5 Baishak, 2072 |
Menu

अर्थ

sagoon

३८ हजार अमेरिकी डलर पर्ने मर्सिटिज बेञ्चको भारतमा बिक्री सुरु (फोटो फिचर)

  • बिहीबार २७ असार, २०७०
  • एपी
  • DISQUS_COMMENTS
(0 votes)
डिजेल मर्सिडिज बेञ्चको बिक्री थालनी गर्दै बलिउड कलाकार तथा मर्सिडिज इन्डियाका सिइओ। तस्विरः एपी डिजेल मर्सिडिज बेञ्चको बिक्री थालनी गर्दै बलिउड कलाकार तथा मर्सिडिज इन्डियाका सिइओ। तस्विरः एपी
मुम्बई — लक्जरी कार उत्पादक मर्सिडिज बेञ्च इन्डियाले बिहीबार नयाँ मोडलको डिजेल इन्जिन बी क्लासको कार बजारमा ल्याएको छ। बी १८० सीडीआइ स्टाइल (डिजेल) मोडलको यो कारको बजार मूल्य ३७ हजार ८ सय ५६ अमेरिकी डलर (२२ लाख ६० हजार भारु) पर्नेछ। बलिउड हिरो अभय देवल र हिरोइन अदिति रावले एक समारोहबीच मुम्बइमा कारको बिक्री थालनी गरे।


नयाँ युगका ग्राहका लागि लक्जरी ब्राण्डको कारलाई लक्ष्यित गरिएको मर्सिडिज बेञ्च इन्डियाका इबरहार्ड केर्नले बताए।
विश्वमा कुन रङको कार सबभन्दा बढी बिक्छ ?

विश्वमा कुन रङको कार सबभन्दा बढी बिक्छ ?

लण्डन–ग्राहकले सबैभन्दा पहिला के हेर्छ? ब्रान्ड, मोडल वा कारको रङ? कारको बिक्रीमा रङको भूमिका कतिको हुनेगर्छ? अमेरिकाको एक अनुसन्धान कम्पनीले हालै गरेको अटोमोटिब ट्रेड नामक सर्वेक्षणले संसारमा सबैभन्दा बढी कुन...

हात्तीसँग रमाउँदै पर्यटक

हात्तीसँग रमाउँदै पर्यटक

सौराहा (चितवन)-सौराहाको राप्ती किनारमा बिहान १० बजेदेखि १२ बजेसम्म छुट्टै रौनक हुन्छ। किनारैभरि पर्यटक भेटिन्छन्। हात्तीमाथिको सेल्फी तस्बिर उनीहरुको पहिलो रोजाइ हुन्छ। हात्तीको सुँडले पानी उचालेर आफूलाई छ्याप्दा पर्यटक औधी...

गाउँभरि गाजर खेती

गाउँभरि गाजर खेती

चितवन-पहिलेको फूलबारी गाविस र अहिलेको भरतपुर नगरपालिका–१९ को फूलबारी टोलमा गाजरखेती निकै फस्टाएको छ। अचेल गाउँका धेरैजना गाजर उखेल्न, पखाल्न र बजार पठाउन ब्यस्त रहेको भेटिन्छन्। जिल्लाकै नमूना गाजरखेती यो...

‘ग्रान्डिङ युनिट'मा सीमित सिमेन्ट उद्योग

‘ग्रान्डिङ युनिट'मा सीमित सिमेन्ट उद्योग

वीरगन्ज-सिमेन्टमा मुलुकलाई आत्मनिर्भर बनाउन लागिपरेका उद्योग कच्चा पदार्थमा भने परनिर्भर छन्। खानी ओगट्ने प्रवृत्तिका कारण पर्याप्त भए पनि स्वदेशमा कच्चा पदार्थ पाउन नसक्दा सिमेन्ट उद्योग भनिएका कारखाना ‘ग्रान्डिङ युनिट' (पिस्ने...

सरकारबाटै कार्टेलिङ र सिन्डिकेटको प्रोत्साहन

सरकारबाटै कार्टेलिङ र सिन्डिकेटको प्रोत्साहन

काठमाडौं-समयसापेक्ष नीति नबनाएर अत्यावश्यक वस्तु तथा सेवाको अभाव गराउन सरकार आफैं लागिपरेको उपभोक्ता अधिकारकर्मी आरोप लगाउँछन्। अत्यावश्यक वस्तु तथा सेवाको बिक्री वितरणमा अनावश्यक माग राखेर बन्द गर्ने, उपभोग्य वस्तु लुकाउने...

ऊर्जाका लागि उपलिब्धमूलक २०७१

ऊर्जाका लागि उपलिब्धमूलक २०७१

काडमाडौं- नेपालको ऊर्जा क्षेत्रका लागि वर्ष २०७१ तुलनात्मकरुपमा फलदायी रह्यो। यद्यपि, ऊर्जा क्षेत्रमा केही दुःखद् विपद्का घटना र विवाद पनि देखिए। वर्षको सुरुदेखि नै ऊर्जा विकासका विविध गतिविधिले तीव्रता पायो।...

वाइवाइ आलु तामाको स्वादमा

वाइवाइ आलु तामाको स्वादमा

काठमाडौं— चौधरी ग्रुपले वाइवाइ चाउचाउलाई आलु तामाको स्वादमा ल्याएको छ । नेपालीले परम्परागत रुपमा रुचाउँदै आएको आलुतामाको स्वादमा नयाँ उत्पादन सुरु गरेको कम्पनीले जनाएको छ।

सुरु भयो फेवा नववर्ष महोत्सव

सुरु भयो फेवा नववर्ष महोत्सव

पोखरा-फेवाताल किनारको बसुन्धरापार्कमा शनिबारदेखि १२ औं फेवा नववर्ष महोत्सव सुरु भएको छ। नेपाली संस्कृति र फेवातालको संरक्षणका साथै पोखरामा आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउन महोत्सव आयोजना गरिएको हो।