Thursday 6 Kartik, 2071 |
Menu

अर्थ

सुन आयात कोटा बढ्यो

  • बिहीबार २ जेष्ठ, २०७०
  • प्रकटकुमार शिशिर
  • DISQUS_COMMENTS
(0 votes)
काठमाडौं - नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा बढाएको छ। केन्द्रीय बैंकले बुधबारदेखि दैनिक आयातको कोटा ५ किलो बढाउँदै २० किलो पुर्‍याएको हो। बजारमा अभाव हटाउन र अवैध सुन आयातलाई निरुत्साहित गर्न कोटा बढाएको बैंकले जनाएको छ।

बजारमा दैनिक ४५ किलो सुन माग रहेको भन्दै व्यवसायीले कोटा बढाउन आग्रह गर्दै आएका थिए। राष्ट्र बैंकले विवाहको मौसम भएको र चाडपर्व नजिकिँदै गरेकाले पनि आयात बढाउनुपरेको जनाएको छ।  
अवैध बाटोबाट आउने सुन रोक्न र विवाहको मौसमलाई ख्याल गरी दैनिक २० किलो आयात गर्ने निर्णय गरिएको राष्ट्र बैंक प्रवक्ता भाष्करमणि ज्ञवालीले बताए। राष्ट्र बैंकले तोकेको कोटाअनुसार वाणिज्य बैंकहरुले सुन आयात गर्छन्।
सुनचाँदी व्यवसायीले दैनिक १५ किलोमात्रै आयात हुँदा ३० किलो सुन चीनको तिब्बतबाट अवैध रुपमा भित्रिने गरेको दाबी गर्दै आएका छन्। आयात कोटा बढाएर २० किलो पुर्‍याए पनि त्यसले बजारको माग पूरा गर्न नसक्ने प्रतिक्रिया उनीहरुले दिएका छन्।
'कम्तीमा पनि २५ किलो आयात गर्न छुट दिएको भए राहत हुन्थ्यो,' नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले नागरिकसँग भने। मागअनुसार आपूर्ति नपुग्ने भएकाले अवैध आयात रोक्न कोटा अझै फराकिलो बनाउनुपर्ने उनले बताए। पछिल्लो समय दैनिक ५० किलो सुन तिब्बतबाट भित्रिएर भारतीय बजारसम्म पुग्ने गरेको व्यवसायीको दाबी छ।

भाउ फेरि घट्यो
नेपाली बजारमा बुधबार सुन ५१ हजार २ सय रुपैयाँ तोलामा किनबेच भएको छ। यो अघिल्लो दिनको दाँजोमा ५ रुपैयाँले सस्तो हो। अन्तर्राष्ट्रिय बजारमा भाउ घटेपछि त्यसको प्रभाव नेपाली बजारमा पनि परेको हो। साताको पहिलो दिन आइतबार ५१ हजार नौ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार ३ सयले घटेको थियो। मंगलबार भने १ सय रुपैयाँले बढ्यो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार चाँदी तोलामा १० रुपैयाँले घटेको छ । बुधबार चाँदी प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भयो।
तिहारलाई आधा फूल लोकल, आधा भारतीय

तिहारलाई आधा फूल लोकल, आधा भारतीय

पोखरा-बिरौटाकी मञ्जिता भण्डारीको बारीभरि ढकमक्क सयपत्री फुलेको छ। अहिले ती फूल टिप्ने हो भने बोटका अरु कोपिला मौलाएर फेरि अरु फूल उत्पादन हुन्थ्यो। तर बजारमा बिक्री गर्ने बेला नहुँदै फूल...

माइक्रोसफ्ट सिइओले कति तलब पाउँछन‍्?

माइक्रोसफ्ट सिइओले कति तलब पाउँछन‍्?

सियाटल— विश्वको सफ्टवेयर बादशाह माइक्रोसफ्ट कर्पोरेशनले आफ्ना सिइओलाई कति तलब दिन्छ होला? सम्झौताअनुसार यो वर्षका लागि सबै सुविधा सहित माइक्रोसफ्ट सिइओ सत्य नाडेलाले ८ करोड ४३ लाख अमेरिकी डलर पाउने...

न्यु जेनेरेसन स्कर्पियो बजारमा

न्यु जेनेरेसन स्कर्पियो बजारमा

काठमाडौ– भारतको महिन्द्रा एन्ड महिन्द्रा कम्पनीले न्यु जेनरेसन स्कर्पियो नेपाली बजारमा ल्याएको छ। कम्पनीको नेपालका लागि आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेडले यो गाडी सोमबार नेपाली बजारमा सार्वजनिक गरेको हो। १२० पीएस पावर...

युवा स्वरोजगार कोष दुरुपयोग : कागजमा एउटा, प्रयोग अन्यत्र

युवा स्वरोजगार कोष दुरुपयोग : कागजमा एउटा, प्रयोग अन्यत्र

सुर्खेत/दैलेख- वीरेन्द्रनगर–५ का मानबहादुर दर्लामीले एक वर्षअघि ‘कुखुरापालन व्यवसाय गर्ने’ भन्दै युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट सवा एक लाख रुपैयाँ ऋण लगे। त्यसको करिब आधा रकम खर्चेर उनले केही...

नेपाली ठग्ने भारतीय एजेन्ट कारबाहीमा

काठमाडौं- नेपाल प्रहरीको लागि ल्याएको सामान जाँचपास प्रक्रियामा ठग्ने भारतीय कम्पनीकारबाहीमा परेको छ। कोलकातास्थ्ति नेपाली महावाणिज्यदूतावासले नेपाल प्रहरीको सामान ल्याउँदा ठगेको आरोपमा कोलकाताको रसेल स्ट्रिटस्थित शुभम इन्टरप्राइजेजलाई कारबाही गरेको हो।...

बैंकले खाइदियो ग्राहकको पाँच करोड

बैंकले खाइदियो ग्राहकको पाँच करोड

काठमाडौं-राजधानीको झोंछेस्थित न्यु एसिया प्यासिफिक ट्रेडर्सका सञ्चालक विश्वनाथ अग्रवाल त्यतिखेर छाँगाबाट खसेझैं भए, जब एचएन्डबी डेभलपमेन्ट बैंकमा रहेको आफ्नो खाताबाट झन्डै ५ करोड रुपैयाँ गायब भएको थाहा पाए।

पर्यटक बढे, व्यापार घट्यो

पर्यटक बढे, व्यापार घट्यो

पर्वत-अन्नपूर्ण पदयात्रामा जाने पर्यटक बढे पनि वीरेठाँटी क्षेत्रका होटलको व्यापार ओरालो लागेको छ। पोखरा हुँदै आउने पर्यटक वीरेठाँटी नझरी सवारी साधनमा सिधै ताम्ले पुगेपछि व्यापार घटेको हो।‘गत वर्षभन्दा पर्यटक निकै...

कस्ता छन् एप्पलका सबैभन्दा पातला आइप्याड?

कस्ता छन् एप्पलका सबैभन्दा पातला आइप्याड?

लन्डन— एप्पलले आइप्याड एयर टु र आइप्याड मिनी थ्री दुई नयाँ ट्याब्लेट छिटै बजारमा ल्याउँदैछ। विश्वको सबैभन्दा महँगो ब्रान्डको रुपमा स्थान जमाएको एप्पलकाअनुसार यी दुवै ट्याब अहिलेसम्मका सबैभन्दा पातला हुनेछन्।