Thursday 8 Shrawn, 2071 |
Menu

अर्थ

रेलसेवा बन्द हुँदा व्यापार प्रभावित

  • बिहीबार २० असार, २०७०
  • वीरेन्द्र कर्ण/रासस
  • DISQUS_COMMENTS
(0 votes)

जनकपुर - ७६ वर्ष पुरानो जनकपुर–जयनगर रेलसेवा बन्द हुँदा नेपाल–भारतबीच रहेको दुई पक्षीय व्यापार प्रभावित भएको छ। जनकपुरको धार्मिक, सामाजिक तथा आर्थिक विकासमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको रेलसेवा बन्द भएपछि यसको प्रत्यक्ष असर व्यापारमा परेको छ।
असार १३ गते जयनगरबाट जनकपुरतर्फ आइरहेको रेल गाडीमा दुईवटा मालबागन महुवा कपिलेश्वर गोलाईमा पल्टिँदा दुर्घटना भएका कारण असार १४ गतेदेखि उक्त सेवा बन्द छ। 
आव २०६९/०७० को वार्षिक लक्ष्य दश करोड ५३ लाख ५६ हजार रुपैयाँ रहेकामा रेल सेवा बन्द हुँदा राजस्व लक्ष्यसमेत प्रभावित हुने सम्भावना बढेको जनकपुर भन्सार कार्यालयले जनाएको छ। 
जनकपुरका व्यापारीको प्रत्यक्ष कारोबार भारतको जयनगर बजारसँग रहेकाले व्यापारी रेलमार्गबाट सामान ल्याउँथे। रेलसेवा बन्द भएपछि ढुवानीको साधनको अभावको कारण एकातिर राजस्व प्रभावित भएको छ। अर्कोतर्फ नेपाल–भारत दुवै देशका व्यापारसमेत प्रभावित भएको छ। 
जनकपुरदेखि जयनगरसम्म दिनमा दुईपटक ओहोर–दोहोर गर्दा दैनिक ५० हजार राजस्व उठ्ने गरेकोमा अहिले रेलसेवा बन्द भएपछि राजस्व असुली शून्य भएको छ। रेलसेवा बन्द हुँदा भन्सार राजस्वसमेत प्रभावित भएकाले नेपाल सरकारले भारत सरकारसँग वार्ता गरेर जरही, उवगाउँ, जयनगरसम्म सडक मार्गबाट सामान आयात गर्ने वैधानिक व्यवस्था गर्नुपर्ने प्रमुख भन्सार अधिकृत शिशिर घिमिरेले बताए। 
जनकपुरदेखि जयनगरसम्म एकमात्र यातायतको साधन रेलसेवा रहेकाले असार ८ गतेदेखि बन्द भएको रेल सेवाको कारण दैनिक तीन लाख राजस्व उठ्नुपर्नेमा अहिले ४० देखि ५० हजार रुपैयाँसम्म राजस्व उठ्ने गरेको भन्सार कार्यालयले जनाएको छ। 
रेल्वे ट्र्याकको अवस्था जीर्ण भएकाले ब्रोडगेज कार्य सुरु नभएसम्म तत्काल ट्र्याक इञ्जिन र वागनमर्मतका लागि रेल विभागबाट पाँच करोड ६५ लाख रुपैयाँ मागिएको निमित्त प्रशासकीय अधिकृत तुलाबहादुर डाँगीले बताए। 
जनकपुर रेलवेको अवस्था जीर्ण रहेेको र नेपाल सरकारले मर्मत सुधारका लागि लगानी नगरेकाले रेलको दुरावस्था भएको निमित्त महाप्रबन्धक रामचन्द्र साहले बताए। 
विसं १९९४ मंसिर १६ गतेदेखि दैनिक खजुरी स्टेसनबाट पूर्वी धनुषाको इनर्वातर्फ रेलसेवा सञ्चालनमा आएको हो। यसको विधिवत उद्घाटन भने सन् १९३९ को अन्त्यतिर कमाण्डर इन चिफ पद्मशम्सेर जबराबाट भएको थियो। रेल्वेसेवा सञ्चालन गर्नुका तत्कालीन प्रमुख उद्देश्य भनेको पश्चिम धनुषाको विजलपुराको जंगलबाट काठ निकासी गरी भारततर्फ लग्नु थियो। 
सन् १९३४/३५ तिर निर्माण प्रारम्भ भएको जनकपुर रेल्वेसेवा सन् १९३७ को अन्त्यतिर इनर्वा दशगजा सीमासम्म सीमित थियो। पछि जनकपुरदेखि इनर्वा दशगजासम्म साढे १६ माइल पक्की लाइन, जनकपुरदेखि पश्चिम विजलपुरासम्म १६ माइल कच्ची लाइन, पक्की भवन, स्टेसन, स्टाफ क्वाटर, महिना थपुर स्टेसन, स्टाफ क्वार्टर, खजुरी स्टेसन, स्टाफ क्वार्टर आदि निर्माण भएको थियो। 
यसैगरी विजलपुरा स्टेसन, लोहारपट्टी स्टेसन, परबाहा र इनर्वा स्टेसन निर्माण हुनुको साथै कपिलेस्वर पुल, जलाधिपुल, जमुनीपुल, वैदेही, बरहवापुल तथा अत्यधिक मात्रामा कलभर्ट निर्माण हुनुको साथै राम–सीता भन्ने दुईवटा इन्जिन निर्माण गरिएको थियो। 
निर्माणमा कार्यमा तत्कालीन भारतीय रूपैयाँ छलाख ६९ हजार १७८ खर्च भएको जनकपुर रेल्वेसेवाले जनाएको छ। 
सुरुमा पूर्वी धनुषाको इनर्वासम्म मात्र रेल्वेसेवा सञ्चालन हुँदा भारतबाट आउने यात्रु, व्यापारीहरू अत्यधिक कष्ट उठाई जयनगरबाट डेढ माइल खेतको बाटो पैदल हिँडी जनकपुर आई रेल्ा समात्नुपर्ने बाध्यता थियो। 
समस्यालाई दृष्टिगत गरी सन् १९३८ मा इनर्वादेखि जयनगरको भारतीय सीमासम्म डेढ माइल पक्की लाइन तयार भएपछि जयनगरसम्मको रेल्वेसेवा विस्तार भएको हो। त्यसबेला जयनगरदेखि जनकपुरसम्म तेस्रो श्रेणीको भाडादर प्रतिव्यक्ति भारु पौने सात आना थियो।
२०२१ मा नेपाल यातायात संस्थान र २०५८ मंसिरमा यातायात संस्थान विघटन भएपछि कम्पनीअन्तर्गत राख्ने सरकारी निर्णय भयो र २०६८ जेठ १८ मा नेपाल रेल्वे कम्पनीमा परिणत भई जनकपुर रेल सेवा सञ्चालन भइरहेको छ। 
पहिला पूर्वमा जनकपुर–जयनगर २९ किलोमिटर र पश्चिममा विजलपुरासम्म २२ किलोमिटर रेल सेवा सञ्चालनमा थियो। पछि २०५८ साउन ३ गते राति भीषण बाढीको कारण जनकपुर–पिपरारीअन्तर्गत पर्ने बिग्ही नदीमा रहेको पुल भत्किएपछि सोही महिनाको ४ गतेदेखि विजलपुरासम्म रेल्वेसेवा अनिश्चितकालका लागि बन्द भएको थियो। 
सेवा बन्द भएपछि त्यस भेगका करिब ४० गाविसका जनता रेलसेवाबाट वञ्चित हुनुका साथै त्यसक्षेत्रको व्यापारसमेत प्रभावित हुन गएको थियो। 
जनकपुर–जयनगरसम्म दैनिक तीन सेवा दिइरहेको रेल्वेका लेनहरू पुरानो तथा जीर्ण भएपछि मर्मत सम्भारको अभावमा बेलाबखत रेलसेवामा अवरोध हुने गरेकाले दुई सेवामा मात्र सीमित भएको जनकपुर रेल्वेका कर्मचारीहरू बताउँछन्। सात/आठ वर्षदेखि घाटामा गइरहेको जनकपुर रेल्वेमा कार्यरत १६२ जना कर्मचारीलाई अर्थमन्त्रालयबाट ऋण लिएर तलब खुवाउनुपर्ने बाध्यता छ।
राष्ट्र बैंकको सुझाव : किसानलाई ब्याजमा थप अनुदान देऊ

राष्ट्र बैंकको सुझाव : किसानलाई ब्याजमा थप अनुदान देऊ

काठमाडौं - नेपाल राष्ट्र बैंकले कृषि क्षेत्रमा भारतसँग प्रतिस्पर्धा गर्न सहुलियत ब्याजदरबाहेक पनि समयमै कर्जा तिर्ने किसानलाई ब्याजदरमा थप अनुदान दिन सुझाएको छ।

निगमकै पेट्रोलियममा पानी

निगमकै पेट्रोलियममा पानी

काठमाडौं-आयल निगमबाट खरिद गरेको 'गुणस्तरहीन' पेट्रोलियम पदार्थ प्रयोगले आफ्ना महँगा उपकरण बिग्रिएको भन्दै विद्युत प्राधिकरणले १८ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेको छ।

अर्ब नाघ्यो सेयर कारोबार

अर्ब नाघ्यो सेयर कारोबार

काठमाडौं- विभिन्न कम्पनीको सेयर कारोबार हुने स्टक एक्स्चेन्जमा सोमबार साँझ सेयर दलालहरू प्रशन्न मुद्रामा लड्डु बाँड्दै थिए। उनीहरूको खुसीको कारण थियो– एक अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार। नेपालमा सेयर कारोबार...

लाखको सामान नफेर्दा साढे ६ करोड गुम्यो

लाखको सामान नफेर्दा साढे ६ करोड गुम्यो

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको एउटा ठूलो जहाजमा लाख रुपैयाँ पर्ने एउटा सामान नफेरेर करोडौं आम्दानी जानाजान गुमाइरहेको छ। निगम व्यवस्थापनले बोइङ ७५७ ९एन–एसिए जहाजको दायाँ...

घ्यूकुमारीले रुवायो किसान

घ्यूकुमारीले रुवायो किसान

चितवन-प्रशस्त आम्दानी हुने आसमा घ्यूकुमारी (एलोभेरा) खेती गरेका किसान अहिले लगानीसमेत डुब्दा रुन मात्रै सकेका छैनन्। यसको बिरुवा र पात सबै किन्ने भनेर भरतपुरमा केन्द्रीय कार्यालय रहेको पाम एग्रोटेक तथा...

बिजुली किन्न भारतका कडा सर्त

बिजुली किन्न भारतका कडा सर्त

काठमाडौं- नेपालले चार वर्षअघि पिटिए (विद्युत व्यापार सम्झौता) गर्न प्रस्ताव गरेको मस्यौदाको भारतले नयाँ सर्तसहित जवाफ पठाएको छ। उसका सर्त हुबहु मानेर सम्झौता गर्नै नसकिने विज्ञहरुको धारणा छ।

नयाँ मौद्रिक नीतिले बैंक पदाधिकारीलाई अंकुश

नयाँ मौद्रिक नीतिले बैंक पदाधिकारीलाई अंकुश

काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा संस्थागत सुशासन बलियो बनाउन एउटै पदमा दुईपटकभन्दा बढी रहन नसक्ने व्यवस्था गरेको छ। केन्द्रीय बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै बैंक तथा...

गाउँमा मूल्य तेब्बर

गाउँमा मूल्य तेब्बर

धादिङ- राजधानीसँग सीमा जोडिएको धादिङको उत्तरी क्षेत्रका गााउँमा दैनिक उपभोग्य वस्तुकोे मूल्य जिल्ला सदरमुकामको तुलनामा तेब्बर पर्छ। तिप्लिङ, सेर्तुङ, लापा, री, झार्लाङलगायत मोटरबाटो नपुगेका हिमाली गाउँमा व्यापारीले ढुवानी खर्च भन्दै...