Friday 29 Magh, 2072 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

सुनको मूल्य एकै दिन १४ सयले घट्यो

(0 votes)
सुनको मूल्य एकै दिन १४ सयले घट्यो
काठमाडौं – करिब साढे आठ महिनाअघि सबैभन्दा माथि पुगेर ओरालो लाग्न थालेको सुनको भाउ शुक्रबार प्रतितोला १४ सय रुपैयाँले घटेर ४८ हजार एक सय २ रुपैयाँमा कारोबार भएको छ।
nepalipatro-nagarik

अन्तर्राष्ट्रिय बजारमै बहुमूल्य धातुको भाउ ओरालो लाग्दा शुक्रबार घरेलु बजारमा २३ महिनायताकै सबैभन्दा सस्तो दरमा यसको किनबेच भयो।

२०६८ साउन २४ गते पहिलोपटक ४९ हजार रुपैयाँको सीमा नाघेर उकालो लागेको छापावाल सुन शुक्रबार त्योभन्दा १२ सय रुपैयाँ कममा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ। बिहीबार ४९ हजार ५ सय २ रुपैयाँ प्रतितोलामा सुन बेचेका सुनचाँदी व्यापारीले शुक्रबार त्योभन्दा १४ सय रुपैयाँ कममा बेचे। छिमेकी मुलुक भारतमा १८ सय ४० रुपैयाँले सुनको मूल्य घटे पनि नेपालमा भने १४ सय मात्रैले घटेको छ।

विश्व बजारमा सुनको मूल्य खस्किरहेकै बेला स्टकिस्ट र लगानीकर्ताले आफूसँग भएको सुन बेच्न थाल्दा मूल्य झन् ओरालो लागेको एजेन्सीहरुले उल्लेख गरेका छन्। बजारमा सुनको आपूर्ति बढ्नु र लगानीकर्ता इक्विटीतर्फ आकर्षित हुनु मूल्य घट्नुको अर्को कारण हो। चाँदीको मूल्य भने थोरै मात्र घटेको छ। बिहीबार प्रति १० ग्राम चाँदी ६८६ रुपैयाँमा बेचेका व्यापारीले शुक्रबार ६८१ मा बेचे।

तथ्यांकहरुले विश्वकै सबैभन्दा ठूलो अमेरिकी अर्थतन्त्र सुधारको दिशामा गइरहेको देखाउँदा एसियाली बजार सिंगापुरमा शुक्रबार सुनको मूल्य प्रतिऔंस १२ सय अमेरिकी डलर (करिब १ लाख १६ हजार रुपैयाँ) भन्दा तल ओर्लेको व्यापारीहरुले बताएका छन्। एक औंसमा २८ दशमलव ३५० ग्राम हुन्छ। शुक्रबार समुद्रपारीको बजारमा सुनको भाउ प्रतिऔंस २४ डलर ४० सेन्टले घटेर १२ सय डलर ८० मा किनबेच भएको थियो। 

लगानीकर्ताले आफूसँग भएको पैसा सुन छाडेर सेयर बजारतिर लगाउँदा त्यसको प्रभाव बस्तु बजारमा परेको हो। 

बुधबार पँहेलो धातुको मूल्य अघिल्लो दिनको तुलनामा ८ सय ५० रुपैयाँ घटेर ४९ हजार ३ सय ५० कायम भएको थियो।

गत मंसिर १० गते सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको थियो। त्यस दिन कायम भएको प्रतितोला मूल्य ६१ हजार ८ सय ४८ रुपैयाँमा तीन दिनसम्म सुन किनबेच भएको थियो।

एक महिनाअघि ४८ हजार ७ सय रुपैयाँसम्म ओर्लेको सुनको मूल्य त्यसपछि उकालो चढ्दै फेरि ५३ हजार रुपैयाँ पुगेको थियो। अन्तर्राष्ट्रिय बजारमा कुनै बेला १९ सय अमेरिकी डलर हाराहारी पुगिसकेको सुनको प्रतिऔंस मूल्यमा करिब सात सय डलर (६७ हजारभन्दा बढी) को गिरावट आउँदा पनि पछिल्लो समयमा नेपाली मुद्रा कमजोर बन्दा अझै कम मूल्यमा सुन किन्न पाउने अवसरबाट भने नेपाली उपभोक्ता बञ्चित छन्। करिब दुई महिनाको अन्तरालमा अमेरिकी डलरको मूल्य ११ रुपैयाँभन्दा बढीले माथि जाँदा अन्तर्राष्ट्रिय बजारमा आएको गिरावटअनुसार नेपालमा सुन सस्तिन सकेन।

प्रतिक्रिया

शुक्रबार बाँडिएन पेट्रोल, शनिबार निजी सवारीले पाउने (पम्पको सूची)

शुक्रबार बाँडिएन पेट्रोल, शनिबार निजी सवारीले पाउने (पम्पको सूची)

काठमाडौं– नेपाल आयल निगमले जुनसुकै लटका निजी मोटरसाइकल, स्कुटर र निजी तथा सार्वजनिक चार पाङ्ग्रे सवारी साधनलाई शनिबार पेट्रोल वितरण गर्ने भएको छ।

महिला पछ्याउँदै दलाल

महिला पछ्याउँदै दलाल

काठमाडौं- पतिसँग सम्बन्धविच्छेद गरेपछि सुनसरी, हसुनपुर–४ की मनिषा राईको चाहना वैदेशिक रोजगारीमा जाने थियो। यही चाहना पूरा गर्ने सिलसिलामा उनको थुप्रै मेनपावर र एजेन्टसँग भेट भयो।

पेट्रोलियम पदार्थको हाहाकार  कायमै

पेट्रोलियम पदार्थको हाहाकार कायमै

झापा–भारतीय बजारबाट सहजै इन्धन भित्रिरहे पनि झापामा पेट्रोलियम पदार्थको हाहाकार यथावतै छ। यातायात व्यवसायीले आयल निगम र पेट्रोलियम व्यवसायीले नियतवश कृत्रिम अभाव देखाएर तस्करी धन्दालाई प्रोत्साहित गरेको आरोप लगाएका छन्।

भ्यालेन्टाइन डेमा ठमेल रातभर खोल्ने तयारी

भ्यालेन्टाइन डेमा ठमेल रातभर खोल्ने तयारी

काठमाडौं– प्रत्येक वर्षको फेब्रुअरी १४ तारिकमा विश्वभर मनाउने गरिएको भ्यालेन्टाइन डे(प्रणय दिवस)का दिन यस वर्ष काठमाडौंको मुख्य पर्यटकीय क्षेत्र ठमेल रातभर खोल्ने तयारी भइरहेको छ।

एउटा इन्जिन मर्मतमा ५० करोड खर्चंदै निगम

एउटा इन्जिन मर्मतमा ५० करोड खर्चंदै निगम

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको आफ्नो बोइङ जहाजको एक थान इन्जिन पूर्णमर्मत (ओभरहल) गर्न करिब ५० करोड रुपैयाँ खर्च गर्ने भएको छ।

लोडसेडिङ कम गर्न फागुन ४ देखि ८० मेगावाट विद्युत् आयात गरिने

लोडसेडिङ कम गर्न फागुन ४ देखि ८० मेगावाट विद्युत् आयात गरिने

काठमाडौं– ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणले फागुन ४ गतेदेखि ८० मेगावाट विद्युत् आयात गर्ने तयारी गरेको जनाएको छ।

रक्सौलबाट ९५ ट्यांकर इन्धन

वीरगन्ज–संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सीमा नाकामा जारी राखेको अवरोध हटेसँगै रक्सौलस्थित इन्डियन आयल कर्पोरेसनको डिपोबाट वीरगन्ज नाका भएर इन्धन भित्रिने अनुपात बढ्दो क्रममा छ। वीरगन्ज नाकाबाट मंगलबार ९५ ट्यांकर भित्रिएका...

पेट्रोल पाँच दिनमै सहज, ग्यास सहज हुन डेढ महिना कर्नुपर्ने

पेट्रोल पाँच दिनमै सहज, ग्यास सहज हुन डेढ महिना कर्नुपर्ने

काठमाडौं– नेपाल आयल निगमले मट्टितेल, डिजेल, पेट्रोलजस्ता पेट्रोलियम पदार्थ अबको ५ दिनभित्रमा सबै पम्पहरुबाट वितरण गर्ने व्यवस्था मिलाउने भएको छ। आन्दोलनरत मधेसी मोर्चाले औपचारिक रुपमै बन्दहड्तालका कार्यक्रम फिर्ता लिइसकेको, इन्डियन...