Wednesday 18 Chaitra, 2071 |
Menu

अर्थ

सुरुङमार्गमा जिविसले एक करोड लगानी गर्ने

(0 votes)
मकवानपुर –सरकारले अनुमति दिएपछि काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङमार्ग निर्माण गर्न मकवानपुर जिल्ला विकास समितिले पनि १ करोड रुपैयाँ लगानी गर्ने भएको छ। 

निजी क्षेत्रको अगुवाइ सुरुङमार्ग निर्माण हुन लागेको हो। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले मकवानपुरलाई सुरुङमार्गमा लगानी गर्ने स्वीकृति दिएको स्थानीय विकास अधिकारी भुवनप्रकाश विष्टले बताए।
३४ अर्ब रुपैया“ लगानीमा पूरा गर्ने लक्ष्यसहित सुरुङमार्ग निर्माणका लागि नेपाल पूर्वाधार विकास कम्पनीले काम अघि बढाएको छ। सुरुङमार्ग निर्माण भएपछि हेटौंडा–काठमाडौं यात्रा एक घन्टामा पूरा गर्न सकिनेछ।
मकवानपुर र काठमाडौंमा सिधा सम्पर्क हुने र मकवानपुरको विकासमा आर्थिक रुपमा कायापलट गर्न सघाउने देखेपछि जिविसले लगानी गर्ने निधो गरेको हो। मन्त्रालयले लगानी गर्न अनुमति दिए पनि आन्तरिक स्रोतबाट पैसा जुटाउनुपर्ने सर्त राखेको छ।
जिविसले प्रत्येक वर्ष क्रमागत रुपमा गर्दै एक करोडसम्म लगानी गर्न सक्नेछ। चालु आर्थिक वर्षमा २० र अर्काेपटक २० गरी तत्काल ४० लाख लगानी गर्ने स्थानीय विकास अधिकारी विष्टले बताए।
यसअघि नै मकवानपुर, ललितपुर र काठमाडौं जिविस तथा प्रभावित एक दर्जन बढी गाविसले जारी गरेको मार्खु घोषणपत्रमा स्थानीय निकायले पनि लगानी गर्ने उल्लेख गरिएको थियो। जिविस मकवानपुरले अरु २ वटा जिल्ला विकास समिति र प्रभावित गाविसलाई पनि थप लगानीका लागि समन्वय र छलफल गर्ने तयारी गरिरहेको विष्टले बताए। हेटौंडा नगरपालिकाले पनि यसअघि नै नगरपरिषदबाट १० लाख लगानी गर्ने निर्णय गराइसकेको छ।
पाण्डेलाई रिहा गर्न महासंघको माग

पाण्डेलाई रिहा गर्न महासंघको माग

काठमाडौं– अध्यक्ष प्रदिपजंग पाण्डे पक्राउ परेको १४ दिनपछि नेपाल उद्योग वाणिज्य महासंघले औपचारिक धारणा सार्वजनिक गर्दै उनलाई ससम्मान रिहाइ गर्न माग गरेको छ। महासंघले मंगलबार प्रेस विज्ञप्ति जारी गरी करिब...

मर्जरमा सेयर स्वाप अप्ठेरो

मर्जरमा सेयर स्वाप अप्ठेरो

काठमाडौं-ओम फाइनान्स र कामना विकास बैंकले एकआपसमा मर्ज हुने निर्णय गरेका थिए। तर, सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) नमिल्दा ती वित्तीय संस्था मर्ज हुन सकेनन्। ‘सैद्धान्तिक रुपमा कामना विकास बैंकसँग...

सञ्चयकर्ताले मागे १० गुना बढी सेयर

काठमाडौंऔमाथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेडको सेयर किन्न सञ्चयकर्ता कर्मचारीले ९.७९ गुनाभन्दा बढी रकमको माग गरेका छन्। सञ्चयकर्ता कर्मचारीका लागि १ अर्ब ८२ करोड रुपैयाँको सेयर छुट्ट्याइएकोमा १७ अर्ब ८३ करोड रुपैयाँभन्दा...

१४ करोडको लगानीमा गाई फार्म

१४ करोडको लगानीमा गाई फार्म

बनेपा-काभ्रेका युवा व्यवसायी रामबहादुर गौतमले पात्लेखेत–३, डाँडागाउँमा १४ करोड रुपैयाँको लगानीमा गौतमश्री अर्गानिक एन्ड काउ फार्म सञ्चालनमा ल्याएका छन्। फार्ममा उन्नत नश्लका गाईपालनका साथै अर्गानिक तरिकाले खेती समेत गरिएको छ।...

६ करोडमा अक्सिजन उद्योग

६ करोडमा अक्सिजन उद्योग

पोखरा-हाइड्रोपावरलगायत पूर्वाधार क्षेत्रलाई लक्ष्य गरी पोखराका व्यवसायीले अक्सिजन ग्यास उद्योग खोलेका छन्। पोखरा औद्योगिक क्षेत्रमा स्थापित कालीगण्डकी अक्सिजन ग्यास उद्योगले शुक्रबारदेखि औपचारिक उत्पादन थालेको छ। स्थानीय १२ जना व्यवसायीको ६...

पर्यटन उद्योगबाट प्रत्यक्ष ५ लाख रोजगारी

पर्यटन उद्योगबाट प्रत्यक्ष ५ लाख रोजगारी

काठमाडौं-मुलुकको पर्यटन उद्योगले सन् २०१४ मा करिब ५ लाख प्रत्यक्ष रोजगारी उपलब्ध गराएको तथ्यांक सार्वजनिक भएको छ। वर्ल्ड ट्राभल एन्ड टुरिज्म काउन्सिल र अक्सफोर्ड इकोनोमिक्सले संयुक्त रूपमा तयार पारेको अनुसन्धान...

विश्वका उत्कृष्ट २५ गन्तव्यमा काठमाडौं

विश्वका उत्कृष्ट २५ गन्तव्यमा काठमाडौं

काठमाडौं-मुलुकको पर्यटन उद्योगलाई खुसीको खबर छ। संसारकै सबैभन्दा ठूलो ट्राभल वेबसाइट ‘टि्रप एडभाइजर' ले यो वर्षका लागि छनोट गरेको संसारका उत्कृष्ट २५ गन्तव्यको सूचीमा काठमाडौं १९ नम्बरमा परेको छ। यो...

हङकङ उडानमा नयाँ जहाज

हङकङ उडानमा नयाँ जहाज

काठमाडौं-नेपाल वायुसेवा निगमले नयाँ जहाजबाट हङकङ उडान गर्ने भएको छ। चैत १९ बाट हङकङ उडान गर्ने तालिका समेत बनाइसकेको छ। निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग खरिद गरी ल्याएको ‘ए३२०–२००'...