Tuesday 26 Magh, 2072 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

प्युठानको हर्बल साबुन जापान निर्यात

  • आइतबार ९ भाद्र, २०७०
  • एलबी थापा
  • DISQUS_COMMENTS
(0 votes)
प्युठान - जिल्लामा उत्पादित 'हर्बल साबुन' जापानसम्म पुगेको छ। घरेलु र स्थानीय स्रोत साधनको प्रयोग गरी बनाइने यो साबुन पछिल्लो केही वर्षदेखि जापान निर्यात हुन थालेको हो।
nepalipatro-nagarik

मरन्ठाना–१, गुरीगाउँमा रहेको उद्योगले गाउँमै पाइने नीम, ध्यूकुमारी, च्यूरी र तेल प्रयोग गरी साबुन बनाउने गरेको सञ्चालक दुर्गा केसीले बताइन्। त्यसमा लाग्ने केस्टर तेल, जैविक सुगन्धित, कास्टिक सोडा जस्ता केही कच्चा पदार्थ भने जिल्ला बाहिरबाट ल्याउने गरेको उनले बताइन्।
प्राकृतिक वस्तुबाट साबुन उत्पादन गरिएकोले गाउँदेखि जापानसम्मै यसको लोकप्रियता बढेको उनी बताउँछिन्। सामान्य घरेलु उद्योगबाट उत्पादन गरे पनि यसमा प्रयोग गरिने सामग्रीकै कारण जापानीहरुको रोजाइमा परेको उनले बताइन्।
यसले छालाको चाउरी, खस्रोपन, दाग, चाया हटाउने र कपाल चम्किलो र नरम बनाउने भएकाले जापानमा माग बढेको केसीले बताइन्। यो साबुनबारे थाहा पाएर देश, विदेशका मान्छे अवलोकनका लागि आउँदा खुसी लागेको उनको भनाइ छ।
लघु उद्यमको परामर्शमा तालिम लिएर उद्योग खोलेकी उनले जापानमा साबुन पुगेपछि उनीहरुकै सल्लाहमा अझ गुणस्तरीय उत्पादन गरिरहेको बताइन्। कक्षा–८, सम्म पढेकी केसीले २०५९ सालमा ४० हजारको लगानीमा झिमरुक हर्बल साबुन उद्योग खोलेकी थिइन्। यहाँ उत्पादित साबुन चितवनका व्यापारी, काठमाडौं र कीर्तिपुरको महागुठीमार्फत जापान पुगेको उनले जानकारी दिइन्।
विभिन्न साइजमा साबुन बनाउँदै आएकी केसीले जापान पठाउन ११ इन्च लम्बाइ, साढे ३ इन्च चौडाइ र साढे १ इन्च मोटाइको साबुन उत्पादन गर्दै आएको बताइन्। महिनामा लगभग ५ सय दर्जन साबुन जापानमा निर्यात भइरहेको छ।
साबुन जापान निर्यात हुन थालेपछि घरेलु उद्यमी केसीको दिनचर्या र जिवनशैली बदलिएको छ। प्रतिगोटा २२ रुपैयाँ लागत पर्ने साबुन उनले थोक किन्नेलाई २५ रुपैयाँ, दर्जन किन्नेलाई २८ रुपैयाँ र फुटकर किन्नेलाई ३० रुपैयाँमा बेच्छिन्।
जापानीहरु ३/४ पटकसम्म उद्योगमा आएको उनले बताइन्। जिल्लामा आयातीत साबुनसँग प्रतिस्पर्धा गर्न नसक्ने भन्दै सुरुमा ऋण खोज्दा कसैको नपत्याएको उनले सुनाइन्। 'जापानमा माग बढेपछि मेरो सिको गर्ने धेरै भए,' उनले भनिन्।
उद्यमी केसीले साबुनबाटै कमाएको पैसाले घरगृहस्थी चलाउनुबाहेक जेठी र कान्छी छोरीलाई बिएसम्म पढाएकी छिन्। माइली छोरीले स्टाफ नर्स पढेको उनले जानकारी दिइन्।
उनको उद्योगमा २ जनाले रोजगारी पाएका छन्। उनलाई घरेलु तथा साना उद्योग विकास समितिबाट राष्ट्रिय घरेलु उद्यमी पुरस्कार पनि प्राप्त गरेकी छिन्। औद्योगिक क्षेत्रको विकासमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै गत असारमा उद्योग मन्त्रालयले पनि उनलाई सम्मान गरेको थियो।

प्रतिक्रिया

पेट्रोल पाँच दिनमै सहज, ग्यास सहज हुन डेढ महिना कर्नुपर्ने

पेट्रोल पाँच दिनमै सहज, ग्यास सहज हुन डेढ महिना कर्नुपर्ने

काठमाडौं– नेपाल आयल निगमले मट्टितेल, डिजेल, पेट्रोलजस्ता पेट्रोलियम पदार्थ अबको ५ दिनभित्रमा सबै पम्पहरुबाट वितरण गर्ने व्यवस्था मिलाउने भएको छ। आन्दोलनरत मधेसी मोर्चाले औपचारिक रुपमै बन्दहड्तालका कार्यक्रम फिर्ता लिइसकेको, इन्डियन...

सुन एक वर्षयताकै महँगो, प्रतितोला रु. ५४ हजार

सुन एक वर्षयताकै महँगो, प्रतितोला रु. ५४ हजार

काठमाडौं– सुनको भाउ करिब १२ महिनाकै उच्च भई प्रतितोला रु. ५४ हजार पुगेको छ। २०७१ साल माघ १९ गते प्रतितोला ५४ हजार पुगेको सुनको मूल्यले त्यसयता पुनः यो बिन्दुलाई छोएको...

बहाना बनाउँदै ठूला आयोजना

बहाना बनाउँदै ठूला आयोजना

नेपालगन्ज- राष्ट्रिय गौरवको बहुप्रतिक्षित सिक्टा सिँचाइ आयोजनामा चालु आर्थिक वर्ष ०७२/७३ को साउन महिनायता कामको प्रगति शून्य छ। चालू वर्षको ६ महिना बितिसक्दा पनि आयोजनाले लक्ष्यअनुरूप काम अगाडि बढाउन सकेको...

चक्रपथ विस्तार कहिलेसम्म?

चक्रपथ विस्तार कहिलेसम्म?

काठमाडौं- निर्माण अवधि साढे २ वर्ष (७७.५ प्रतिशत) भन्दा बढी सकिँदासम्म काठमाडौं चक्रपथ विस्तारको कामले गति लिन सकेको छैन। गत वैशाख १२ को भूकम्पलगत्तै रोकिएको काममा भारतले गरेको नाकाबन्दीले थप...

२० लाख श्रमिक, सय कर्मचारी

२० लाख श्रमिक, सय कर्मचारी

काठमाडौं— पाँच लाख जनसंख्या रहेको कुनै जिल्लामा सेवा दिन सरकारको कस्तो संयन्त्र क्रियाशील हुन्छ ? सबैलाई थाहा छ– शान्ति सुरक्षा कायम राख्न प्रहरी, सेनादेखि लिएर सयौं कर्मचारी हुन्छन् । एउटै...

काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गः सिन्को नभाँची ३२ करोड झ्वाम

काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गः सिन्को नभाँची ३२ करोड झ्वाम

काठमाडौं— काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्ग निर्माण गर्न संकलित रकममध्येको करिब ९० प्रतिशत रकम खर्च भइसकेको छ । आयोजना बनाउने जिम्मा पाएको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड (एनपिबिसिएल) को तीन वर्षको खर्च...

केरा सुकेपछि किसान चिन्तित

केरा सुकेपछि किसान चिन्तित

चौमाला (कैलाली)- चौमाला–१ का किसान मीनबहादुर बमले राम्रो आम्दानी हुने जानकारीपछि १८ कट्ठा जमिनमा केराखेती सुरु गरे। २ लाख लगानी गरेर लगाएको पूरै केराको गुभो कुहिएर सुकेपछि उनको यति बेला...

लुनकरण दास चौधरी रहेनन्

लुनकरण दास चौधरी रहेनन्

काठमाडौं- उद्योगपति लुनकरण दास चौधरीको बिहीबार ९३ वर्षको उमेरमा राजधानीमा निधन भएको छ। लामो सयमदेखि मुटु र सुगर रोगका बिरामी चौधरी विश्वका अर्बपतिको समूहमा पर्न सफल चौधरी समूहका संस्थापक हुन्।