिङ गर्ने कम्पनीले वार्षिक २ लाखदेखी ४ लाख जोर जुत्ता चप्पल बिक्री गर्ने व्यवसायी बताउँछन्। घरेलु तथा साना उद्योग विभागमा जुत्ता चप्पल उत्पादन गर्ने कम्पनी ५ सय दर्ता भइसकेको छ। त्यस्तै ३ करोडभन्दा माथि लगानी गरेर उद्योग विभागमा दर्ता भएका १७ वटा उद्योग छन्। ब्रान्ड राखेर व्यवसाय गर्ने उद्योग संघ अन्तर्गत ७० वटा सदस्य भइसकेका छन्।

२६ वर्षदेखि औद्योगिक क्षेत्र विस्तार ठप्प

बुटवल-छब्बीस वर्षदेखि मुलुकमा साबिक औद्योगिक क्षेत्रको विस्तार र नयाँ स्थापना हुन सकेको छैन। औद्योगिक क्षेत्रको विस्तार तथा नयाँ स्थापनामा ध्यान नदिँदा मुलुकको औद्योगिकीकरणमा नकारात्मक प्रभाव परेको उद्योगी, व्यवसायीको भनाइ छ।

सार्क सदस्यबीच व्यापारमा झन्झटै झन्झट

काठमाडौं-नेपालबाट भुटानमा बियर, तयारी चाउचाउ, साबुन, जुस, धुप, हातेझोला लगायत वस्तु निकासी हुन्छ। त्यहाँ तरकारी, खाद्यान्न जस्ता वस्तुको बजार र माग दुवै राम्रो छ। तर नेपालले भुटानको मागअनुसार सामान पठाउन...

काठमाडौं–दिल्लीका बस यात्रुलाई बेलहियामा स्वागत

काठमाडौं–दिल्लीका बस यात्रुलाई बेलहियामा स्वागत

भैरहवा- नेपाल भारतबीच सरकारी स्तरबाटै काठमाडौं–दिल्ली रुटमा सञ्चालन गरिएको बसलाई बुधबार बेलहियामा स्वागत गरिएको छ। प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौंमा आ–आफ्नो झन्डा फहराएर सुरु गरेको बसलाई...

सीमा नराखी विदेशी लगानी नीति

काठमाडौं-उद्योग मन्त्रालयले लगानीको सीमा (थ्रेसहोल्ड) नराखी वैदेशिक लगानी नीतिको मस्यौदालाई अन्तिम रुप दिएको छ। मन्त्रालयले मन्त्रिपरिषदमा पेस गर्न ठिक्क पारेको मस्यौदामा विदेशीले नेपालमा लगानी गर्ने सीमा र नेपालीले विदेशमा लगानी...

साताभित्र सुनकोसी अस्थायी सञ्चालन

साताभित्र सुनकोसी अस्थायी सञ्चालन

सिन्धुपाल्चोक-मांखा कान्ले पहिरोले क्षतिग्रस्त विद्युत प्राधिकरण स्वामित्वको सुनकोसी जलविद्युत केन्द्र एक साताभित्र सञ्चालनमा आउने भएको छ। तत्कालका लागि अस्थायी रुपमा सञ्चालनमा ल्याउन लागिएको हो। झन्डै तीन महिनाअघि १०.०५ मेगावाट क्षमताको...

प्रधानमन्त्री गुहार्दै भोटेकोशी

सिन्धुपाल्चोक- स्थानीयबासीले ३५ प्रतिशत सेयर माग्दै प्रसारण लाइन विस्तारमा अवरोध जारी राखेपछि ४५ मेगावाट क्षमताको भोटेकोसी जलविद्युत कम्पनी समस्या लिएर प्रधानमन्त्री कहाँ जाने भएको छ। मध्यमार्गी बन्ने विश्वास गरिएका स्थानीय...

स्थलगत अनुगमन : किसानको नाम भजाउँदै दुरुपयोग

कालीकोट- उच्च मूल्य कृषि परियोजनाले तयार पारेको प्रतिवेदनमा कालीकोटको पूजा मालिका कृषक महिला समूहलाई तरकारी खेती तथा पशुपालन भन्दै २० लाख रुपैयाँ उपलब्ध गराइएको छ। तर त्यो समूहले हालसम्म दुई...

सोनी एक्सपेरिया जेड सिरिज आए

सोनी एक्सपेरिया जेड सिरिज आए

काठमाडौं- सोनी मोबाइल कम्युनिकेसनले विश्वभर एकै साथ एक्सपेरिया जेड सिरिजका मोबाईल फोन सार्वजनिक गरेको छ। एक्सपेरिया जेडथि्र र एक्सपेरिया जेडथि्र कम्प्याक्ट नाम गरेका यी सेट वाटरप्रुफ र डस्ट प्रुफ छन्।