Thursday 8 Shrawn, 2071 |
Menu

अर्थ

नेपाललाई विकासशील स्तरमा पुर्‍याउन छलफल

  • शुक्रबार २१ असार, २०७०
  • बालकृष्ण ज्ञवाली
  • DISQUS_COMMENTS
(0 votes)
काठमाडौं – राष्ट्रिय योजना आयोगले सन् २०२२ भित्र मुलुकलाई अतिकम विकसित स्तरबाट विकासशीलमा पुर्‍याउने लक्ष्य राखेर तयार गरेको तेह्रौं त्रिवर्षीय योजनाको आधार पत्रमाथि अहिले राष्ट्रिय विकास परिषदमा छलफल चलिरहेको छ। मन्त्रिपरिषदका अध्यक्ष खिलाराज रेग्मीसहित सरकारी उच्च पदाधिकारी, राजनीतिक दलका उच्च नेता, विषय विज्ञलगायत छलफलमा सहभागी छन्।

मस्यौदामाथि अन्तिम छलफलका लागि यो कार्यक्रम आयोजना गरिएको हो। दुई दिन (२१ र २२ ) मा हुने छलफलबाट प्राप्त सुझावलाई समेटेपछि मस्यौदालाई अन्तिम रुप दिइने छ।

आयोगले योजनाको खाका तयार गरेपछि विभिन्न सरोकारवालासँग अन्तक्र्रिया गरेर यसलाई पूर्ण बनाउने गर्छ । यसअन्तर्गत उपत्यका बाहिर ९ स्थानमा र राजधानीमा एक स्तरको अन्तक्र्रिया कार्यक्रम भइसकेको छ । परिषदमा हुने यो अन्तिम छलफल हो ।

 

के छ योजनामा ?

यो त्रिवर्षीय योजनाले गरिवीको रेखामुनी रहेको जनसंख्यालाई १८ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । चालु योजनाको लक्ष्य २१ प्रतिशतमा झार्ने थियो। मुलुकलाई विकासशील स्तरमा पु¥याउन वार्षिक ७ प्रतिशतको आर्थिक वृद्धि आवश्यक पर्ने भए पनि यो योजनाले वार्षिक औसत आर्थिक वृद्धिदर ६ प्रतिशत गर्ने लक्ष्य तोकेको छ। यसमध्ये कृषि क्षेत्रको ४.५ र गैर कृषि क्षेत्रको ६.७ प्रतिशत राखिएको छ । यस्तै योजनाको मस्यौदामा वार्षिक औसत रोजगारी वृद्धिदर ३.२ र अपेक्षित आयु ७१ वर्ष पु¥याउने लक्ष्य ताकिएको छ।

मस्यौदामा एमाओवादीले ल्याएको तीनखम्बे नीति अनुसार विकास प्रक्रियामा निजी, सरकारी र सहकारी क्षेत्रको भुमीका रहने बताइएको छ। यस्तै जलविद्युत तथा ऊर्जा, कृषि, आधारभुत शिक्षा तथा स्वास्थ, सुशासन, सडक तथा भौतिक पूर्वाधार र पर्यटन, उद्योग र व्यापर क्षेत्रको विकासलाई प्राथमिकता दिइएको छ। मस्यौदाले राजस्वका दरहरु परिवर्तन नगरी स्वेच्छिक कर सहभागिताको माध्यमबाट करको आधार र दायरा विस्तार गर्नुपर्ने भनेको छ । यस्तै गैरकर राजस्वका दरहरुलाई समसामयिक लागत प्रभावी र पारदर्शी बनाई राजस्व संकलनको महत्वपूर्ण स्रोतका रुपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ।

मस्यौदामा सार्वजनिक ऋणलाई कुल गार्हस्थ्य उत्पादनको २.२ प्रतिशतको सीमाभित्र राख्न भनिएको छ । यस्तै वैदेशिक सहायतालाई राष्ट्रिय बजेटमार्फत परिचालन गर्न थप जोड दिइएको छ।
राष्ट्र बैंकको सुझाव : किसानलाई ब्याजमा थप अनुदान देऊ

राष्ट्र बैंकको सुझाव : किसानलाई ब्याजमा थप अनुदान देऊ

काठमाडौं - नेपाल राष्ट्र बैंकले कृषि क्षेत्रमा भारतसँग प्रतिस्पर्धा गर्न सहुलियत ब्याजदरबाहेक पनि समयमै कर्जा तिर्ने किसानलाई ब्याजदरमा थप अनुदान दिन सुझाएको छ।

निगमकै पेट्रोलियममा पानी

निगमकै पेट्रोलियममा पानी

काठमाडौं-आयल निगमबाट खरिद गरेको 'गुणस्तरहीन' पेट्रोलियम पदार्थ प्रयोगले आफ्ना महँगा उपकरण बिग्रिएको भन्दै विद्युत प्राधिकरणले १८ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेको छ।

अर्ब नाघ्यो सेयर कारोबार

अर्ब नाघ्यो सेयर कारोबार

काठमाडौं- विभिन्न कम्पनीको सेयर कारोबार हुने स्टक एक्स्चेन्जमा सोमबार साँझ सेयर दलालहरू प्रशन्न मुद्रामा लड्डु बाँड्दै थिए। उनीहरूको खुसीको कारण थियो– एक अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार। नेपालमा सेयर कारोबार...

लाखको सामान नफेर्दा साढे ६ करोड गुम्यो

लाखको सामान नफेर्दा साढे ६ करोड गुम्यो

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको एउटा ठूलो जहाजमा लाख रुपैयाँ पर्ने एउटा सामान नफेरेर करोडौं आम्दानी जानाजान गुमाइरहेको छ। निगम व्यवस्थापनले बोइङ ७५७ ९एन–एसिए जहाजको दायाँ...

घ्यूकुमारीले रुवायो किसान

घ्यूकुमारीले रुवायो किसान

चितवन-प्रशस्त आम्दानी हुने आसमा घ्यूकुमारी (एलोभेरा) खेती गरेका किसान अहिले लगानीसमेत डुब्दा रुन मात्रै सकेका छैनन्। यसको बिरुवा र पात सबै किन्ने भनेर भरतपुरमा केन्द्रीय कार्यालय रहेको पाम एग्रोटेक तथा...

बिजुली किन्न भारतका कडा सर्त

बिजुली किन्न भारतका कडा सर्त

काठमाडौं- नेपालले चार वर्षअघि पिटिए (विद्युत व्यापार सम्झौता) गर्न प्रस्ताव गरेको मस्यौदाको भारतले नयाँ सर्तसहित जवाफ पठाएको छ। उसका सर्त हुबहु मानेर सम्झौता गर्नै नसकिने विज्ञहरुको धारणा छ।

नयाँ मौद्रिक नीतिले बैंक पदाधिकारीलाई अंकुश

नयाँ मौद्रिक नीतिले बैंक पदाधिकारीलाई अंकुश

काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा संस्थागत सुशासन बलियो बनाउन एउटै पदमा दुईपटकभन्दा बढी रहन नसक्ने व्यवस्था गरेको छ। केन्द्रीय बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै बैंक तथा...

गाउँमा मूल्य तेब्बर

गाउँमा मूल्य तेब्बर

धादिङ- राजधानीसँग सीमा जोडिएको धादिङको उत्तरी क्षेत्रका गााउँमा दैनिक उपभोग्य वस्तुकोे मूल्य जिल्ला सदरमुकामको तुलनामा तेब्बर पर्छ। तिप्लिङ, सेर्तुङ, लापा, री, झार्लाङलगायत मोटरबाटो नपुगेका हिमाली गाउँमा व्यापारीले ढुवानी खर्च भन्दै...