Monday 7 Poush, 2071 |
Menu

अर्थ

मलेसियाको लिङकिङ जेलमा ६० नेपाली

  • आइतबार ९ भाद्र, २०७०
  • प्रकटकुमार शिशिर
  • DISQUS_COMMENTS
(0 votes)
मलेसियाको लिङकिङ जेलमा ६० नेपाली
काठमाडौं - मलेसियाको सेरेम्यान लिङकिङ जेलमा ६० भन्दा बढी नेपाली कामदार एक वर्षभन्दा बढी समयदेखि थुनिएका छन्। वैदेशिक रोजगारीको सिलसिलामा त्यहाँ पुगेका कामदार गैरकानुनी भएपछि थुनिएका हुन्।

६० नेपाली वर्ष दिनदेखि जेलमा थुनिँदा पनि मलेसियास्थित नेपाली राजदूतावासका प्रतिनिधि एकपटक पनि भेट्न नगएको भन्दै कामदार र मलेसियामा रहेका नेपालीले आक्रोश व्यक्त गरेका छन्। 'जेलभित्र ६० नेपाली थुनिएका छन् तर दूतावासका कोही पनि भेटनसम्म पनि नगएको,' बिहीबार नेपाली व्यवसायीको पहलमा जेलमुक्त भएका हेटौंडाका सानुकान्छा रुम्बाले नागरिकलाई टेलिफोनमा बताए। 'जेलभित्र नेपालीको बिचल्ली छ। जेलमा अरु देशका नागरिक पनि छन्। तर सम्बन्धित देशका दूतावास कर्मचारी पटकपटक भेट्न गएर छुटाइरहेका छन्, नेपाली दूतावासले कुनै पहल गरेको छैन,' उनले भने।  
रुम्बासँगै एनआरएनए मलेसियाका विजिनेस प्रमोसन दलका संयोजक तथा नेपाल मलेसिया वैदेशिक रोजगार समन्वय समितिका संयोजक हरि भट्टराईको पहलमा पाल्पाका लोकबहादुर रायमाझी पनि छुटेका छन्। आफ्ना नेपाली नागरिक एक वर्Èदेखि जेलमा पर्दासमेत मलेसियामा रहेको नेपाली दूतावासले कुनै पनि चासो नदेखाएको कामदार र त्यहाँ रहेका नेपालीको आरोप छ। 'हामी झण्डै ३ महिना जेलमा परेर निस्कन सफल भयौं। तर जेलमा १३ महिनादेखि बस्नेहरु धरै छन्, हामीलाई भेट्न नेपाली दूतावासका कोही कर्मचारी पनि आएनन्,' फोनमा पाल्पाका रायमाझीले बताए, हामीलाई नेपाली दूतावास मलेसियामा छ भन्ने नै लागेन।'   
व्यवसायी भट्टराईका अनुसार जेलमा कोही नेपाली मानसिक सन्तुलन बिग्रेको अवस्थामा छन् त कोही बिचल्लीमा परेका छन्। उनले भने, 'यस विÈयमा नेपाली दूतावासलाई जानकारी गराउँदासमेत वास्ता गरेन तर एनआरएनए तथा नेपाली व्यवसायीले उनीहरुको उद्धारमा सहयोग गर्नेछ।'
नेपाली दूतावासले सबै नेपालीको ट्राभल डकुमेन्ट बनाएर जेलबाट बाहिर निकालिदिने हो भने हवाई टिकट जुटाउने भट्टराईले प्रतिबद्धता जनाए। जेलमा १३ महिनादेखि जेलमा पर्नेमा धरानका किरण रानामगर, गोरखाका सुरेश गुरुङ, गोरखाकै सुरेशकुमार थोप्रा, झापाका धर्मेन्द्रलगायत रहेको जेलबाट बाहिर निस्केका रायमाझीले जानकारी दिए।
नेपाली दूतावास मलेसियाका कार्यवाहक राजदूत लेखनाथ भट्टराईले दूतावासमा कर्मचारीको अभाव भएका कारण बुझ्न नसकेको बताए। उनले सो जेलमा गएर बुझ्ने र आवश्यक पहल गरेर नेपालीहरुको उद्धारमा जुट्ने बताए।
नेपाली कामदारको प्रमुख गन्तव्य मलेसियामा नेपाली पठाउने मात्र नभएर उनीहरुको सुरÔाका लागि पनि सरकारले चासो दिनुपर्ने कामदार तथा व्यवसायी बताउँछन्। वैदेशिक रोजगार विभागका अनुसार मलेसियामा करिब ७ लाख नेपाली कामदार छन्।
पम्पले तेल उठाएनन्

पम्पले तेल उठाएनन्

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियमको मूल्य घटाए पनि व्यवसायीले पुरानो 'स्टक' साबिककै भाउमा बेच्न पाउनुपर्ने भन्दै आइतबार दिनभर तेल उठाएनन्। उनीहरुको माग पुरानै मूल्य एक सय २३ रुपैयाँ प्रतिलिटरमा स्टक...

३८ वर्ष पुरानो नाङ्लो रेस्टुरेन्ट बन्द

३८ वर्ष पुरानो नाङ्लो रेस्टुरेन्ट बन्द

काठमाडौं– नेपालमा रेस्टुरेन्ट संस्कृति भित्र्याउने 'श्रेय' पाएको नाङ्लो ब्रान्डको पहिलो रेस्टुरेन्ट ३८ वर्ष सञ्चालनमा आएपछि बन्द भएको छ। नाङ्लो ग्रुप अफ कम्पनिजले राजधानीको दरबारमार्ग सञ्चालन गरिरहेको उक्त रेस्टुरेन्ट आइतबारबाट आधिकारिक...

कुलो खन्न हजारौं किसान

कुलो खन्न हजारौं किसान

चिसापानी (कैलाली)-कर्णाली नदीको पानी खेतमा पुर्‍याउन कैलालीका १० हजारभन्दा बढी किसान रानी, जमरा, कुलरिया कुलो खन्ने काममा सक्रिय छन्। जंगलमै बास बसेर उनीहरुले काम गरिरहेका छन्। कैलालीको पूर्वी भेगका किसानले...

कुलो खन्न हजारौं किसान

कुलो खन्न हजारौं किसान

चिसापानी (कैलाली)-कर्णाली नदीको पानी खेतमा पुर्‍याउन कैलालीका १० हजारभन्दा बढी किसान रानी, जमरा, कुलरिया कुलो खन्ने काममा सक्रिय छन्। जंगलमै बास बसेर उनीहरुले काम गरिरहेका छन्। कैलालीको पूर्वी भेगका किसानले...

पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती

पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती

काठमाडौं– चौतर्फी दबाबपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती गरेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेअनुसार नघटाएको भन्दै विद्यार्थी संगठनले दबाब दिएपछि निगमको शुक्रबार बसेको सञ्चालक समिति...

मलमा १४० मिसम्याच

मलमा १४० मिसम्याच

विराटनगर-कृषि सामग्री कम्पनी लिमिटेड र मोरङका एक सय ४० सहकारी संस्थाले एउटै परिमाणको मल किनबेच विवरण आन्तरिक राजस्व कार्यालयमा फरक–फरक पेस गरेका छन्। एउटै परिमाणको मल खरिद र बिक्री मूल्य...

चिया खेतीमा विषादी प्रयोग घट्दै

चिया खेतीमा विषादी प्रयोग घट्दै

झापा-एक–डेढ वर्ष अघिसम्म आफ्नो बगानमा उत्पादित हरियो पत्ती कारखाना लिएर जान चिया किसान हच्किन्थे। ट्र्याक्टरबाट पत्ती झार्दाझार्दै विषादीको गन्ध ह्वास्सै आउँदा उद्योगीले मूल्य घटाइहाल्थे। किसानको बोली लगभग बन्द हुन्थ्यो। ‘बोलुँ...

आठ संस्थान ससर्त निजीकरण

आठ संस्थान ससर्त निजीकरण

काठमाडैं-बन्द अवस्थतामा रहेका आठवटा सार्वजनिक संस्थानलाई सर्त सहित निजिकरण गर्न उद्योग मन्त्रालय सहमत भएको छ। नेपाल सरकारको कम्तीमा ४९ प्रतिशत सेयर हुनेगरी व्यवस्थापन करारमा दिएर उद्योग संचालन गर्न मन्त्रालयले प्रकृया...