Sunday 29 Ashad, 2071 |
Menu

अर्थ

सुन पसल बन्द अनिश्चित

(0 votes)
सुन पसल बन्द अनिश्चित
काठमाडौं – ठगी गर्ने व्यवसायीलाई सरकारले कारबाहीको दायरामा ल्याउन लागेको विरोधमा आन्दोलनमा उत्रेका व्यवसायीले अनिश्चितकालिन रुपमा पसल बन्द गर्ने  बताएका छन्। व्यवसायी र सरकारबीच शुक्रबार वार्ता हुने कार्यक्रम तय भए पनि वाणिज्य सचिव लालमणी जोशीको सरुवा भए पछि वार्ता हुन सकेन।
व्यवसायीले सरकारले माग सम्बोधन नगरेसम्म आन्दोलन जारी रहने बताएका हुन्। सरकारले ठगी गरेको आरोपमा श्री गणपति ज्वेलर्स, आरवि डाइमन्स र तेजमिन ज्वेलर्सलाई उपभोक्ताहित संरक्षण ऐन अन्तर्गत मुद्धा हाल्ने तयारी गरे पछि व्यवसायी पसल बन्द गरेर आन्दोलनमा उत्रेका हुन्।  
नेपाल सुनचाँदी व्यवसायी महासंंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघमा आवद्ध व्यवसाय तीन दिनदेखि आन्दोलनमा छन्।

६ खर्ब १८ अर्बको बजेट आज, तलब बढ्ने

काठमाडौं- सरकारले प्रत्येक निर्वाचन क्षेत्रका लागि विकास कार्यक्रम र केही ठूला पूर्वाधार परियोजना आन्तरिक स्रोतबाट बनाउने लक्ष्यसहित आइतबार आर्थिक वर्ष २०७१/७२ का लागि ६ खर्ब १८ अर्ब रुपैयाँ हाराहारीको बजेट...

५ वर्षमा ३ अर्बको चकलेट भित्रिए

५ वर्षमा ३ अर्बको चकलेट भित्रिए

काठमाडौं- एक दशक अघिसम्म नेपालमा उत्पादन हुने चकलेटले बजारमा हिस्सा बनाए पनि पछिल्ला वर्षहरुमा विदेशबाट आयात गरिएका चकलेटहरुले नेपाली बजारमा वर्चश्व जमाएका छन्। पछिल्लो पाँच वर्षमा नेपालमा विभिन्न देशबाट तीन...

योजनामाथि योजना, कार्यान्वयन फितलो

योजनामाथि योजना, कार्यान्वयन फितलो

पोखरा- पोखरालाई व्यवस्थित सहर बनाउन २०३१ सालमा बृहत् ग्ाुरु योजना बनेको थियो। त्यो योजनाको एउटा पाटो कार्यान्वयन हुँदा न्युरोडको बाटो फराकिलो बनेको छ। त्यसबाहेक त्यसको कार्यान्वयनमा खासै प्रगति भएन।

नेपालीको आय बढ्यो

नेपालीको आय बढ्यो

काठमाडौं- नेपाली अर्थतन्त्र सुधारका संकेतसँगै नेपालीको वार्षिक आम्दानी बढेर वार्षिक ७१ हजार ३ सय ५ रुपैयाँ पुगेको छ। अर्थमन्त्री रामशरण महतले बिहीबार संसदमा पेस गरेको आर्थिक सर्वेक्षण प्रतिवेदनमा प्रतिव्यक्ति आय...

मेलम्ची सुरुङ दैनिक २० मिटर

मेलम्ची सुरुङ दैनिक २० मिटर

मेलम्ची-निर्धारित कार्यतालिका पछ्याउने क्रममा दैनिक २० मिटर सुरुङ थपिन थालेपछि २०७३ वैशाखभित्र मेलम्ची पानी काठमाडौं उपत्यका पुग्ने सम्भावना बलियो बनेको छ। तोकिएकै समयमा मेलम्ची पानी उपत्यका पुर्यातउन इटालियन ठेकेदार कम्पनी...

विषाक्त तरकारी नष्ट गरिने

विषाक्त तरकारी नष्ट गरिने

काठमाडौं- सरकारले छिमेकी भारत तथा स्वदेशकै विभिन्न जिल्लाबाट राजधानी भिœयाइने विषालु हरियो तरकारी तत्काल जफत गरी नष्ट गर्ने भएको छ। दिनहुँ कालिमाटी भित्रने आधाजसो तरकारीमा अत्यधिक विषादी भेटिएपछि सरकारले बिहीबारबाटै...

क्षतिपूर्ति माग्दै उखु किसानले जिल्ला प्रशासन घेरे

क्षतिपूर्ति माग्दै उखु किसानले जिल्ला प्रशासन घेरे

बारा– मनहर्वा–५ को रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिजले रोप्न लगाएको उखु किन्न छाडेको भन्दै किसानहरू मिलविरुद्ध प्रदर्शनमा उत्रिएका छन्। क्षतिपूर्तिको माग राख्दै उनीहरूले मंगलबारदेखि जिल्ला प्रशासन कार्यालयअगाडि उखु लोड गरेको...

आर्थिक वृद्धिदर ६ वर्षयताकै उच्च

आर्थिक वृद्धिदर ६ वर्षयताकै उच्च

काठमाडौं-चालु आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ५.२ प्रतिशत हुने प्रक्षेपण गरिएको छ। अर्थ मन्त्रालयले तयार पारेको आर्थिक सर्वेक्षणमा यो वर्षको वृद्धिदर ६ वर्षयताकै उच्च हुने प्रक्षेपण छ।