Thursday 11 Baishak, 2071 |
Menu

अर्थ

'हचुवाले बन्छ मौद्रिक नीति'

(0 votes)
काठमाडौं -वरिष्ठ अर्थशास्त्री टुलराज वस्यालले विगतमा राष्ट्र बैंकले हचुवा किसिमले मौद्रिक नीति बनाएको आरोप लगाएका छन्।

पछिल्ला पाँच वर्षमा मौद्रिक नीतिले लिएको लक्ष्य र प्रगतिको तथ्यांक सार्वजनिक गर्दै अर्थशास्त्री वस्यालले राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनमा खेलवाड गरेको आरोप लगाए।
'मुलुकमा राजनीतिक अस्थिरता भएको र सर्वसाधारणको पहुँच पनि नपुग्ने अवस्थाको फाइदा उठाउँदै हावाको भरमा मौद्रिक नीतिमा लक्ष्य तोक्ने काम गरिएको देखिन्छ,' नेपाल व्यवस्थापक संघ (म्यान) ले शुक्रबार आयोजना गरेको आगामी मौद्रिक नीतिबारेको छलफल कार्यक्रममा वस्यालले भने ' जे गरे पनि आफुलाई केही हुँदैन र जवाफदेहि पनि बन्नु पर्दैन भन्ने मानसिकताबाट काम गरेको देखिन्छ।'
उनले पाँच वर्ष यताका मौद्रिक नीतिले लिएका लक्ष्यमध्ये कुनै एकको उपलब्धी पनि यथार्थ नदेखिएको बताए। 'मुद्रास्पि्कती, सोधान्तर बचत, मुद्रा प्रदाय वृद्धिदर, खुला बजार, टे्रजरी बिलजस्ता सबै औजारहरुमा लिएको लक्ष्य र उपलब्धी कुनैको पनि मेल खाँदैन,' उनले भने 'यो केबल हचुवा र अनुमानले राखिएका लक्ष्य हुन्।'
उनका अनुसार २०६५–०६६ यताका मौद्रिक नीतिमा मुद्रास्पि्कतीको लक्ष्य सातदेखि साढे ७ प्रतिशत राखिएको छ तर, यथार्थ भने १२.६ प्रतिशतसम्म छ। उनले मुद्रास्पि्कतीमा मात्र नभएर आर्थिक वृद्धि दर, सोधानान्तर बचत, मुद्रा प्रदायको वृद्धिदरलगायत सबै मौद्रिक औजारको लक्ष्य र यथार्थको तथ्यांक नमिल्ने जानकारी दिए।   
उनले मौद्रिक नीति तर्जुमा गर्दा नीतिगत खेलवाड भएको भन्दै अबका दिनमा गम्भीर हुनुपर्ने तथ्यांकले देखाएको बताए। 'राष्ट्र बैंकका कारणले वित्तिय प्रणाली अरु थप धरासायी बनाउन भएन,' उनले भने 'समस्या देखिए तत्काल उपकरण प्रयोग गर्नसक्नु पर्छ।'
नेपाल बैंकर्स संघका अध्यक्ष राजनसिंह भण्डारीले मुलुकका सबै क्षेत्र तहस नहस भएकाले मौद्रिक नीति मात्र असफल भयो भन्नु त्यत्ति व्यवहारिक नहुने बताए। उनले मुलुकको राजनीति, अर्थतन्त्रलगायत सबै क्षेत्रले काम गर्न नसकेको अवस्थामा मौद्रिक नीतिको लक्ष्य पनि यथार्थमा पुग्न नसक्ने जानकारी दिए।
'मुलुक हाक्नेहरुको सही नीति, दृष्टिकोण र नेतृत्व केही छैन, उनले भने 'त्यसैले मुलक गरिवीको रेखाबाट माथि उठन सकेको छैन, उनले भने। समग्र अर्थतन्त्र नै समस्याग्रस्त भएकाले त्यसै अनुसार वित्तिय र मौद्रिक नीतिको विश्लेषण गरिनुपर्छ, उनले भने। अहिलेको विकास कसैको 'भिजन' बाट भएको होइन, यो समयको गतिबाट स्वभाविक रुपमा भएको हो, उनले भने।
अध्यक्ष भण्डारीले आगामी मौद्रिक नीतिले राष्ट्र बैंकलाई अझ बलियो बनाउनु पर्नेमा जोड दिए। 'बैंक तथा वित्तिय संस्थामाथि तत्काल कारवाही गर्न सक्ने गरी कानुन आउनु पर्छ, उनले भने 'वित्तिय संस्थालाई समस्याग्रस्त घोषणा गर्ने तर लामो समयसम्म वार वा पार नगर्ने प्रवृतिको अन्त हुनुपर्छ,' उनले भने।  
म्यानका अध्यक्ष जनकराज शाहले राष्ट्र बैंकलाई सुझाव दिने उद्देश्यले अन्तक्रिया कार्यक्रम आयोजना गरिएको बताए। म्यानले हरेक वर्ष बजेट र मौद्रिक नीति बनाउन सुझाव दिदैं आएको छ।   
पोखरामा अपार्टमेन्ट

पोखरामा अपार्टमेन्ट

पोखरा -पोखरामा पहिलोपटक अपार्टमेन्ट निर्माण हुने भएको छ। एउटै भवनमा धेरै परिवार बस्न मिल्ने गरी बनाइने अपार्टमेन्टमा दुई व्यवसायीले छुट्टाछुट्टै लगानी गर्ने भएका हुन्। दुई ठाउँमा बन्ने ती अपार्टमेन्ट र...

बाख्रापालनमा २३ लाख लगानी

बाख्रापालनमा २३ लाख लगानी

लमजुङ-सूर्यपाल गाविसका एक युवाले २३ लाख रुपैयाँ लगानीमा सुरु गरेको बाख्रापालन व्यवसाय सुरु गरेका छन्। सात वर्ष इजरायल बसे फर्केका सूर्यपाल–९ साहुडिहीका राजेन्द्र श्रेष्ठ यो व्यवसायबाट ‘सन्तोषजनक' आम्दानी लिन थालेको...

अर्को वर्षबाट धान र भटमास मिसन कार्यक्रम

अर्को वर्षबाट धान र भटमास मिसन कार्यक्रम

काठमाडौं-सरकारले आगामी आर्थिक वर्षबाट धान र भटमास मिसन कार्यक्रम सञ्चालन गर्ने भएको छ। यी वस्तुको आयात प्रतिस्थापनको उद्देश्यले कृषि विकास मन्त्रालयले आगामी आर्थिक वर्ष उक्त कार्यक्रम सुरु गर्ने योजना बनाएको...

फर्किन थाले आरोही

फर्किन थाले आरोही

सोलुखुम्बु- विश्वकै सर्वोच्च शिखर सगरमाथामा शुक्रबार बिहान अकस्मात आएको हिमपहिरोमा परी १३ जनाको मृत्यु भएपछि आधारशिविरभन्दा माथि गएका आरोहण दल फर्कन थालेका छन्। हिमपहिरोमा परी शिविर १ मा आरोहीका लागि...

उपभोक्ता ठगीमा सरकारको लाचारी

उपभोक्ता ठगीमा सरकारको लाचारी

काठमाडौं-ब्रान्डेड भन्दै नक्कली सामान खुलेआम बिक्री भइरहे पनि सरकारी निकाय मौन छन्। अनुगमन गर्ने निकायले नक्कली नियन्त्रणमा सक्रियता नदेखाउँदा उपभोक्ताले महँगो मूल्य तिरेर स्वास्थ्यमा प्रतिकुल असर गर्ने सामान किनिरहेका छन्।

घरेलु उद्योगमा महिला उत्साहित

घरेलु उद्योगमा महिला उत्साहित

काठमाडौं-पाँचथर ओयनकी उमाकुमारी गुरुङ काठमाडौं भृकुटीमण्डपमा चलिरहेको राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीमा व्यस्त छिन्। उनले आफ्नो स्टलमा राडीपाखी, कार्पेट, झोलालगायत ऊनबाट बनेका वस्तु राखेकी छन्।

विमानस्थलमा बत्ति गएपछि

विमानस्थलमा बत्ति गएपछि

काठमाडौं-युनाइटेड अरब इमिरेट्स (युएई) को सारजहाँबाट आएको एयर अरेबियाको एउटा जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने तयारीमा थियो। ९६ यात्रु बोकेको जहाजलाई चालकदलले अवतरण गराउनै लागेका थिए।

चिनियाँ जहाजले अनुमति पाएन

चिनियाँ जहाजले अनुमति पाएन

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चीनबाट नयाँ जहाज ल्याउन १० दिनमात्र बाँकी भए पनि त्यस्तो जहाजलाई नियामक निकाय नागरिक उड्डयन प्राधिकरणले भने हालसम्म अनुमति दिएको छैन।

Our website is protected by DMC Firewall!